सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बैशाख १ मा लेखनाथ हाफ म्याराथन हुने

बैशाख १ मा लेखनाथ हाफ म्याराथन हुने


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८०, बुधबार

पोखरा/पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बैशाख १ गते लेखनाथ हाफ म्याराथन हुने भएको छ ।
लेखनाथमा खेलकुदसँगै पर्यटन विकास गर्ने उदेश्यका साथ आयोजना हुन लागेको दोस्रो संस्करणको म्याराथनका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।
लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी दिदैँ पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवाष खड्काले वेगनास ताल जाने सडक निर्माणको क्रममा रहेकाले हाफ म्याराथनको रुटमा परिवर्तन गरिएको जानकारी दिए । उनका अनुसार पहिलो संस्करण वेगनासतालबाट सुरु भएको थियो ।
हाफ म्याराथनको विजेताले नगद ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रोले २० तथा चौथोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै हाफ म्याराथनकै पोखरा महानगर च्याम्पियनले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महिला तथा पुरुष १० किलोमिटर दौडको विजेताले ३० हजार रुपैयाँ तथा दोस्रो हुनेले २०, तेस्रो हुनेले १०, चौथोले पाँच हजार तथा पाँचौ स्थानमा आउनेले दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।
विद्यालय छात्र÷छात्रा ५ किमी प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार, तेस्रो हुनेले पाँच हजार चौथो हुनेले तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस विधामा दशौंस्थानसम्म आउनेले रकम प्राप्त गर्नेछन् ।
४५ वर्षमाथि पुरुष ५ किमीको विजेताले १० हजार, दोस्रोले सात तथा तेस्रोले पाँच हजार रुपैयाँ प्राप्त गर्ने सदस्य सचिव खड्काले जानकारी दिए ।
समितिका अध्यक्ष दीपक गोदारले आन्तरिक तथा बाह्य पर्यटन प्रबर्दनका लागि प्रतियोगिताले टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->