सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी प्रदेशस्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन

गण्डकी प्रदेशस्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०८१, बिहिबार
volleyball

पोखरा/प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा नवलपुर र पर्वत च्याम्पियन बनेका छन् ।
गोरखाको बारपाक सुलिकोटमा सम्पन्न प्रतियोगिताको पुरुषतर्फ नवलपुर र महिलातर्फ पर्वतले उपाधि उचालेका हुन् । बुधबार सम्पन्न फाइनल खेलको पुरुषतर्फ नवलपुरले स्याङजालाई ३–२ को पुनरागमत सेटमा हराउँदै उपाधि चुमेको हो ।
पहिलो सेट २५–२१ र दोस्रो सेट २५–१७ ले जितेको स्याङजा तेस्रो सेटबाट भने ओरालो लाग्यो । तेस्रो सेटमा २५–१६ को जित निकालेको नवलपुरले चौथो सेट २५–२१ ले र अन्तिम तथा निर्णायक पाँचौ सेट १५–११ ले आफ्नो पक्षमा पारेको हो ।
उता महिलातर्फ समेत पर्वतले म्याग्दीलाई ३–२ कै सेटमा हरायो । निकै रोमाञ्चक बनेको खेलको पहिलो सेट म्याग्दीले २५–२२ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट २३–२५ ले गुमायो । तेस्रो सेटमा पुनः खेलमा फर्कदै २५–२३ को जित निकालेको म्याग्दी चौथो सेटमा १४–२५ को हार व्यहोर्न बाध्य भयो । अत्यन्तै प्रतिस्पर्धात्मक पाँचौ सेटमा १४–१६ को हार व्यहोर्दा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही सम्मिलिन म्याग्दी उपविजेतामै सिमित हुन पुगेको हो । महिला पुरुष दुवै विजेताले उपाधिसँगै नगद एक÷एक लाख रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता टोलीले समान ७५÷७५ हजार रुपैयाँ प्राप्त ग¥यो । तेस्रो स्थानका लागि भएको पुरुषतर्फको खेलमा म्याग्दीले तनहुँलाई २५–२१, १९–२५, १९–२५, २५–२३ र १५–१० र महिलातर्फ स्याङजाले कास्कीलाई २५–११, २०–२५, २६–२४ र २५–१४ हराउँदै तेस्रो भएको छ । तेस्रो हुने टिमले समान ५०÷५० हजार रुपैयाँ प्राप्त गरे ।
हिमाल र रिमा सर्वोत्कृष्ट
प्रतियोगितामा पुरुषतर्फ नवलपुरका हिमाल सुनारी र महिलातर्फ पर्वतका रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुरुषतर्फ उत्कृष्ट स्पाइकर सञ्जुविक्रम शाह (नवलपुर), उत्कृष्ट सेटर दान बहादुर गाहा (नवलपुर), उत्कृष्ट सर्भर देवेन्द्र बुढा (म्याग्दी), उत्कृष्ट ब्लकर, सरोज बर्देवा (नवलपुर), उत्कृष्ट डिफेन्डर राजन दर्लामी (स्याङजा) र उत्कृष्ट प्रशिक्षक राम नारायण महतो (नवलपुर) घोषित भए ।
महिलातर्फ उत्कृष्ट स्पाइकर रिञ्जना बोटे (म्याग्दी), उत्कृष्ट सेटर बिना फगामी (पर्वत), उत्कृष्ट सर्भर सोइङ थापा (स्याङजा), उत्कृष्ट ब्लकर मनिषा तिलिजा (म्याग्दी) उत्कृष्ट डिफेन्डर जायरा निसा (स्याङजा) र उत्कृष्ट प्रशिक्षक जगदिश सुवेदी (पर्वत) घोषित भए । उनीहरु सबैले ५÷५ हजारका साथमा प्रमाणपत्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->