बाहिर कुकुर भुकेको आवाज आइरहेको थियो । शयनकक्षमा मधुरो बत्ती बलेको थियो । काठको अलमारी, अलमारीछेउमा ओछ्यानले सजिएको बक्सपलङ, भुइँमा ओछ्याइएको गलैँचा । भित्तामा टाँसिएका धानका बाला लहलहाएको र समुद्रछेउका नरिवलका रुखहरूको तस्बिरले शयनकक्षको शोभा बढाएको थियो । कक्षसँगै रहेको बार्दलीमा गमलामा सयपत्री फूलहरू ढकमक्क फुलेकाले शयनकक्षमा मगमग बास्ना आइरहेको थियो ।
मुसहरू१ ले रम्भाको वक्षस्थलमा हात राख्दा उनले असहमति जनाउन सकिनन् । मुसहरू१ को आँखामा हेरिन् । विवक्षु भाव, मदहोस आँखा, यौन व्याकुलताले भरिएको हेराइ, लट्ठै पार्ने कालो ओठ, चुच्चो नाक, फाटफुट सेता रौँसहितका जुँगा, लाम्चो अनुहार, कालो वर्णका मुसहरू१ उनलाई औधी प्रिय लाग्यो ।
उनले हत्तपत्त मुसहरू१ को हातमा आफ्नो हात राखेर रसीले धानको बोझ बेस्सरी कसेसरी उनको हात कसिन् । आफ्नो हात कसेको देखेर सहमति पाएको भान मुसहरू१ लाई भयो ।
उनले लगत्तै तुलना गरे रम्भासँग प्रेमिका र स्वास्नीको । उनीहरूका अंगले उनलाई आनन्दको आभास हुँदैन थियो । दुवैका अंग सम्झेर उनलाई नमज्जा लाग्यो । उनले पूरै ध्यान रम्भातिर केन्द्रित गरे ।
झोलिएका ठूलठूला स्तन, मुट्ठीभरि मासु समाउन सकिने पुक्कपुक्क परेको जिउ । उनको जिउमा जति उफ्रे पनि सिल्कको सोफामा उफ्रेको अनुभव उनले गरिरहेका थिए । पहिलोपल्ट कुनै युवतीको कुमारीत्वसँग खेलिरहेको उनले अनुभव गरे । उनलाई लागेन रम्भा दुई सन्तानकी आमा । उनलाई रम्भा २० वर्षकी तरुणी, यौवनले भरिपूर्ण फूलझडी लागिन् । रम्भाको मुखबाट निस्किरहेको आवाजले उनी झन्झन् उच्छृंखल भइरहेका थिए ।
दुवैजना सम्भोगमा लिप्त थिए । रम्भा पनि मनमनै लोग्नेसितको सम्भोग सम्झिरहेकी थिइन् । लोग्नेको भन्दा मुसहरू१ को जिउले आनन्दानुभूति दिइरहेको थियो ।
मुसहरू१ बाट उनले पूर्ण रूपमा यौनसुख प्राप्त गरिन् । उनले अनुभव गरिन्, यौनांगको आकारले केही फरक नपर्ने रहेछ ।
पाँच वर्ष भइसकेको थियो उनले आफ्नो लोग्नेसँग शारीरिक सम्पर्क नराखेको । लोग्नेसँगको यौनसुख पनि सम्झनाबाट टाढिँदै गइरहेको थियो । मुसहरू१ ले उनलाई तृप्त गराए । उनीहरू पूरै संसार, सामाजिक मर्यादा, संस्कार सबै बिर्सेर एकार्काको अँगालोमा निर्वस्त्र निदाए ।
मध्यरातमा निद्रा खुल्नेबित्तिकै दुवैले एकार्काको जिउ निचोर्न थाल्थे । यो क्रम रातभरिमा तीनपल्ट चल्यो ।
बिहान हुन लागेको थियो । छोराहरू उठ्नुभन्दा अगाडि रम्भाले नुहाइन् । नुहाएर नयाँ लुगाा लगाएर छोराहरू सुतिरहेको कक्षमा पुगिन् । जेठो छोरो खाटमा कोल्टो परेर गहिरो निद्रामा थियो । कान्छो उत्तानो परेर गहिरो निद्रामा थियो ।
शयनकक्षमा गएर उनले मुसहरू१ लाई ‘छोराहरू सुतेकै छन्, जानुस्’ भनेर इसारा गरिन् । उनको इसारा बुझेर मुसहरू१ डराउँदै यताउति हेर्दै आँखा मिच्दै निस्के ।
रम्भाको जेठो छोरो दश र कान्छो छोरो सात वर्षका छन् । छोराहरू उठ्नुभन्दा अगाडि रम्भा घरको काम गर्न व्यस्त भइन् ।
रम्भाको लोग्ने १५ वर्षपहिले सिंगापुर गएका थिए । त्यहीँबाट फर्केर उनीसँग बिहे गरेका थिए, दश वर्षअगाडि । बिहे गरेर फेरि विदेश फर्केका थिए । बिहे गरेदेखि एकदुई वर्षमा नेपाल फर्किन्थे, तीन महिनाका लागि । रम्भासँग समय बिताउँथे । रम्भालाई बाहिर घुमाउन लैजान्थे । दुवैजना खुसी थिए । छोराहरू जन्मिए । दुईचार वर्ष विदेश बसेर पैसा कमाएर बाँकी जीवन रम्भा र छोराहरूसँग बिताउने सोच बनाएका थिए ।
यी पाँच वर्षमा के भयो थाहा छैन । उनको लोग्नेले सिंगापुरकै स्थानीय केटीसँग बिहे गरे । तर, स्वास्नी र बाआमालाई जानकारी गराएनन् ।
बर्सेनि नेपाल फर्किने मान्छे पाँच वर्षदेखि नफर्केपछि रम्भाको मनमा शंका उब्जिरहेको थियो । उनले एक दिन फोन गर्दा केटीले फोन उठाइन् । रम्भाले ‘हेलो’ भन्दा उताबाट केटीले अंग्रेजीमा बोलिन्, ‘हेलो, को बोलेको ?’
