बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिमालबाट फाइदा लिनेबारे सोचौँ

हिमालबाट फाइदा लिनेबारे सोचौँ


  • Dhorpatan News
  • माघ १६ २०८१, बुधबार

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई म्याकेननले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गरे । उनीहरु अन्नपूर्ण पहिलोको उचाइ चुमेको करिब ३ वर्षपछिमात्रै विश्वको सर्वोच्च शिखरमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पाइला टेकेका थिए ।
हिमाल आरोहणमध्ये सबैभन्दा ‘जोखिमयुक्त’ मानिने उक्त हिमालमा पहिलो मानव पाइला टेकिएको यतिका वर्ष बितिसकेको छ । हिमालबाट फर्किएपछि मौरिसले अन्नपूर्णको नाममा किताबै लेखे । त्यसपछि अन्नपूर्ण प्रथमको चर्चा विश्वभर चुलियो । ८ हजार मिटर उचाइमाथि विश्वमा १४ वटा हिमाल छन् । प्रायः हिमाल आरोहीहरुको लस्कर लाग्छ । तर, विश्वमै पहिलो पटक ८ हजार मिटर उचाइमा मानव पाइला टेकेर कीर्तिमान बनाएको अन्नपूर्ण प्रथम आरोहण गर्नेको सङ्ख्या यभने कम छ ।
विश्वमै चर्चित भएर पनि ‘अन्नपूर्ण प्रथम’मा कम आरोहीलेमात्रै सफल आरोहण गर्न सकेका छन् । यसको एउटै कारण हो – अन्य हिमालको तुलनामा बढी जोखिम हुनु र हिमाल आरोहणका लागि पर्याप्त पूर्वाधार तयार नहुनु ।
उसो त ८ हजार मिटरभन्दा माथिको उचाइ भएका हिमाल गण्डकी प्रदेशमा धौलागिरी, मनास्लु र अन्नपूर्ण पहिलो गरी ३ वटा अग्ला छन् । ती हिमाल आरोहणका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्दै सरकारले आरोहणलाई सरल र सहज बनाउन जरुरी छ । हिमाल आरोहण सहज भएमा एकातिर गण्डकी प्रदेशले मनग्गे आम्दानी गर्न सक्छ भने अर्कातिर पर्यटन विकासमा फड्को मार्न सक्छ । यी ३ अग्ला हिमाल आरोहण सहज, पूर्वाधार विकास र प्रचारप्रसारमात्रै गर्न सकियो भने गण्डकी प्रदेशकै विकासमा कोशेढुंगा सावित नहोलान् भन्न सकिँदैन । त्यसका लागि सम्बन्धित स्थानीय तह, प्रदेश र केन्द्र सरकारले नै अपनत्व महसुस गरेर यसबारे चाँडै ठोस निर्णय लिन जरुरी छ । हाम्रा हिमालहरुमा स्कीदेखि अन्य साहसिक खेलका सम्भावनाहरु पनि रहेका छन् । उपल्लो मुस्ताङमा आयोजना हुने गल्फजस्तै हिमाली क्षेत्रलाई सुहाउने खालका खेलहरु भित्र्याउने,त्यहाँको पूर्वाधारमा लगानी बढाउने र पर्यटन प्रवद्र्धन गर्नेतर्फ राज्यले सक्दो छिटो ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->