सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी महिला क्रिकेट टोली छनोट, मिति सार्दा प्रदेशलाई आर्थिक भार

गण्डकी महिला क्रिकेट टोली छनोट, मिति सार्दा प्रदेशलाई आर्थिक भार


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०८०, बुधबार

पोखरा/गण्डकी प्रदेशको महिला क्रिकेट टोलीको छनोट सम्पन्न भएको छ । बागमती प्रदेशको आयोजनामा हुने अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि महिला क्रिकेट टोलीको छनोट सम्पन्न भएको हो । गण्डकीले १४ सदस्यीय टोलीसहित ४ जना वैकल्पिक खेलाडी छनौट गरेको छ ।
टोलीमा सृष्टि पौडेल, कुशुम गोदार, सृजना पौडेल, सेरेना थापा, निरु जिटी, सिमाना केसी, ज्योत्सिन्का मरासिनी, धनमायाँ क्षेत्री, रचना चौधरी, आकृती तिवारी, यशोदा भुजेल, रञ्जना सावद, शलिना सेन र अञ्जली विश्वकर्मा छन् । यस्तै बैकल्पिक खेलाडीमा विनिता नेपाली, चन्द्रमायाँ बराल, अरमिना अधिकारी र विन्दु थापा मगर छन् ।
तीन दिनसम्म सञ्चालन भएको छनौट प्रतियोगितामा विभिन्न जिल्लाका २४ जना खेलाडीहरु सहभागिता रहेको थियो । बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता चैत्र २५ गतेका लागि सरेपश्चात छनौट भएका खेलाडीहरुको बन्द प्रशिक्षण भने रोकिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जनाएका छन् ।
बागमतीले गर्ने भनेको प्रतियोगिताको मिति पटक–पटक सर्दा मर्कामा परेको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले बताएका छन् । उनले चैत २ गते देखि ८ गतेसम्म निर्धारण गरेको प्रतियोगिता बागमती प्रदेश खेलकुद विकास बोर्डले आफू खुसी र एक्लौटी रुपमा सार्दै आएको आरोप समेत लगाएका छन् । निर्धारित प्रतियोगिता सर्दा प्रदेशलाई आर्थिक र व्यवस्थापनमा निकै समस्या परेको उनको भनाई छ । विभिन्न वहानामा मिति सार्दा अन्य प्रदेशको सहमति नखोज्नु आफैमा असहजको प्रतीक रहेको उनले सुनाए । ‘विभिन्न वहाना बनाउँदै प्रतियोगिताको मिति सार्नु र प्रदेशहरुको सहमति नखोज्नु आफैंमा असहजको प्रतीक हो की भन्ने देखिन्छ,’ उनले भने, ‘मिति सार्दा एक तर्फ प्रतियोगिता हुने मै शंका उठेको छ र हाम्रो थप व्ययभार थोपरिएको छ । यसको समाधान खोई ?’
प्रदेशभरमा गण्डकी प्रदेश अब्बल रहेको छ । यस अघि ०७९ मा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्रदेशतर्फ गण्डकी प्रथम भएको थियो भने समग्रमा चौथो स्थानमा रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->