उनको प्रश्नको जवाफ नदिई रम्भाले उल्टै सोधिन्, ‘तँ को बोलेको ?’
केटी : म उनकी श्रीमती हुँ ।
रम्भा : बिहे भएको कति भयो ?
केटी : दुई वर्ष भयो ।
रम्भा : म उनकी स्वास्नी हुँ, रम्भा । नेपालमा छु ।
केटी : मलाई सबै थाहा छ । दुईजना छोराहरू पनि छन् । तँ हामीभन्दा परै बस् ! उनी मेरा श्रीमान् बनिसके । तँलाई उनीप्रति कुनै अधिकार छैन ।
केटीले फोन काटिन् ।
रम्भाले १० कक्षासम्म पढेकी थिइन् । थोरबहुत अंग्रेजी बुझ्थिन् । उनले सबै बुझिन्, तर विश्वास लागेन ।
जब उनले बेलुका फोन गरिन्, लोग्नेले उठाए । उनले सबै वृत्तान्त बताइन् । लोग्नेले सत्य कुरा बोले, ‘हँ हम यतौ बियाह करने चियै । गल्ती भेलै । माफ कैर दे रम्भा ।’
उनी छाँगाबाट खसेझैँ भइन् । तर, आँखाबाट थोपो आँसु झरेन । उनी पहिला ससाना कुरामा रोइराख्थिन् । धेरै भावुक थिइन् । अचानक कठोर बनिन् । यति कठोर कि अचानोमा कसैले उनको घाँटी रेट्न खोजे कराउने होइन, प्रतीकार गरेर रेट्ने मान्छेलाई गाला पड्काएर उम्किन सकिने खालको ऊर्जावान् भइन् ।
सोचिन्– विवाह भनेको दुईजनाबीचको सुन्दर प्रतिबद्धता हो नि । म तँसँग सिंगो जीवन बिताउँछु, दुःखसुखमा साथ दिन्छु भनेर एकार्कालाई प्रतिबद्धता व्यक्त गरेर कोही कसरी पछाडि हट्न सक्छ ? कसरी गोप्य तरिकाले जीवनसंगिनीलाई धोका दिन सक्छ ?
उनले मुसहरू२ आफूप्रति वफादार नभएको पाइन् । विदेश बस्ने मान्छेसित बिहे गरेकामा पछुतो लाग्यो । आफ्नो सर्वस्व खोसिएको अनुभव गरिन् । उनले वफादारी नगरे मैले उनको परिवारको ठेक्का लिएजसरी किन वफादार बन्ने भनेर उनले लोग्नेका नाममा थुकिन् । सबै शृंगार आफ्नो जिउबाट फालिन् । सधैँ निधारमा ओरालो झर्ने गरी लगाउने लामो सिउँदोभरिको सिन्दूर पुछिन् । पोते, बिन्दिया, चुरा लगाउन छोडिन् । त्यही दिनदेखि उनी लोग्ने मुसहरू२ प्रति वफादार हुन छोडिन् ।
लोग्नेले दिएको पीडा बिसाउने ठाउँ थिएन । आफूलाई जति सम्हाल्न खोजे पनि भित्रभित्र उनको मन गह्रौँ भइरहन्थ्यो । मन खोलेर रुन खोज्थिन्, तर आँसु बगाउनु लाचार बन्नु हो सोचेर उनी आँसु बगाउँदिन थिइन् । आफूलाई बलियो बनाउन हरप्रयास गर्थिन् ।
मान्छे फरक तर नाम एउटै थियो दुईजनाको मुसहरू । रम्भाको लोग्ने मुसहरू र मुसहरू नाम गरेका अर्को एकजना एउटै गाउँका एउटै कक्षामा पढ्थे । नाम मिलेकाले सानैदेखि एकार्कालाई मिता (मित) भन्न थाले । उनीहरू एकार्कालाई धेरै विश्वास गर्थे । परेको बेला एकार्कालाई साथ दिन्थे । स्कुलमा शिक्षकहरूले मुसहरू१ र रम्भाको लोग्नेलाई मुसहरू२ भनेर बोलाउँथे । मुसहरू१ र मुसहरू२ एउटै गाउँका मित थिए ।
बिहेपछि मुसहरू२ ले रम्भाका लागि लहान बजारमा चार तलाको घर बनाए । व्यापारमा पनि लगानी गर्न थाले । बजारमा फोटो स्टुडियो चलाइरहेका मित मुसहरू१ लाई आफूलाई पनि स्टुडियोको साझेदार बनाउन आग्रह गरे । मित मुसहरू१ ले उनको अनुरोध अस्वीकार गर्न सकेनन् । मासिक दश हजार रुपैयाँ रम्भालाई बुझाउने सहमतिमा फोटो स्टुडियोमा सेयर लगानी गरे ।
मुसहरू२ ले पैसा पठाउन थाले रम्भालाई । व्यापार विस्तार गर्न उनले उतैबाट मित र रम्भालाई सल्लाह दिइरहे । रम्भाका नाममा आधुनिक खालको सुविधासम्पन्न रम्भा फोटो स्टुडियो सञ्चालन गरे । उनकै नाममा आईएमई खोले ।
