बागलुङ/कालीका कप भलिबलको उपाधिका लागि विभागिय टोली त्रिभुवन आर्मी क्लब र बागलुङ घुम्टे रेष्टुरेण्ट भीड्ने भएका छन् । बुधबार सम्पन्न समेझीफाइनल खेलमा आर्मीले कस्तुरी युवा क्लब र बागलुङ घुम्टे रेष्टुरेण्टले कालिका युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधिका लागि भीडन्त पक्का गरेका हुन् ।
चैतेदशै मेलाको अबसरमा आयोजित कालीका कप भलिबलको पहिलो खेलमा आर्मीले कस्तुरी युवा क्लबलाई २५–१६, २५–१८ र २५–१७, दोस्रो खेलमा बागलुङ घुम्टेले कालिकालाई २५–१८, २५–१७ र २५–१६ अंकले पराजित गरेको हो ।
प्रतियोगितामा मंगलबार दुइ खेल सम्पन्न भएका छन् । मंगलबारको खेलमा बागलुङ
प्रतियोगिताको विजेता ३ लाख, उपविजेताले १ लाख ५० हजार र तृतीयले १ लाख पुरस्कार प्राप्त गर्ने भलिबल खेल संयोजक अर्जुन खड्काले बताए । तृतिय स्थानका लागि कस्तुरी युवा क्लबविरुद्व कालिका युवा क्लबबीच प्रतिष्पर्धा हुनेछ ।





