पोखरा/ पुतलीबजार नगरपालिकाका एक पुरुषलाई बालयौन दुव्र्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका –३ बाडखोलाका ६२ वर्षीय जीवन जीटी रहेको प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए । गएको १४ गते उनले एक ८ वर्षीय बालिकामाथि दुव्र्यवहार गरेको प्रहरीको भनाइ छ । प्रहरीले जिटीलाई चैत २९ गते पक्राउ गरेको हो ।




