सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरा स्पोट्र्स अवार्ड : चार विधाको मनोनयन सार्वजानिक

पोखरा स्पोट्र्स अवार्ड : चार विधाको मनोनयन सार्वजानिक


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८१, मंगलबार

पोखरा/बैशाख अन्तिम शुक्रबार पोखरा स्पोट्र्स अवार्डको आयोजना हुँदैछ । स्पोट्र्स अवार्डको तयारीमा जुटेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार चार विधाको उत्कृष्ट ३ भित्र पर्न सफल खेलाडीहरु सार्वजानिक गरेको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा वर्ष खेलाडी पुरुषमा अर्जुन कुमाल (क्रिकेट), प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल) मनोनयनमा परेका छन् ।
यस्तै वर्ष खेलाडी महिलामा अनुश्का शेरचन (आर्चरी), अरुणा शाही (भलिबल) र सुस्मिता थापा मगर (आइटीएफ तेक्वान्दो) मनोनयनमा परेका छन् । उदीयमान खेलाडीमा ज्योत्सीका मरासिनी (क्रिकेट), दिलासा राना (ब्याडमिन्टन) र बादल कार्की (एथलेटिक्स) रहेका छन् । उत्कृष्ट प्रशिक्षकमा भने निरज थापा (टेनिस), रमेश केसी (भलिबल) र रिजन प्रजु (क्रिकेट) मनोनयनमा पर्न सफल भएका छन् ।
मञ्चका अध्यक्ष दीननाथ बरालले खेलाडीको मनोबल उकास्न खेल प्रतियोगिता महत्वपूर्ण रहेको र त्यतिले मात्र पर्याप्त नहुने हुँदा उनीहरुलाई पुरस्कृत गर्न अत्यावश्यक रहेको बताए । खेलाडीमा उर्जा थप्नका लागि मञ्चले २०७२ सालदेखी पोखरा स्पोट्र्स अवार्डको आयोजना गरेको उनी सुनाउँछन् ।
‘यो वर्ष आयोजना हुने स्पोट्र्स अवार्डमा विभिन्न ७ विधा रहने छन् । यो मञ्चको मात्र नभइ समग्र गण्डकीको खेलकुदको ठुलो इभेन्ट हो,’ बरालले भने, ‘हामी गण्डकीको खेलकुद विकासमा निरन्तर अघि बढ्न चाहान्छौं । अवार्डलाई सफल बनाउन सहयोग गर्ने सहयोगीप्रति आभार व्यक्त गर्न चाहन्छौं ।’
मञ्चले वर्ष उत्कृष्ट महिला र पुरुष खेलाडीलाई इलेक्ट्रीक स्कुटर र अवार्ड प्रदान गर्नेछ । यस्तै उत्कृष्ट उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक, खेल पत्रकार र खेल संघ संस्थाले समान ३५÷३५ हजार रुपैयाँको साथमा अवार्ड प्राप्त गर्नेछन् । लाइफ टाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित हुनेले चाँदीको करुवा, ट्रफी, ताम्रपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->