मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

जनताले खनेको सहिदमार्ग स्तरोन्नती कहिले ?

जनताले खनेको सहिदमार्ग स्तरोन्नती कहिले ?

२०५७ देखि २०६० सम्मको निरन्तरको श्रमदानबाट खुलेको सडक स्तरीय बनाउन भने कसैले पहल नगरेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०८१, शनिबार
afun'ªsf] tf/fvf]nf ufp“kflnsf hfg] …zlxbdfu{Ú :t/pGgtL / rfSnf] agfO{b} . >dbfgaf6 ag]sf] of] ;8s rfn' aif{ km/flsnf] agfpg nfluPsf] xf] . tl:a/ Mk|sfz a/fn÷sflGtk'/

बागलुङ/सशष्त्र द्वन्द्वको बेला ताराखोला सबैभन्दा बढी प्रभावित क्षेत्र हो । गाउँपालिका भित्रका मात्रै २१ जना सहिद भए । उनीहरुको सम्झनामा यहाँको रिजालचोकदेखि ताराखोला पुग्ने ४० किमी सडकलाई सहिदमार्ग नामाकरण गरियो ।
जनश्रमदानबाटै रिजालचोकदेखि भातखाने डाँडाहुँदै ताराखोला पुग्ने सडकको ट्रयाक खुलाइएपनि स्तरोन्नतीमा भने ढीलाई भएको हो । डिपिआर बनेको ६ वर्षसम्म सडक अलपत्र जस्तै छ । ठेक्कामा जान नसक्दा यो सडकमा वर्षौदेखि जोखिम मोलेर यात्रा गर्न स्थानीय बाध्य छन् । यो सडकले ताराखोलादेखि म्याग्दीको रुम समेत जोड्छ ।
२०७५ सालको डिपिआरमा १ अर्ब लागतमा सबै सडक कालोपत्रे गर्न सकिने स्टिमेट गरिएको थियो । पहिलो चरणमा बाह्रै महिना सवारी चल्ने बनाउन गाउँपालिकाले पहल गरेको थियो भने बहुवर्षे ठेक्काका लागि गण्डकी प्रदेश सरकारमा लागिएकोमा २०७७ मा बजेट र योजना कटौती गर्दा यो सडक पनि काटिएको थियो ।
मध्यपहाडी लोकमार्गको रिजालचोकदेखि ताराखोलाहुँदै म्याग्दीको रुम जोड्ने यो सडक बन्दा ग्रामीण उत्पादनलाई बजार लैजान सहज हुने स्थानीय गमिला मगरले बताइन् । ताराखोलामा जिल्लाकै सबैभन्दा धेरै आलु उत्पादन हुन्छ । सडक अभावमा स्थानीयले ढुवानीमा सास्ती खेपेको गुनासो गरे । त्यस्तै अल्लो, भाँगो, नेपाली कागज, मुला, गेडागुडी, रातो च्याउ समेत उत्पादन गरेर स्थानीयले बजार पठाउने गर्छन् । तर सडक अभावमा वर्षातमा निकै सास्ती खेप्नुपर्ने, हिउँदमा पनि सहज यातायात नहुने गर्दा किसानले मूल्य पाउन नसकेको गुनासो गरे ।
ट्रयाक खोल्दा ताराखोलाभित्रका अधिकांसले तीन महिनासम्म श्रमदान गरेका थिए । २०५७ देखि २०६० सम्मको निरन्तरको श्रमदानबाट खुलेको सडक स्तरीय बनाउन भने कसैले पहल नगरेका हुन् । यो सडकको बाटो भएर तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, बाबुराम भट्टराई, अर्थमन्त्रीहरु जर्नादन शर्मा, वर्षामान पुन, तत्कालिन सभामुख ओनसरी घर्ती ताराखोलाका कार्यक्रममा सहभागि भएका थिए । उनीहरुले पटक पटक यो सडक कालोपत्रे गर्नेबारे बोलेपनि काम नभएको हो ।