अर्को वर्ष मुसहरू२ नेपाल फर्केलगत्तै रम्भाकै नामबाट पेट्रोलपम्प खोले । सबै व्यापार मित मुसहरू१ लाई मासिक एक लाख रम्भालाई बुझाउने जिम्मा दिएर मुसहरू२ सिंगापुर फर्किए ।
मित मुसहरू१ नेपालमा व्यापार सम्हालिरहेका थिए । महिनाभरिको नाफा रकम मित र रम्भाका नाममा रहेको संयुक्त खातामा हालिदिन्थे । आफू तलब मात्र लिन्थे । मुसहरू२ ले सिंगापुरमा अर्को बिहे गर्नुभन्दा अगाडि व्यापारमा यी लगानी गरेका थिए ।
मितले मितिनी अर्थात् मितकी स्वास्नीसँग बोल्ने परम्परा थिएन । मुसहरू१ हिसाबकिताब दिन रम्भाको घर आउँथे । बोल्नैपर्ने भएकाले घुम्टोले अनुहार छोपेर मितसँग अलिअलि बोल्थिन् ।
मुसहरू२ ले सिंगापुरमा अर्को विवाह गरेपछि उनी उदास रहन्थिन् । मनको बह पोख्ने ठाउँ थिएन । मुसहरू१ आएका बेला मनको पीडा पोख्थिन् । मुसहरू१ उनको पीडा सुनिदिन्थे । मुसहरू१ रम्भाप्रति सहानुभूति प्रकट गर्थे ।
हप्तामा एक दिन उनको घर हिसाबकिताब दिन आउँथे मुसहरू१ । रम्भालाई एक्लो अनुभव हुन थालेपछि मुसहरू१ रम्भाको घर दैनिक आउन थाले । एक दिन मित मुसहरू१ लाई नदेख्दा रम्भालाई खल्लो लाग्थ्यो । मुसहरू१ हिसाबिकताब दिएर निस्किनुभन्दा अगाडि उनले सोध्थिन्, ‘काइल कखनि येबै मिता ?’
मुसहरू१ : फुरसत हेतै ताब ।
रम्भा : जल्दी याब ।
मुसहरू१ : हेतै ।
उनी गइसकेपछि रम्भाको मन भारी हुन्थ्यो । एक्लो अनुभव गर्थिन् । एक्लै बसेर टोलाइरहन्थिन् ।
कैयौँपल्ट मुसहरू२ लाई फोन गरेर पारपाचुके दिनुस् पनि भनिन् । तर, लोग्ने मुसहरू२ ले पारपाचुके दिन मानेनन् । रम्भालाई सौतामुनि र विवाहलाई खेलौना बनाउने लोग्नेसँग बस्ने इच्छा थिएन ।
छोराहरूमा नराम्रो असर पर्छ भनेर छोराहरूलाई उनका बाले अर्को बिहे गरेर आफू मानसिक तनावमा रहेको कहिल्यै बताइनन् । न त कुनै खालको पीडाको भनक नै लाग्न दिइन् ।
मुसहरू२ ले फोन गर्दा रम्भाले कुरा नगरी जेठो छोरोलाई मोबाइल थमाइदिन्थिन् । छोराहरूसँग कुरा गरेर लोग्नेले फोन काट्थे ।
दुवैजना एकार्कालाई नदेखे बेचैन हुन्थे । उनीहरू प्रेममा परिसकेका थिए । घण्टैपिच्छे एकार्कासँग कुरा गर्थे । एकार्काको हेरचाह गरेको अनुभव गराउँथे ।
एक दिन हिसाब दिन आएका बेला अबेरसम्म उनकै घरमा थिए मुसहरू१ । राति भइसकेको थियो । रम्भासँग छुट्टिने मन थिएन उनको । लोग्नेले धोका दिएदेखि उनी मुसहरू१ कै वरिपरि बस्न रुचाउँथिन् । रात परिसकेकाले खाना खाएर जान उनले मुसहरू१ लाई आग्रह गरिन् ।
खाना खाएर छोराहरू सुते । भाँडा माझ्ने बेला मुसहरूले रम्भाको नितम्ब पछाडिबाट च्याप्प समाते । उनले समात्दा रम्भाको जिउभरि छुट्टै प्रकारको सुखानुभूति भयो । जिउले वर्षौँदेखि मागिरहेको स्पर्श अनुभव गर्न पाउँदा अस्वीकार गर्न सकिनन् । अगाडि फर्केर रम्भाले उनलाई जुठै हात अँगालोमा बेरिन् । मुसहरूले उनका दुवै हात धोइदिए । बोकेर शयनकक्षमा लगे । दुवैबीच पहिलोपटक शारीरिक सम्बन्ध भयो ।
पाँच वर्षदेखि उनले लोग्नेको स्पर्श पाएकी थिइनन् । मितसँगको सम्भोगले पुरुष स्पर्श ताजा भएर आयो ।
अब उनी एक दिन पनि शारीरिक सम्बन्धबिना बस्न नसक्ने भइन् । एक दिन शारीरिक सम्बन्ध नराखे उनको जिउभरिका नसाहरू चलमलाउँथे । उनलाई लत लागिसकेको थियो । रम्भा आफैँलाई पनि भन्थिन्, ‘छि हम कतहेक कामुक मौगि चियै ?’
