सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

छात्रा क्रिकेटमा कालिका र सिद्ध विजयी

छात्रा क्रिकेटमा कालिका र सिद्ध विजयी


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८१, मंगलबार

पोखरा/पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारका खेलहरुमा सिद्ध मावि र कालिका मावि विजयी भएका छन् ।
पहिलो खेलमा सिद्धले लक्ष्मी माविलाई ६९ रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।
१ सय ३१ रनको लक्ष्य पाएको लक्ष्मी माविले १२.४ ओभरमा ६२ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो ।
अर्को खेलमा कालिकाले सिर्जना माविलाई १ सय ४१ रनले पराजित ग¥यो । पहिला व्याटिङ गरेको कालिकाले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रनको विशाल योगफल तयार पारेको थियो । प्रत्युत्तरमा सिर्जनाको पारी ८२ रनमै समेटियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->