शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

नामिबियामाथि नेपालको रोमाञ्चक जित

नामिबियामाथि नेपालको रोमाञ्चक जित


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०८०, शुक्रबार

काठमाडौँ/करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ । जितका लागि १ सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ७७ रनमा समेटियो ।
नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई आठ रन मात्रै दिए । योसँगै अन्ततः नेपालको जित सुनिश्चित भएको हो । यो जितसँगै दुई अंक जोडेको नेपालले फाइनल खेल्ने सम्भावना प्रबल बनाएको छ ।
नामिबियाको यो हारपछि पनि अंकतालिकामा भने समान दुई अंक नै छ । नेदरल्यान्डसको दुई खेलमा चार अंक रहेको छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ विकेटले पराजित भएको थियो । त्यस्तै नामिबिया हिजो भएको खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->