छोराहरू स्कुल जानेबित्तिकै उनी मुहहरू१ लाई बोलाउँथिन् । बोलाउनेबित्तिकै उनी पनि कुदेर आउँथे । उनीहरू दिउँसै शारीरिक सम्बन्ध राख्थे । छोराहरू स्कुलबाट फर्किनुभन्दा अगाडि मुसहरू१ उनको घरबाट निस्किसक्थे ।
छोराहरूको स्कुलमा लामो बिदा हुनेबित्तिकै माइती जाँदै छु भनेर छिमेकीहरूलाई ढाँट्दै उनी छोराहरूलाई लिएर राति बाहिर बस्ने गरी मितसँग घुम्न जान्थिन् । उनीहरू गहिरो प्रेममा परिसकेका थिए । गोप्य रूपमा एकार्कालाई लोग्नेस्वास्नीको रूपमा स्थापित गरिसकेका थिए ।
मुसहरू१ का दुई जवान छोरीहरू र स्वास्नी थिए । उनका छोरीहरू र स्वास्नी गाउँमा बस्थे, गृहस्थी गरेर । उनी स्टुडियो चलाउन सहरमा बसिरहेका थिए । उनको गाउँभन्दा सहर चार किमि मात्र टाढा थियो । राति सधैँ गाउँ फर्किन्थे । तर, रम्भाको प्रेममा परेदेखि स्वास्नीसँग समय बिताउन रुचि देखाएनन् । राति धेरै सकसपूर्ण तरिकाले स्वास्नीसँग समय बितेको अनुभव गर्न थालेका थिए ।
स्वास्नीसँग खासै उनलाई शारीरिक सम्बन्ध राख्न मन लाग्न छोड्यो । उनी रम्भासँग समय बिताएर गएका हुन्थे । स्वास्नीले करकाप गरेपछि उनी बल्लतल्ल राजी हुन्थे । स्वास्नीसँग सम्बन्ध राख्दा रम्भासँग सम्बन्ध राखेको झलझली सम्झिन्थे । रम्भालाई सम्झेपछि बल्ल उनी स्खलित हुन्थे ।
छोराहरूलाई लिएर उनीहरू एकदुई हप्ता बाहिरै बस्ने गरी घुम्न निस्किन्थे । छोराहरू सुतिसकेपछि उनीहरू एकार्कासँग भरिपूर्ण समय बिताउँथे । उनीहरू इलाम, दार्जिलिङ, पटना, गोरखपुर, दिल्ली गइसकेका थिए । सधैँ नयाँनयाँ ठाउँ घुम्न जान्थे । पैसाको कुनै कमी थिएन । व्यापारबाट नाफा भएको थोरै पैसा मित मुसहरू२ को खातामा हालिदिन्थे । बाँकी पैसा उनीहरू अन्धाधुन्ध खर्च गर्थे । उनीहरूले उच्चस्तरको जीवन जिउन थालेका थिए । मुसहरू१ रम्भालाई भेट्न दिनहुँ आउँथे ।
कामको व्यस्तताले रम्भालाई भेट्न नपाएको दिन मुसहरू१ उनका छोराहरू निदाइसकेपछि आउँथे । बिहान छोराहरू उठ्नुभन्दा अगाडि निस्किसक्थे । उनीहरू एकार्काको अँगालोमा रात बिताउँथे । मुसहरू१ रम्भासँग बसेको रात आफ्नी स्वास्नीलाई ‘स्टुडियोमे बहौत काम छै करैले, आइके घर नै आबैले सकबौ’ भनेर ढाँट्थे । उनी निस्किने बेला आँगनको ढोका खोल्दा कुइँकुइँ आवाज निस्किन्थ्यो । आवाज आउनेबित्तिकै चारैतिरका छिमेकीहरू आआफ्ना घरबाट चियाउँथे, रम्भा र मुसहरू१ ले नदेख्ने गरी । प्रत्येक दिन यही क्रम चल्थ्यो । छिमेकीहरूले उनीहरू प्रेममा छन् भन्ने चाल पाइसकेका थिए । रम्भालाई मात्र भनेका थिएनन् । तर, उनीहरू रम्भाको अनुपस्थितिमा कुरा काट्थे ।
कामको व्यस्तताले एक हप्तादेखि मुसहरू१ ले रम्भालाई भेट्न सकेका थिएनन् । मध्यरातमा आए । रम्भालाई फोन गरेर आफू आएको बताए । रम्भाले ढोका खोलिन् । दुवैजना बसेर खाना खाए र सँगै सुत्न गए । रम्भाले मनमनै भनिन्, ‘यो सब गर्नु गलत हो । नगर्नुपर्ने हो मैले, तर म के गरूँ ? उनले सिंगापुरमा तरुनीसँग बिहे गरे, मेराबारे सोचेनन् । मैले किन उनका बारे सोच्नु ? मेरो मनले जे भन्छ म त्यही गर्छु ।’ उनलाई मुसहरू१ सँग सुत्न गलत लागेन । अनैतिक पनि लागेन ।
