सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘अर्ना जेसीज कप’मा बागलुङ सुधार केन्द्र र फुटबल संघ म्याग्दीको बिजयी शुरुवात

‘अर्ना जेसीज कप’मा बागलुङ सुधार केन्द्र र फुटबल संघ म्याग्दीको बिजयी शुरुवात


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८०, आइतबार

बागलुङ/आइतबारदेखि शुरु भएको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको दोश्रो संस्करणमा बागलुङ सुधार केन्द्रको बिजयी शुरुवात भएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन पोखरेलले खेलको उद्घाटन गरेका छन् ।
चिल्ड्रेन लाइफ स्पोर्ट क्लबलाई ५–० गोलले पराजित गर्दै बालुङ सुधार केन्द्र दोश्रो चरणमा प्रवेश गरेको हो । सुधार केन्द्रको तर्फबाट खेलको ५ औं मिनेटमा अभिषेक रानाले गोल गरेपछि खेलमा अग्रता लिएको थियो ।
त्यसपछि अफ्रिकन खेलाडी साम्बो अस्करले ह्याट्रिक गरे । साम्बोले १४ मीनेट, १६ मीनेट र २८ औं मीनेटमा गरेको गोलले चिल्ड्रेन लाइफ स्तब्ध भयो । दोश्रो हाफमा पनि सुधार केन्द्रका बेनम थकालीले ३३ औं मिनेटमा गोल गरे । चिल्ड्रेनका खेलाडीले उत्कृष्ठ प्रदर्शन गरेपनि गोल गर्न भने सकेनन् । स्थानीय खेलहरुमा धेरैपटक कप उचालेको चिल्ड्रेन अर्ना जेसिज कपमा भने कुनै गोल नगरी बाहिरियो । बागलुङ सुधार केन्द्रले मंगलबार गुठी युनाइटेडसंग खेल्ने छ ।
यसैगरी, आइतबार नै सम्पन्न दोस्रो खेलमा लालदुर्गा फुटबल क्लबलाई पराजित गर्दै जिल्ला फुटबल संघ म्याग्दीले विजयी शुरुवात गरेको छ । लालदुर्गालाई २–४ गोलले पराजित गर्दै म्याग्दीले विजयी शुरुवात गरेको हो । म्याग्दीले मंगलबार हुने खेलमा साविक विजेता श्रीमेयर गणको सामना गर्ने छ । प्रतियोगिताको दोस्रो दिन सोमबार मुलपानी फुटबल क्लबविरुद्व रुद्रेपिपल युथ क्लब र संकल्प पुर्नस्थापना केन्द्रविरुद्व आदर्श स्पोर्टस् क्लब भीड्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->