पोखरा/लेखनाथ हाफ म्याराथनमा त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले स्वर्ण पदक हात पारेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा लेखनाथमा भएको २१ किमीको दुरी एक घण्टा चार मिनेट ४७ सेकेन्डमा पुरा गर्दै स्वर्ण हसिल गरेका हुन् । पदकसँगै उनले नगद ६० हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै एपिएफका किरण बोगटीले एक घण्टा ६ मिनेट ३३ सेकेन्डमा दुरी पुरा गर्दै रजत जित्दा आर्मीका रामजी बस्नेतले एक घण्टा ९ मिनेट २९ सेकेन्डमा दुरी पुरा गर्दै कास्य हासिल गरे । एपिएफका खिम बहादुर खत्री २० सेकेन्डले पछि पर्दा कास्य पदक गुमाउन पुगे । आर्मीका प्रताप खड्काले पाँचौ स्थान हासिल गरे । उनीहरुले क्रमशः ३० हजार, २० हजार, १० हजार र पाँच हजार रुपैयाँ प्राप्त गरे ।
हाफ म्याराथनमा कुल ११ धावकको सहभागिता रहेको थियो । अन्तिममा रहेका अर्थात ११ औं स्थानमा आएका चेतनाथ चालिसे पोखरा च्याम्पियन हुँदै १० हजार रुपैयाँ प्राप्त गरे।
१० किमी महिलातर्फ आर्मीकी पुर्णलक्ष्मी न्यौपानेले स्वण पदक हासिल गरिन् ।निर्धारित दुरी ३५ मिनेट ७ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् । नेपाल पुलिसकी राममाया बढा पुणृलक्ष्मी भन्दा १४ सेकेन्डले पछि पर्दै रजत हासिल गरिन् अर्थात ३५ मिनेट २० सेकेन्डमा दुरी पुरा गरिन् । आर्मीकी सिर्जना पाण्डेले ३५ मिनेट ५६ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक हासिल गरिन् ।
पुरुतषतर्फको १० किमीमा आर्मीका श्रीकाश राई प्रथप भए निर्धारित दुरी ३० मिनेट १७ सेकेन्डमा पुरा गर्दै उनी प्रथम भए । आर्मीकै सुवाष कार्कीले ३० मिनेट २० सेकेन्डमा पुरा गर्दै रजत हासिल गरे । कार्की ३ सेकेन्डले पछि परे । अजित कुमार यादवले ३० मिनेट ५३ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक हासिल गरे । महिला पुरुष दबै तर्फ प्रथम, दोस्रो, तेस्रो,चौथो र पाँचौ हुनेले क्रमशः ३० हजार,२० हजार, १० हजार, पाँच हजार र दुई हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।
५ किमी छात्र दौडमा कास्की मोडनाइज एकेडेमीका बादल कार्कीले स्वर्ण हासिल गरे । उनले १८ मिनेट ४४ सेकेन्डमा दुरी पार गरे । कुम्दीनी होम्सका कृष्ण परियारले रजत तथा भद्रकालीका गंगा गुरुङले कास्य पदक हासिल गरे ।
उनीहरुले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्राप्त गरे । विद्यालयस्तरमा दशौं स्थानसम्म आउनेलाई नगद दिइएको थियो ।
४५ वर्ष माथि ५ किमी भेट्रान दौडमा धरम महर्जनले स्वर्ण जिते । यस्तै रैवत बहादुर दाहालले रजत तथा विश्वलाल श्रेष्ठले कास्य पदक हासिल गरे । उनीहरुले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ प्राप्त गरे ।





