सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

छात्रा क्रिकेटमा भद्रकाली र अम्मरसिंहको जीत

छात्रा क्रिकेटमा भद्रकाली र अम्मरसिंहको जीत


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८१, बुधबार

पोखरा/पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारका खेलहरुमा भद्रकाली मावि र अम्मरसिंह मावि विजयी भएका छन् ।
पहिलो खेलमा अम्मरसिंहले छोरेपाटन माविलाई ६ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको छोरेपाटनले पूरा २० ओभरमा ९ विकेट गुमाएर ७५रन बनाएको थियो ।
७६ रनको लक्ष्य पाएको अम्मरसिंह माविले ९.५ ओभरमा ४ विकेट गुमाएर जित निकाल्यो ।
अर्को खेलमा भद्रकालीले लक्ष्मी माविलाई ६५ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको भद्रकालीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा लक्ष्मीको पारी १६.१ ओभरमा ७६ रनमै समेटिन पुग्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->