सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दोश्रो अर्ना जेसीज कप फुटबलको खर्च सार्वजनिक

दोश्रो अर्ना जेसीज कप फुटबलको खर्च सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०८०, शनिबार

बागलुङ/बागलुङ जेसीजले आयोजना गरेको ‘दोश्रो अर्ना जेसीज कप फुटबल’ प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ ।
जेसीजले खेल सकिएको सातामै पत्रकार सम्मेलन गरेर खर्च सार्वजनिक गरेको हो । खेलका लागि जेसीजले कुल ९ लाख ५३ हजा।र रुपैयाँ आर्थिक संकलन गरेकोमा ८ लाख ५४ हजार खर्च गरेर ९८ हजार जेसीज कोषमा जम्मा गर्ने व्यवस्थापन मिलाएको अध्यक्ष गणेश महतोले बताए ।
कार्यक्रममा महतोले सबै आयव्ययको जानकारी गराए । प्रतियोगिताका लागि अर्ना बियरले ३ लाख रुपैयाँ सहयोग गरेको थियो । बिभिन्न स्थानीय तहबाट २ लाख २५ हजार, प्राइभेट फर्म तथा व्यक्तिगत सहयोगबाट २ लाख ८४ हजार र टिम दर्ताबाट १ लाख ४४ हजार रुपैयाँ संकलन भएको थियो ।
खर्चतर्फ पुरस्कारका लागि २ लाख ८२ हजार ६ सय १० रुपैयाँ, रेफ्री भत्ताका लागि १ लाख १० हजार, प्रेस तथा छपाई, मायाको चिनो, व्यानरसमेत २ लाख ५० हजार, खाजा खाना र आबासमा १ लाख ६० हजार खर्च भएको थियो । त्यस्तै, ग्राउण्ड मर्मत गर्न १६ हजार ५ सय र खानेपानी र मैदानको धुलो हटाउन प्रयोग भएको पानी ढुवानी समेतमा ३५ हजार खर्च भएको थियो ।
बोल कबोल भएकोमध्ये प्राइभेट फर्म र स्थानीय तहबाट बील भरपाइको आधारमा रकम भुक्तानी हुने भएकोले रकम भने सबै उठी नसकेको महतोले जानकारी गराए । दोश्रो अर्ना जेसीजकप फुटबलमा बागलुङ सुधार केन्द्रले उपाधि उचालेको थियो । पत्रकार सम्मेलन महासचिव ताराप्रसाद शर्माले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->