सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपालले टस हार्यो, कप्तान पौडेल बेन्चमा

नेपालले टस हार्यो, कप्तान पौडेल बेन्चमा


  • Dhorpatan News
  • बैशाख १९ २०८१, बुधबार

पोखरा/  काठमाडौंमा जारी वेस्ट इन्डिज ए विरुद्धको खेलमा नेपालले टस हारेको छ । विश्वकप छनोटका लागि खेलाडी छनोटको खेल समेत हेरिएको सिरिजको तेस्रो खेलमा कप्तान रोहित पौडेललाई आराम दिइएको छ ।
खेलको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरेका छन् । टस जितेसँगै वेस्ट इन्डिजले ब्याटिङ रोजेको छ । नेपालले पहिलो खेल जितेको थियो भने दोस्रो खेलमा हार व्यहोरेको थियो ।
नेपाली टोलीमा अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी रहेका छन् भने, वेस्ट इन्डिज ‘ए’ टोलीमा
रोस्टन चेज ९कप्तान०, एलिक अथान्जे ९उपकप्तान०, फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्स रहेका छन्।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->