उनी आक्रोशित थिइन् केवल लोग्नेसँग । आक्रोशमा आएर नै उनले यस्तो पाइला चालेकी थिइन् । लोग्नेले अरू तरूनीसँग रंगीन रात बिताइरहँदा उनको यादमा बिलौना गरेर बस्नु मूर्खता हो । उनी यी सबै मानसिक तनाबबाट बाहिर निस्किन खोजिरहेकी थिइन् । मितसँगको सम्बन्ध अनैतिक भए पनि उनी खुसी थिइन् । तर, मितिनी अर्थात् मुसहरू१ को स्वास्नीलाई धोका दिएको जस्तो अनुभव गर्थिन् उनी बेलाबेला । मितसँगको अनैतिक सम्बन्ध तोड्ने प्रयास पनि गर्थिन् । कहिलेकाहीँ दिनभरि मुसहरू१ को फोन उठाउँदिन थिइन् । फोन नउठाउँदा मुसहरू१ उनलाई भेट्न कुदेर आउँथे । उनीहरू फेरि एक हुन्थे । उनीहरूको रागात्मक सम्बन्धले छुट्टिन दिइरहेको थिएन ।
मितिनीको घरबार बर्बाद गर्नुभन्दा छुट्टिनु बेस भनेर उनले आज फेरि दिनभरि मुसहरू१ को फोन उठाइनन् । दिनभरिमा १० पल्ट फोन गरे । दिनभर फोन नउठाउँदा बेलुकी मुसहरू१ उनलाई भेट्न आए । मुसहरू१ लाई देखेपछि उनले सबै पीर र गुनासा बिर्सिइन् ।
मधुरो बत्ती बलिरहेको थियो । छोराहरू सुतिसकेका थिए । छोराहरू सुतेको देखेर उनले रम्भालाई अँगालोमा बेरे । भोको बाघझैँ उनले रम्भालाई झम्टिन थाले । उनले रम्भाको सारी फुकाले । ब्लाउज, पेटीकोट लगाएकी रम्भा उनको अगाडि मूर्तिझैँ देखिएकी थिइन्, अगाडि–पछाडि दुवैतिरबाट सुन्दर । उनलाई देखेर मुसहरू१ले भने, ‘बम लागै चियै देखैले ।’
उनको कुरा सुनेर रम्भा मुसुक्क हाँसिन्, । हाँसेको देखेर मुसहरूले बेस्सरी अँगालोमा बेरे । उनी अनौठो तिर्खाले व्याकुल थिइन् । उनीहरू दुवै निर्वस्त्र भए । एकार्कालाई कहिले नभेटेझैँ निचोर्न थाले ।
मुसहरू१ को जिउमा खप्टिएर रम्भाले भनिन्, ‘हमरा कैहयोने छोरब ।’
मुसहरू१ : अहा हमर जान चियै । हम अहाके कैहियोने छोरबै ।
रम्भा : साच्चे ?
मुसहरू१ : हँ, साच्चे । विश्वास नै लागल ।
रम्भा : नै लागल विश्वास ।
मुसहरू१ : कथिले ?
रम्भा : मितिनीबाट घैरने आइछ ।
मुसहरू१ : कथियोने हेतै । हमरा ऊ नै निक लागैये । अहा वर निक चियै । दुनियाके छोइरदेबै । अहाके नै छोरैले सकबै ।
यो सुनेर उनी खुसी भइन् । मनभरि एकार्कालाई माया गरे । बिहान हुन लागेको थियो । एकार्कालाई छोड्न मन लागेको थिएन ।
बिहानै दैलोको ढोका कसैले ढकढक्याइरहेको थियो । भर्खर उनीहरू सुतेका थिए । ढ्याकढ्याक आवाज सुनेर उनीहरूको सातोपुत्लो उड्यो । उनीहरू निर्वस्त्र थिए । हतारिँदै रम्भाले सारी लगाइन् । मुसहरू१ ले पनि लुगा लगाए ।
बार्दलीबाट हेरिन् । टाउकामा मोटा बोकेकी सासू र काँधमा झोला भिरेका रम्भाका ससुरा ढोका ढकढक्याइरहेका थिए । सासूससुरा गाउँमा बस्थे । सासूससुरालाई देखेर उनको होसहवास उड्यो । सासूससुरा छठ पर्वको कोसेली ठेकुवा, भुसुवा र केरा दिन आएका थिए । योपल्टको छठमा उनी गाउँ गएकी थिइनन् । उनी नगएका बेला सासूससुरा कोसेली पु¥याउन आउँथे । बिहान ४ बजे घरबाट हिँडेका थिए । ६ बजे आइपुगेका थिए ।
अरू दिन मुसहरू१ बिहानै निस्किइसकेका हुन्थे । तर, रातभरि नसुतेर बिहान निदाएकाले सखारै निस्किन सकेनन् । रम्भा भयभीत हुँदै बार्दलीबाट कोठाभित्र छिरिन् । मुसहरू१ लाई भनिन्, ‘उठु । बुरहुवा बुरहिया येलछै निचामे । आब कथि करबै ?’
