सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लेखनाथमा चौंथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

लेखनाथमा चौंथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०८१, बिहिबार

पोखरा/लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । लेकसिटी ब्याडमिन्टन क्लब पोखरा–२९ को आयोजनामा यही बैशाख १४ र १५ गते चौंथो संस्करणको राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा मेन्स डबल्स ए लेभल, मेन्स डबल्स सि लेभल, मेन्स डबल्स भेट्रान्स र वमेन्स डबल्समा प्रतिस्पर्धा हुने खेल संयोजक रामबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा ए लेभल मेन्स डबल्समा प्रथम, द्धितीय र तृतीय दुई टिमले क्रमशः नगद ४१ हजार, २२ हजार र ६÷६ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उक्त विधाको सी लेभलतर्फ प्रथम, द्धितीय र तृतीय दुई टिमले क्रमशः नगद ३५ हजार, १८ हजार र ६÷६ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।
यस्तै मेन्स डबल्स भेट्रान्सतर्फ प्रथम, द्धितीय र तृतीय दुई टिमलाई क्रमशः नगद रु ३० हजार, १६ हजार र ५÷५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने महिला डबल्समा प्रथम, द्धितीय र तृतीय दुई टिमलाई क्रमशः नगद २५ हजार, १० हजार र ५÷५ हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
लेकसिटी ब्याडमिन्टन क्लबका अध्यक्ष शरण प्रधानको अध्यक्षता, सचिव भविन पुन र खेल संयोजक रामबहादुर गुरुङले धन्यवाद सहितको पत्रकार सम्मलेनमा सो जानकारी गराइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->