शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२३ अपाङ्गता भएकालाई सहायता सामाग्री

२३ अपाङ्गता भएकालाई सहायता सामाग्री


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८१, सोमबार

स्याङ्जा/पुतलीबजार नगरपालिका १ स्याङ्जामा अपाङ्गता भएका २३ जनालाई सहायता सामाग्री उपलब्ध गराइएको छ ।
सामाजिक विकास कार्यालय स्याङ्जाले अपाङ्गता ससक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाको समन्वयमा सामाग्री उपलब्ध गराइएको हो । सामाजिक विकास कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीले सामाग्री पुतलीबजार, भिरकोट, वालिङ र बिरुवा गाउपालिकाका अपाङ्गलाई सहायता सामाग्री उपलब्ध गराएको जानकारी दिइन् ।
अपाङ्गता भएका ब्यक्तिहरुको माग बमोजिम ह्वील चियर ११ वटा, सहयोगी लौरी पाचँ वटा, बैशाखी तीन, सेतो छडी पाचँ वटा, कम्बोट चियर तीन वटा, बेल्ट सात वटा, रेडियो तीन वटा, डेजी प्लेयर एक वटा उपलब्ध गराएको छ ।
अपाङ्गता भएका ब्यक्तिका आवश्यकता पहिचान गरेर सामाग्रीको सहि सदुपयोगसहित बितरण कार्यलाई स्थानीय तहसम्म केन्द्रित गर्ने लक्ष्य कार्यालयको छ । बाँकी रहेका सामाग्री गल्याङ, चापाकोट र कालीगण्डकीका अपाङ्गता भएकालाई उपलब्ध गराइने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->