स्याङ्जा/ वालिङ नगरपालिका– १३ की शारदा गैरेले अर्जुनचौपारी १ को पञ्चकन्या माबिमा हाजिर गराई दिन माग गरेकी छन । गाउँ पालिकाकाले खटाएको पञ्चकन्या माबिमा हाजिरी हुन नपाउदाँ मानसिक रुपमा असर परेको भन्दै शिक्षा बिकास तथा समन्वय इकाई प्रमुखलाई हाजिरीको लागि सहजिकरण गराई दिन निबेदन मार्फत उनले माग गरेकी हुन ।
शिक्षा सेवा आयोग २०८० मा प्राबि तृतिय तह नियुक्ति लिएर गैरेे पहिलो चरणमा चण्डीडाडाँ आधारभुत बिद्यालयमा पुगेकी थिइन । वडा नं ३ को चण्डीडाँडा आधारभूत विद्यालयको तह घटुवा हुदाँ उनकाे वडा नं १ को पञ्चकन्या माविमा पालिकाले सरुवा गरेको थियो । पालिकाको गत बैशाख १६ गतेको निर्णय अनुसार जेठ १ गतेबाट पञ्चकन्यामा उनलाइ खटाएको थियो । पालिकाले खटाएको तीन महिना पुग्नै लाग्दाँ पनि गैरेलाई पञ्चकन्याका प्रधानाध्यापक बिष्णु तिवारीले हाजिर गर्न आनाकानी गरेका हुन ।

गत जेठ १ गतेबाट गत असार ९ गतेसम्म गाउँपालिकामा हाजिर गरेको बताउदै गैरेले बिद्यालयमा अहिलेसम्म हाजिर नगरेको बताइन । शिक्षा बिकास इकाई, शिक्षा तथा मानब श्रोत बिकास केन्द्र सोनोठिमी र गाउँपालिका शिक्षा शाखालाई बोधार्थ राखेर सहजिकरणको माग उनले गरेकी हुन । चण्डीडाँडा आधारभूत विद्यालयले रमाना दिएपश्चात पञ्चकन्या मावि हाजिरीको लागि विद्यालय र पालिकामा चक्कर लगाउँदा विद्यालयले हाजिर हुन नदिएको उनले बताइन । दरबन्दी मिलान गर्ने क्रममा पञ्चकन्या माविमा कार्यरत शिक्षक भोजराज अर्याल दीपज्योति आधारभूत विद्यालय आरुचौर पदस्थापन भएको र खाली ठाउँमा गैरेलाइ सरुवा गरिएको थियो । व्यक्तिगत हठका प्रअ तिवारीले अर्याललाई रमाना पत्र नदिएको र गैरेलाइ हाजिर नगराएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष फणीनारायण अर्यालले बताए । शिक्षकलाई नियमानुसार हाजिर गराउन प्रअलाई निर्देशन गरेको बताउदै अर्यालले आलटाल गरी शिक्षकलाई मनोवैज्ञानिक असर पर्नेगरी लामो समयसम्म जिम्मेवारी नदिई राख्दा आफू दुःखी भएको जनाए । प्रअ तिवारीले दरबन्दीमा शिक्षक हुँदाहुँदै अर्को शिक्षकलाई हाजिर हुन नदिने बताउदै थप दरबन्दीको पत्र पाएमा हाजिरी गर्ने बताए । शिक्षा समन्वय इकाई प्रमुख बिश्वराज आचार्यले पत्र प्राप्त भइनसकेको र आएपछि अवस्था हेरेर अगाडि बढ्ने बताए ।




