शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पत्रकार महासंघ स्याङ्जालाई कम्प्यूटर सहयोग

पत्रकार महासंघ स्याङ्जालाई कम्प्यूटर सहयोग


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०८०, मंगलबार
स्याङ्जा/ पुतलीबजार नगरपालिकाले नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको कार्यालय व्यवस्थापनका लागि कम्प्यूटर सहयोग भएको छ ।
पत्रकार महासंघको स्थापना भएको झण्डै १८ वर्षपछि सदरमुकाममा कार्यालय संचालन गरेको हो । पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले पत्रकार महासंघलाई कम्प्यूटर हस्तान्तरण गरेका हुन् ।
पत्रकारहरुलाई समाचार प्रवाह गर्न सहज हुने अपेक्षा राखेर अहिलेलाई कम्प्यूटर सहयोग गरेको नगर प्रमुख रेग्मीले बताए ।
महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले श्रमजीवीहरुको संगठन भएकाले यो संगठनलाई संरक्षण गर्नु स्याङ्जाका सरोकारवाला निकायको दायित्व रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->