
पोखरा / एसीसी प्रिमियर कपमा नेपालले ७४ रनको विजयी लक्ष्य पाएको छ । ओमानमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको साउदी अरेबीयाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन जोड्न सफल रह्यो । लगातारको वर्षाका कारण खेल सुरु हुन ढिला भएपनि खेल ८÷८ ओभरमा झारिएको हो ।
ओपनर फैसल खान ६ रनमै आउट भए । दोस्रा ओपनर मनान अलि ३ रनमै आउट भए । अब्दुल वाहिद ३७ रनमा आउट भए । उनले १६ बलमा ३ छक्का र ३ चोका प्रहार गरे । वाजी यु हसन ३ रनमा, काशिफ अब्बास ८, कप्तान हिशम शेख २ रनमा आउट भए। साद खान ५ रनमा आउन भए ।
उस्मान खालिद ४ रनमा नटआउट रहे ।
नेपालका लागि करण केसी र अभिनाष बोहोराले २÷२ तथा ललित राजवंशी र प्रतिस जिसीले १÷१ विकेट लिए ।





