पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पाले सघाउने भएको छ ।
शुक्रबार रिसोर्टमा मञ्चको टोलीसँग भएको भेटघाट तथा छलफल कार्यक्रम पश्चात अघिल्लो वर्षमा जस्तै यो वर्षको अवार्ड कार्यक्रममा समेत अफिसियल रिर्सोटको रुपमा मझेरी रहने निश्चित भएको हो ।
मञ्चका अध्यक्ष दीननाथ बराल, महासचिव राजाराम पौडेल, कार्यसमिति सदस्य एमबी आस्था मगर, सदस्य सागरराज तिमिल्सिना, रोहितराज पराजुलीको टोलीले रिर्सोटका अध्यक्ष अर्जुन खनाल तथा जनरल मेनेजर गुप्त गिरीसँग छलफल गरेको थियो । भेटघाट कार्यक्रममा रेवान पोखराका प्रथम उपाध्यक्ष विश्वराज पौडेल समेत सहभागी थिए ।
अवार्ड कार्यक्रमको महत्व र यसको तयारी समेतको बारेमा जानकारी गराए पश्चात रिसोर्टले अवार्ड कार्यक्रमलाई पुनः साथ दिन तयार भएको मञ्च अध्यक्ष बरालले बताए ।
मञ्चले आगामी वैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्दैछ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको महासचिव राजाराम पौडेलले जनाए ।





