सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्पोर्ट्स अवार्डलाई खेल संघहरुको सहयोग

स्पोर्ट्स अवार्डलाई खेल संघहरुको सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८१, मंगलबार

पोखरा/आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सघाउन गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन् । अवार्ड कार्यक्रम वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ ।
सोमबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदेश खेलकुद परिषद गण्डकीको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै आफ्ना भनाई राख्नेमा गण्डकी गल्फ संघ अध्यक्ष इन्द्रधारा विष्ट, गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देल, सेपाकताक्रो संघ गण्डकी अध्यक्ष श्यामबहादुर श्रेष्ठ, प्रदेश हक्की संघ गण्डकी अध्यक्ष दीपकबहादुर थापा, सुटिङ एशोसिएसन गण्डकीका कोषाध्यक्ष केबि गुरुङ, नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्ट्स एशोसिएसन गण्डकीका सचिव मोहन खड्का रहेका थिए ।
यसैगरी गण्डकी प्रदेश पौडी संघ अध्यक्ष आनन्द कुँवर, सचिव अनिल थापा, टाइगर ग्रुप अफ पोखरा नेपालका सचिव डि.वि.नेपाली, गण्डकी प्रदेश एथलेक्टिक्स संघ उपाध्यक्ष इन्द्रा मल्ल, कास्की जिल्ला ह्याण्डबल संघ अध्यक्ष चित्र बहादुर थापा, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, नेपाल ट्राइथोलन संघका डिल्लीराज सुवेदी, टेनिस संघ गण्डकीका अध्यक्ष विनोद कायस्थ, उपाध्यक्ष विष्णुबहादुर थापा, सचिव नविन चालिसे, जुडोका रवी गुरु लगायतले अवार्ड कार्यक्रमको लागि सुझाब दिँदै जिज्ञासा समेत राखे ।
उनीहरुका जिज्ञासालाई मञ्चका अध्यक्ष दीननाथ बराल, संघ संस्था परिचालन उपसमितिका संयोजक रोहितराज पराजुली, पूर्व अध्यक्ष केशव पाठक र महासचिव राजाराम पौडेलले मेटाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->