तस्बिर : क्यान
काठमाडौं/नेपालले पहिलो टी २० खेलमा वेष्ट इण्डिज ‘ए’ लाई ४ विकेटले हराएको छ । वेष्ट इन्डिज ‘ए’ ले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरे । उनले ५४ बलमा ११२ रन बनाएर आउट । दीपेन्द्रसिंह ऐरी २४, कुशल मल्ल १६, कुशल भुर्तेल १६, विवेक यादव ७ र अनिलकुमार साह ५ रनमा आउट भए ।
गुल्शन झा ९ र प्रतिश जीसी ५ रनमा अविजित रहे । अन्तिम ओभरमा ९ रन आवश्यक थियो । प्रतिश र गुल्शनले पहिलो र दोस्रो ओभरमा एकएक लिए । तेस्रो र चौथो बलमा गुल्शनले लगातार चौका प्रहार गर्ने नेपाललाई जीततर्फ दोहो¥याए ।
यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।