उनी डराएको देखेर मुसहरूले भने, ‘बर्बाद करलकै हौ । अने सुनु, हम निचाके शौचालयमे घोसरबै । बुरहुवा बुरहियाके भितर आनब । तब हम चैल जेबै । हेतै ।’
रम्भा ः हँ, हेतै । जल्दी निकलु ।
चारतले घर भएकाले तीन तला बैंक चलाउन भाँडामा दिएकी थिइन् । माथिल्लो तल्लामा रम्भा छोराहरूलाई लिएर बस्थिन् ।
मुसहरू१ जुत्ता लगाएर अगाडि कुदे । रम्भा पछाडि । उनी तलको शौचालयमा लुकेपछि रम्भा ढोका खोल्न गइन् । उनको मुटु ढुकढुक भइरहेको थियो । समातिने पो हो कि भनेर उनी भयभीत थिइन् । उनका कान, गाला रातो भइसकेको थियो । सासूससुराले थाहा पाउलान् भनेर कान, निधार र गाला छोपिने गरी घुम्टो ओढिन् । घुम्टो ओढेर संस्कारी बुहारी बनिन् । ढोका खोलिन् । सासूससुराका खुट्टामा ढोगिन् । ‘सौभाग्यवती भवः’ आशीर्वाद पाइन् ।
सासूसुरालाई माथिल्लो तलामा लिएर गइन् । उनीहरू माथि गएको चाल पाएर मुसहरू१ शौचालयबाट लामो सास तान्दै हतारिँदै गोडाको चाल मारेर निस्के । आवाज नआउने गरी ढोका खोले । ढोका लगाउँदै गर्दा ओल्लो घरका छिमेकी बूढो छविलाल जो ६५ वर्षका थिए, उनले दुईतते घरको कौसीबाट मुसहरूलाई भने, ‘रुमाल भितर अङ्नामे गिरल हौ ।’
छविलालको आवाज सुनेर उनको अनुहार भयले रातोनिलो भयो । छविलालतिर हेरे । केही बोलेनन् । खल्ती छामे । रुमाल थिएन । आवाज नआउने गरी फेरि विस्तारै ढोका खोले । रुमाल टिपे । टिपेर विस्तारै फुत्त निस्के । त्यति बेलासम्म उनको अनुहारमा पसिनैपसिना भइसकेको थियो । पसिना पुछ्दै स्टुडियोतिर लागे ।
उनका सासूससुरा एक हप्ता बसे । यो एक हप्तामा छिमेकी छविलाल र उनकी स्वास्नी र पल्लो घरका छिमेकी समेतले सासूसुरालाई मुसहरू१ सँग रम्भाको चक्कर चलिरहेको बताए । रम्भाको जेठो छोरोले पनि स्कुल लामो बिदा हुनेबित्तिक मितबासँग आफूहरू धेरैपल्ट भारत घुम्न गएको र राति उतै बसेको बताए ।
यो सुनेर उनीहरू धेरै क्रोधित भए । तर, केही थाहा नपाएझैँ रम्भालाई केही भनेनन् ।
मुसहरू१ लाई मुसहरू२ का बाआमाले धेरैपहिलादेखि चिन्थे । किनकि, उनीहरू एउटै गाउँका थिए । छोराको व्यापार मुसहरू१ ले सम्हालिरहेको मुसहरू२ का बाआमालाई थाहा थियो ।
एक हप्तापछि मुसहरू२ का बाआमा गाउँ फर्के । गाउँ फर्केर विदेशमा रहेको छोरोलाई फोन गरेर बुहारी मितसँग लागेको वृत्तान्त सुनाए ।
बाआमाको कुरा सुनेर मुसहरू२ ले रम्भालाई पटकपटक फोन गरे, गाली गर्नलाई । रम्भाले धेरैपहिलादेखि उनको फोन उठाउन छोडिसकेकी थिइन् । आज पनि उठाइनन् । मुसहरू२ स्वास्नी र मितसँग क्रोधित भए ।
उनले मितको घरमा फोन गरेर मितिनीलाई मित आफ्नी स्वास्नीसँग लागेको बताए । राति घर नफर्किंदा पहिलादेखि नै मुसहरू१ की स्वास्नीलाई शंका थियो । आज उनको शंकाले पूर्णता लियो ।
यो सुनेदेखि मुसहरू१ की स्वास्नी र छोरीहरूले उनलाई घर फर्किन दिएनन् । घर फर्के पनि स्वास्नी र छोरीहरूले वास्ता गर्न छोडे ।
मुसहरू१ रम्भासँगै धेरैजसो समय बिताउँथे, छोराहरू नभएको बेलामा । राति रम्भाकहाँ नआएको दिन फोटो स्टुडियोमा सुत्थे । स्टुडियोमा एउटा शयनकक्ष थियो । पहिला पनि काम धेरै भएका बेला उनी मध्यरातसम्म काम गर्थे । निद्रा लागेपछि त्यही शयनकक्षमा सुत्थे ।
सिंगापुरबाट फोन गर्दै मुसहरू२ ले मुसहरू१ सँग व्यापारको हिसाबकिताब माग्न थाले । सिधै भने, ‘रम्भाजरे अहाके चकर चलैये सुनैचियै । यी बात सही चियै ?’
