पोखरा/नेपालमै पहिलो पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसीप २०२४ सम्पन्न भएको छ । प्रतियोगितामा ७ महिलासहित ५६ जना खेलाडीले भाग लिएका थिए । वनजङ्गल, खोलानाला, बासघारी, गोरेटोबाटो, बगर बालुवामा उडाउने–गुडाउने सबै खालको मिश्रणले बनाइएको ५ किलोमिटरको ट्रयाकमा च्याम्पियनसीप भएको थियो ।
नेपाल अटो मोबाइलस एसोसिएसन ( नासा नेपाल ), अन्तर्राष्ट्रिय नियामक संस्था (फिम), प्रदेश खेल्कुद परिषदलगायतबाट स्वीकृतप्राप्त सो खेलमा महिलातर्फ ललितपुरकी बर्षा बस्नेतले टाइटल जितिन् भने पुरुष–ओपन इलाइटमा काठमाडौंका राजेस मगरले उपाधि हात पारेका थिए ।
त्यस्तैगरी महिलातर्फ दोश्रो मन्दिरा भण्डारी र पोखरामा राम्रो फ्यान फ्लो बनाएकी सुरक्षा केसीले तेस्रो स्थान हासिल गर । पुरुष–ओपन इलाइटमा दोश्रो हुने अन्जित बुढाथोकी रहेकी थिइन् भने तेस्रो हुने आशुतोष धोन्जु थिए ।
ओपन ३० प्लसमा मास्टर्समा राज शहीले पहिलो स्थान लिएका थिए भने दोश्रो हुनेमा विकास श्रेष्ठ र तेस्रो हुने अजित बराल थिए ।पुरुषतर्फ ओपन इलाइटलाई १ लाख ५० हजार, १ लाख र ५० हजार नगद तथा महिलातर्फ वर्षालाई १ लाख ५० हजार नगद पुरस्कार दिइयो ।
च्याम्पियनसीपबाट पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटनमा टेवा पुग्ने नेपाल अटोमोबाइल एसोसिएसन गन्डकीका अध्यक्ष शिव श्रेष्ठले बताए ।





