बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मानव बेचबिखन रोक्न चिनियाँमाथि चासो बढाऊ

मानव बेचबिखन रोक्न चिनियाँमाथि चासो बढाऊ

जुन वा जस्तो आवरणमा भए पनि चिनियाँहरुसँग भएका अधिकांश विहेमा मानव बेचबिखनको नियत देखिन्छ । अतः सरकारले नेपाल आउने चिनियाँ नागरिकका गतिविधिमाथि निगरानी बढाउनु आवश्यक देखिएको छ ।


  • Dhorpatan News
  • साउन २६ २०८२, सोमबार

पछिल्लो समय पोखरामा चिनियाँहरुको गतिविधि बढेको छ । चिनियाँ पर्यटकको आवागमनले यहाँको पर्यटन उद्योगले लाभ नै लिएको छ । धेरैभन्दा धेरै पर्यटक आइदिए देशको अर्थतन्त्रमा भरथेग हुन्थ्यो भन्ने सरकार र व्यवसायीहरुको चाहना रहेकै छ । चिनियाँ आवागमन बढेसँगै पोखरामा उनीहरुले नै महिला र किशोरीमाथि यौन शोषण र बेचबिखन नै गरेका घटनाहरु पनि बढ्न थालेका छन् । विहे गर्ने लोभ देखाएर किशोरीहरुलाई फसाउने र पछि उनीहरुलाई वेश्यावृत्तिमा लगाउनेसम्मका घटनाहरु घट्न थालेका छन् । गएको वर्ष पोखराको एक विद्यालयमा पढ्ने २ जना किशोरी घर परिवारको सम्पर्कबाट टाढा भए । बुझ्दै जाँदा उनीहरुले चिनियाँ नागरिकसँग विहे गरेर चीन नै लगिएको जानकारी प्राप्त भयो । अहिले प्रलोभनमा पार्दै किशोरीहरुसँग विहेको नाटक रच्ने र चीन लैजाने प्रवृत्ति जारी नै रहेको गएको साउन १३ गतेको। पोखराको विन्ध्यवासिनी मन्दिरमा एक नाबालिकसँग चिनियाँले विहे गरेको घटनाले पुष्टि गरेको छ । चिनियाँ नागरिकहरुले गरीब र सीमान्तकृत परिवारका किशोरीहरुलाई प्रलोभनमा पार्ने, विहेको नाटक गर्ने र चीनमा लैजाने गरिरहेका छन् । यहाँ नै रहेर यौन शोषण गर्ने, गलत धन्दामा लगाउने प्रवृत्ति पनि बढ्दो छ ।

चिनियाँहरुले नेपालमा नाता सम्बन्ध कायम गर्ने प्रवृत्ति बढ्दै गएको अध्यागमन कार्यालयको तथ्याङ्कले पनि पुष्टि गरेको छ । सन् २०२५ को हालसम्म ८५ हजार आठ सय ६१ जना चिनियाँ आउँदा ६ सय ३४ जना नाता भिसामा यहाँ आएका छन् । यसको मतलब हो, उनीहरुले नेपालीसँग सम्बन्ध गाँसेका छन् । तर, त्यो सम्बन्ध कस्तो हो भन्नेबारे नेपापल सरकार र सरोकारवाला निकाय बेखबर हुँदा यौन शोषण र मानव बेचबिखनका घटना बढेका छन् । अध्यागमन कार्यालयका अनुसार अन्य देशबाट आउनेहरुले पनि नेपालीसँग नाता जोड्छन् तर त्यस्तो नाता जोड्ने अधिकांश महिला रहेका छन् । चिनियाँहरुको हकमा चाहिँ अधवैंशेले यहाँका किशोरीहरुसँग सम्बन्ध कायम गराएको देखिएको छ । जुन आफैमा शंकास्पद छ । मानव अधिकारवादीहरुले यसलाई मानव बेचबिखनको अर्को स्वरुपको रुपमा अथ्र्याएका छन् भने चिनियाँहरुलाई परिवारका सदस्य,आफन्त र कुत्सित मनशायसहितका व्यक्तिहरुले सघाएको देखिएको छ । जुन वा जस्तो आवरणमा भए पनि चिनियाँहरुसँग भएका अधिकांश विहेमा मानव बेचबिखनको नियत देखिन्छ । अतः सरकारले नेपाल आउने चिनियाँ नागरिकका गतिविधिमाथि निगरानी बढाउनु आवश्यक देखिएको छ । गलत कृत्य गर्नेलाई कानूनी दायरामा ल्याउने काम तत्काल थाल्दै सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता पनि खड्किएको छ । नेपालमा मानव बेचबिखन गम्भीर समस्याको रुपमा रहेको छ । बेचबिखनको फन्दामा पर्नेहरु १८ वर्षभन्दा कम उमेरको हुनु झन चिन्ताको विषय बनेको छ ।

अहिले अफ्रिकी मुलुकदेखि चीनसम्म पनि किशोरीहरुको बेचबिखन हुने गरेको विभिन्न प्रतिवेदनले पुष्टि गरेका छन् । तर, जति अपराधका घटना भएका छन्, त्यसमा संलग्नहरुले चाहिँ उन्मुक्ति पाइरहेका छन् । यसो हुनुमा नेपालको कानूनी छिद्रताले काम गरेको छ । मानव बेचबिखन, ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले यौन बेचबिखन र श्रम बेचबबखनका केही स्वरूपलाई अपराध मानेको छ । सो ऐनले मानव बेचबिखनको परिभाषालाई मानिसको किनबेच र अर्को व्यक्तिलाई किनबेचमा लगाउने कार्य भनेको छ । बल प्रदर्शन, जालसाजी वा करकापलाई आधारभूत कसूरको अनिवार्य तत्व मानेको छैन । बाध्यात्मक श्रमलाई पनि स्वीकारेको छैन । सरकारले यो कानूनमा पनि सुधार गर्नुपर्छ । मानव बेचबिखनमा संलग्नलाई हदैसम्मको सजाय दिइनु्पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->