गाउँपालिकाले उक्त फाइल गण्डकी प्रदेश सरकारलाई बुझाएको पूर्व अध्यक्ष प्रकाश घर्ती बताउँछन् । पटक पटक ताकेता गरेपनि पछिल्लो कार्यकालमा पहल नपुगेको बताए । ‘हामीले चक्रपथकै योजना बनाएका थियौं, त्यसमध्ये २५ किमी खण्ड रिजालचोकदेखि त्रिशुली सम्मको थियो’ घर्तीले भने, ‘बाँकी खण्ड गलकोटदेखि जोड्ने योजना हो ।’ दुवै सडक निर्माण हुँदा चक्रपथ बन्ने, सदरमुकाम र गलकोटसँग पनि जोडिने अवस्था थियो । ताराखोलादेखि गलकोटहुँदै बुटवलतर्फ र रिजालचोकहुँदै पोखरा जाने सवारी छुटाउने योजना पनि पालिकाले बनाएको थियो ।
हाल यो सडक अधिकांस स्थानमा ६ मीटर चौडाको छ । कम्तिमा १० मीटर चौडा बनाएर स्तरोन्नती गर्ने योजना र कालोपत्रे बनाउने लक्ष्य पुरा हुन नसकेको इन्जिनियर हरिबहादुर रावलले बताए । ‘प्रदेश सरकारको टुक्रे बजेटबाट काम त भएको छ, तर पुरा हुने अवस्था छैन’ रावलले भने, ‘हाल भातखाने डाँडाबाट पुवाधुने खोलासम्म नाली र संरचनाहरु बनाउने कम भएको छ ।’ अघिल्लो वर्ष २ करोड र गत वर्ष १ करोड ५१ लाख रुपैयाँ खर्चेर बनेको संरचनाबाहेक सहिद मार्गमा अन्य प्रगती नभएको हो । चालु वर्ष पनि १ करोडले स्तरोन्नती गर्ने योजना छ ।
गाउँपालिकाले हरेक वर्ष डोजर लगाएर पहिरो पन्छाउने काम भैरहेको हो । त्यस बाहेक बहुवर्षे ठेक्काका लागि पहल भएपनि प्रदेश र संघ सरकारले प्राथमिकतामा नराखेको अध्यक्ष धनबहादुर बिक बताउँछन् । ‘यो सहिद मार्ग हो, सहिदकै सम्मानमा पनि लगानी गर्नुपर्ने हो’ बिकले भने, ‘पहल भएपनि ठोस प्रगती भएन ।’ पूर्वाधार विकास कार्यालय बागलुङले पनि कार्यक्रम स्विकृत नभएकोले काम गर्न नसकेको जनाएको छ । बरु कार्यालयले अघिल्ला दुइ वर्षको झण्डै १५ करोड बढी लगानीमा ताराखोलाकै मुलाबारीदेखि माझखर्क सम्मको १० किमी सडक कालोपत्रे गरेको छ ।
ट्रयाक खोल्न राज्यको लगानी नपरेको सडकमा स्तरोन्नतीमा पनि बिभेद भएको स्थानीय संगम घर्ती बताउँछन् । ‘राज्यको लगानी गर्दा झण्डै ५० करोड खर्च हुने काम जनताले श्रमदानबाट ट्रयाक खुलाएका थिए’ घर्तीले भने, ‘राज्यबाट अहिलेसम्म कुनै साथ र सहयोग नपाएर सास्ती खेपेका छौं ।’ गाउँपालिकाले आफ्नै लगानीमा २०७४÷७५ मा ४० लाख खर्चेर घुम्ती चक्ल्याएको थियो ।
बिरामी पर्दा समयमा उपचारका लागि सदरमुकाम पुग्न पनि सडकले सास्ती भोग्नुपरेको ताराखोलाकी बिष्णु रोकाले बताईन् । ‘खर्च र समयले गर्दा धेरैले गाउँमै रोग पालेर बस्न बाध्य छन्’ रोकाले भनिन् ‘एकै दिनमा पुगेर फर्कन पनि नसकिने भएपछि धेरै दुःख भोग्नु पर्छ ।’ अहिले पनि ताराखोलादेखि सदरमुकाम आएको जिपमा एकतर्फी ८ सय रुपैयाँसम्म भाडा तिर्न स्थानीय बाध्य छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->