पोखरा/पुन एकता क्लब नदीपुर, पोखराको आयोजनामा भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वतको बनौं बास्केटबल टिम च्याम्पियन बनेको छ ।
रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शनिबार भएको फाइनल खेलमा कास्कीको मर्दीखोला बास्केटबल टिमलाई ७७–६७ स्कोरले हराउँदै बनौंले उपाधि रक्षा गरेको हो । उपाधि जितेको बनौंले १ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त ग¥यो ।
उपविजेता बनेको मर्दीखोलाले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।
महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको छ । शनिबार नै भएको फाइनलमा अमिचि क्याफेलाई ९–७ स्कोरले पराजित गर्दै अन्नपूर्ण च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको अन्नपूर्णले २० हजार र उपविजेता अमिचिले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
भेट्रान्सतर्फ लामाचौरले एक्स एबिसीलाई ५४–४० स्कोरले जित्दै प्रथम भयो । उपाधि जितेको लामाचौरले ३५ हजार र द्वितिय भएको एबिसीले ले १७ हजार ५ सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो ।
प्रतियागितामा पुरुषतर्फ बनौंका पुस्कल छन्त्याल, महिलातर्फ अन्नपूर्णकी कुसुम गुरुङ र भेट्रान्सतर्फ लामाचौर गमप्रसाद पुर्जा सर्वोत्कृष्ट चुनिए । उनीहरुलनई ट्रफी र मेडल प्रदान गरिएको थियो ।