मुसहरू१ ले मितसँग झुटो बोल्दै भने, ‘के कहलक यी बात ? यी सैब झुठ चियै ।’
मुसहरू१ को अनुहार डरले रातोपिरो भयो । आफूलाई सामान्य बनाउन खोजे । उनले केही नबोल्दै मुसहरू२ ले भने, ‘अहा हमर घर बर्बाद कैरदेलियै । रम्भासे दुर रहू । ने त ठिक नै ह्यात मिता ।’
मुसहरू१ ले ढाकछोप गर्दै भने, ‘देखु मिता, सपै बात झुठ चियै ।’
मुसहरू२ ले स्पष्टीकरण सुन्न चाहेनन् । फोन काटे ।
मुसहरू१ को कानबाट तातो बाफ निस्किरहेको थियोे । भयले उनको जिउभरि पसिना आइसकेको थियो । अब रम्भासँग कसरी सम्बन्ध कायम राख्न सकिएला भनेर उनी चिन्तित थिए । मितले सबै थाहा पाए भनेर त्रसित पनि थिए । रम्भासँग उनी कुनै अवस्थामा छुट्न चाहँदैन थिए ।
मुसहरू२ ले अर्को बिहे गरेको थाहा पाएदेखि रम्भाले मुसहरू१ लाई आफ्नो र मुसहरू२ को संयुक्त खातामा नाफा रकम हाल्न रोकेकी थिइन् । मुसहरू२ पनि केही बोलेका थिएनन् । रम्भाले सबै हिसाब राखेकी छिन् भनेर उनी चुप थिए । तर, रम्भा मितसँग फसेको सुनेर उनले मितलाई मासिक एक लाख रुपैयाँ नाफा आफ्नो खातामा जम्मा गर्न आदेश दिए ।
दिउँसो रम्भालाई भेट्न जाँदा मितसँगका सबै कुरा सुनाए । रम्भाले भनिन्, ‘केकरो धम्कीसे नै डराऊ । ऊ दोसर मौगीके राखतै या धम्की सेहो देतै । एको रूपैयाँ नै पठाऊ ।’
हुन त व्यापारको नाफाले उनीहरू हप्तैपिच्छे घुम्न जान्थे । बाहिर खान्थे । ऐस गर्थे । पैसा बच्दैन थियो । कर्मचारीहरूलाई तलब खुवाउनुपर्थ्यो । छोराहरूको पढाइ र घरखर्च सबै रम्भाले घरभाडा उठाएर व्यहोर्थिन् ।
तीन महिनापछि मुसहरू२ सिंगापुरबाट नेपाल फर्किने भए । आफू आउँदै गरेको बाआमालाई मात्र जानकारी गराएका थिए । रम्भाले उनीसँग कुरा गर्न धेरैपहिला छोडिसकेकीले उनका सासूससुराले फोन गरेर ‘मुसहरू२ आइके आबै छै’ भनेर सुनाए ।
त्यसपछि उनले तुरुन्तै मुसहरू१ लाई मुसहरू२ आउँदै गरेको खबर दिइन् । सचेत रहन समेत भनिन् । मुसहरू२ रहुन्जेल आफूहरू नभेट्ने वाचा गरे ।
बाआमा गाउँमा थिए । मुसहरू२ गाउँ गएनन् । लहान आए, रम्भा र छोराहरूलाई भेट्न ।
रम्भा रुष्ट थिइन्, उनीसँग । रम्भा केही बोलिनन्, मात्र भनिन्, ‘हमरा पारपाचुके दिय ।’ मुसहरू२ केही बोलेनन् ।
उनले मुसहरू२ को हालखबर समेत सोधिनन् । आफूलाई मुसहरू१ की प्रेयसी र श्रीमतीको रूपमा स्थापित गरिसकेकी थिइन् । अब उनलाई आफ्नो लोग्ने देखेर रोष मात्र प्रकट हुन्थ्यो । उनलाई आफ्नै लोग्ने नृशंस र निष्पृह लाग्यो । उनकै लागि मरिहत्ते गर्ने आफूजस्तो प्राञ्जल स्त्रीलाई धोका दिएकामा उनले लोग्नेसँग कुनै पनि किसिमको सम्बन्ध नजोड्ने हठ कसिन् ।
राति मुसहरू२ छोराहरूसित सुते । रम्भा एक्लै अर्को शयनकक्षमा सुतिन् ।
पटकपटक उनी लोग्नेसँग पारपाचुके मागिरहेकी थिइन् । मुसहरू२ केही बोल्दैन थिए ।
छठ पर्व थियो । मुसहरू२ ले रम्भा र छोराहरूलाई गाउँ लिएर गए । छठ पर्वका लागि रम्भा ठेकुवा, भुसुवा र पुरी बनाउन व्यस्त थिइन् । रम्भा व्यस्त भएको मौका छोपेर मुसहरू२ बजार आए । मित मुसहरू१सँग भेटे । भेटेर दिनभरि पाँच वर्षको व्यापारको हिसाबकिताब मागे । मुसहरू१ ले हिसाबकिताब दिन सकेनन् । मुसहरू२ ले मुसहरू१ माथि पाँच वर्षको नाफा १० करोड ५० लाख गिरानी (व्यापारको नाफा नबुझाएको पैसा बुझाउनुपर्ने) खसाले ।
