बागलुङ/चैतेदशै मेलाको अबसरमा संचालित कालीका कप भलिबल प्रतियोगितामा मंगलबार दुइ खेल सम्पन्न भएका छन् । मंगलबारको खेलमा बागलुङ घुम्टे रेष्टुरेन्ट काठमाण्डौ र प्रगतीशिल युवा क्लब बिजयी भएका छन् ।
पहिलो खेलमा प्रगतीशिलले तित्याङलाई २५–२२, २५–१५, २२–२५ र २५–२३ को सेटमा जित हात पारेको हो । दोश्रो खेलमा भने घुम्टे रेष्टुरेन्टले कस्तुरी युवा क्लबलाइ सोझो सेटमा पराजित गरेको हो । २५–१३, २५–१९ र २५–१३ को सेटमा गलकोटले जित निकाल्दा कस्तुरी स्तब्ध भयो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई ३ लाख, द्वितीय हुनेलाई १ लाख ५० हजार र तृतीयलाई १ लाख पुरस्कार प्रदान गरिने खेल संयोजक अर्जुन खड्काले बताए ।
छेलोमा कास्कीका दुजिक बिजयी
चैतेदशै मेलाकै अबसरमा गुठीले आयोजना गरेको छेलो प्रतियोगिता कास्कीका दुजिक थापाले जितेका छन् । मंगलबार भएको खेलमा १९ जनालाई पछि पार्दे थापाले १६ दशमबल २६ मीटर दुरीमा छेलो फालेर जित निकालेका हुन । उनका प्रतिस्पर्धी पर्वतका यम गुरुङले १५ दशमलब ८३ मीटर पर पु¥याए । प्रथम हुने थापाले २० हजार र द्वितिय हुने गुरुङले १० हजार पुरस्कार पाए ।