मुसहरू१ सँग एक लाख पनि थिएन । १० करोड दिनु असम्भव थियो । उनले आफू ऋणमा भासिँदै गएको अनुभव गरे । टाउको भारी भयो । उनी तनावग्रत भए । करोडौँ ऋण मितले आफूमाथि थोपर्दा उनले हिसाबकिताब देखाउन सकेनन् । घाटा देखाउन पनि सकेनन् ।
रम्भासँग आफ्नो लसपस रहेकाले भेटेर झगडा गर्लान् भनेर उनी भयभीत थिए । यसबारे फोन गरेर मुसहरू२ ले विवाद गरिसकेका थिए । तर, भेटेर केही नभनेकाले उनलाई आश्चर्य लाग्यो ।
उनको मन भारी थियो । बिसाउने ठाउँ थिएन । उनलाई बुझ्ने रम्भा मात्र थिइन् । तर, उनी रम्भालाई भेट्न सक्दैन थिए । मित उनकै वरिपरि रहन्छन् कि भन्ने भय थियो । रम्भा गाउँ जाँदा घरको काममा व्यस्त रहन्थिन् । चाहेर पनि उनी मुसहरू१ लाई फोन गर्न सक्दिन थिइन् । किनकि, सासूससुरा उनकै वरिपरि रहन्थे ।
मुसहरू१ गाउँ पनि जान सक्दैन थिए । उनी र रम्भा अनैतिक सम्बन्धमा रहेको गाउँभरि हल्ला थियो । गाउँ गएकी रम्भा निर्धक्क हिँड्थिन् । कसैले केही भने ‘लोग्नेले अर्को बिहे गरे अनैतिक नहुने, मैले गरे अनैतिक हुने ?’ भनेर मुखभरिको जवाफ दिने तयारी गरिसकेकी थिइन् । तर, उनलाई गाउँमा कसैले केही भनेनन् ।
मुसहरू१ लाई उनकी स्वास्नी र छोरीबाहेक बाआमाले पनि घर आउन निषेध गरेका थिए । घर आउनेबित्तिकै श्रीमती र छोरीहरूले ‘यी हमर घर चियै, हमर घरसे निकल’ भन्थे । उनी केही बोले छोरीहरू र स्वास्नीले रम्भासित आरोप लगाउँदै गाली गर्थे । रम्भालाई गाउँमा सबैका अगाडि बदनाम गरेको उनलाई मन पर्दैन थियो ।
उनी मानसिक पीडाले एक्लै छट्पटिरहेका थिए । उनलाई स्टुडियोको शयनकक्ष कारागारजस्तै लाग्न थालेको थियो ।
रम्भासँग नभेटेको दुई हप्ता भइसकेको थियो । दुई हप्ता उनलाई वर्षौँजस्तो लाग्यो ।
स्टुडियोमै खाना पकाएर खान्थे । एक्लो अनुभव गरिरहेका थिए । गाउँमा छठको रौनक भए पनि उनलाई कसैले खोजेनन् । उनलाई योपल्टको छठ ज्यादै उराठ लाग्यो । उनलाई रम्भाबाहेक कोहीतिर हेर्न र कसैका बारे सोच्न मन लाग्दैन थियो । खाँदा, सुत्दा, उठ्दा, बस्दा हरेक पलमा रम्भाका यादहरू ताजा हुन्थे । उनी एक हप्ताभित्र धेरै दुब्लाइसकेका थिए ।
बिहानदेखि चिसो थियो । मंसिर महिना दिन धमिलो थियो । कुहिरोले ढाकिएको थियो गाउँ । रम्भा धेरै उदास थिइन् । दुई हप्ता भइसकेको थियो उनले मुसहरू१ सँग कुरा गरेकी थिइनन् । उनी छोराहरूलाई लिएर लहान फर्किंदै थिइन् । मुसहरू२ पनि उनीसँगै लहान फर्किए ।
माथिल्लो तला – जहाँ रम्भा बस्थिन्, त्यो तलाको ढोका खुला थियो । ढोका खुला देखेर रम्भा डराइन् । चोर पसेर गहनाहरू चोरेर लगे कि भनेर टाउकामा बोकेको पुरीको मोटा नराखी दौडिँदै जहाँ उनी र मुसहरू१ भेट्थे, त्यही कक्ष छिरिन् । अलमारी र त्यो कक्षमा भएका सामानहरू यथावत् थियो । तर, रम्भाले बोकेको मोटा टाउकाबाट भुइँमा खस्यो । उनको जिउ फतक्क गल्यो । उनी ऊर्जाहीन भइन् । उनलाई चारैतिर अँध्यारो लाग्यो । चित्कार सुनियो, ‘प्यारा हमरा छोइरके कत चैलगेलियै ।’
त्यो कक्षमा मुसहरू१ को शव घाँटीमा बाक्लो रसी बेरिएको अवस्थामा सिलिङमा झुन्डिरहेको थियो ।





