नेपालको इतिहासमा हामीले विविध प्रकारका आन्दोलन, शक्तिहरुको उदय, पतन, शक्तिका लागि हत्या, शक्तिको दुरपयोग र विभिन्न प्रकारका राजनीतिक घटनाक्रमहरु सुन्यौ र देख्यौ । तर, जेन–जी आन्दोलन एक फरक परिस्थितिमा र्सिजना भयो र फरक तरिकाले समाजमा परिवर्तनको आधारशिला तयार गरिदियो । हुनतः सामाजिक सञ्जालमा धेरै पहिलादेखि चर्चा चलेको विषय भए पनि केहि दिनको चरम उत्कर्षले यस्तो राजनीतिक उथलपुथल सम्भव भएको हो । मनोवैज्ञानिक भाषामा भनिने जेनेरेसन ग्यापले र विज्ञानको आधुनिकीकरणले यस आन्दोलनमा प्रत्यक्ष प्रभाव पारेको कुरालाई नकार्न सकिन्न भने यो सत्य पनि हो किनकी देशमा रहेको समकालिन राजनैतिक नेतृत्वले मनोवैज्ञानिक भाषामा भनिने जेनेरेसन ग्यापले र विज्ञानको आधुनिकीकरणले युवाहरुमा पारेको असरलाई बुझुन् नसक्नु र त्यो प्रकारले विश्लेषण गर्न नसक्नु एउटा कमजोरी हो भने उच्च तहमा रहेका राजनीतिक नेतृत्वलाई सो अनुसारको ज्ञान वा चेतना समयमा दिन नसक्नु उनीहरुका सल्लाहाकार तथा नजिकबाट समर्थन गर्ने व्यक्तिहरुको कमजोरी हो । यहाँ युवाहरुमा आएको परिवर्तनलाई हेर्दा विविध तत्वहरुको भुमिका रहेको पाइन्छ । ती तत्वहरुलाई मनोविज्ञानको अर्थबाट हेर्दा निम्न कुराहरु बुझ्न सकिन्छ ।
–आधुनिक मोबाइल सेटहरुमा खेलिने डिजिटल अनलाइन खेलहरुको प्रभाव प्रत्यक्ष रुपमा परेको देखिन्छ । जस्तैः फ्री फाएर जसरी यो खेलमा एक पटक गेमबाट आउट भएपछि गोली लाग्ने वा मर्ने भन्ने चलन छ । त्यही प्रकारले युवाहरुमा जोश र जाँगर भरिएको देखियो ।
–अनलाइन डिजिटल गेमहरुले जुन युवाहरुलाई नसाको रुपमा काम गरिरहेको थियो । त्यो नसा सामाजिक सञ्जालमा लागेको प्रतिबन्धले रिसको वेग र आगोको ज्वालमा परिवर्तन गरिदियो जसले मरे मरिन्छ वा केही गरिन्छ भन्ने भावानाको विकास गरिदियो ।
–डिजिटल दुनियामा रमाएका युवाहरुको सञ्जालले विभिन्न नयाँ खोजबाट र अन्य स्रोतबााट पनि नेटवर्क चलाउन जान्ने भएका कारण र उक्त नेटवर्कमा आएको समस्याले उनीहरुको अनलाइन गेमिङको आवश्यकता पुरा हुन सकेन, जसले बलेको आगोमा घ्यु थप्ने काम गर्यो ।
–जेन–जी युवाहरु भनेर उमेर हिसाबले १९९७ देखि २०१२ सम्म जन्मेका युवाहरुलाई जनाउने हो भने यो उमेर समुह भनेको उत्पादनशिल उमेर समुह हो र देशमा धेरै बेरोजगारीका कारण यो उमेर समुहको समय बिताउने माध्यम भनेको सामाजिक सञ्जाल हो । त्यस कारण सामाजिक सञ्जालमा प्रतिबन्धले सरकार माथीको रिस र प्रतिशोधको भावनालाई अग्रपंक्तिमा ल्यायो र आन्दोलनलाई उत्कर्षमा पुर्यायो ।
–सामाजिक सञ्जालहरुमा भएको अभिव्यतिm स्वतन्त्रताका कारण आएको नयाँ राजनैतिक चेतना र ज्ञान र विकासका कारणहरु परिवर्तनका प्रत्यक्ष माध्यमका रुपमा देखा परे । जसले युवाहरुलाई जोड्न र उमेर समुहका आधारमा मनोवैज्ञानिक असर पार्यो ।
–विश्व व्यवस्थामा आएको युवाहरुको राजनीतिक, सामानिक, आर्थिक नेतृत्व र सामाजिक सञ्जालको उपयोगका कारण पनि युवाहरुमा हाम्रो देशको भ्रष्ट नेतृत्वप्रति घृणा जाग्यो र आन्दोलनका रुपमा प्रेरणाको काम गर्यो ।
–त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट जति पनि युवाहरु बाहिरिएका छन् ती युवाहरुले सामाजिक सञ्जालमा राख्ने पोष्टहरुमा प्रायः देशको अवस्था, कमजोर नेतृत्व, भष्ट नेतृत्व र देशमा बसे भविष्य छैन वा देखिदैन भन्ने खालका हुने र जसले युवाहरुलाई आफ्नो लागि गर या मर को अवस्था सिर्जना गर्यो । जुन युवा शक्तिको लागि आफ्नो भविष्यलाई देशमा स्थापित गर्ने रणनीति र आन्दोलनलाई शतिmका रुपमा काम गर्यो ।
–हामी सबै प्रायः मोबाइल चलाउछौ त्यो पनि हामी सामाजिक सञ्जालबिना कति छटपटिरहेका हुन्छौ र बिना सामाजिक सञ्जालको त्यो आवेगमा हामी हाम्रो वरपर रहेका केहि पनि वस्तुको सहि मुल्याङकन गर्न सकिरहेका हुँदैनौ । त्यो प्रकारको आवेग जेन–जी पुस्ताको आन्दोलनको बेगमा देखियो ।
–प्रायः आधुनिक मानिसहरुलाई प्रविधिले एकोहोरो रुप, क्षमता र व्यावहारिक शक्ति प्रदान गरिदिन्छ भनौ मानिसलाई प्रविधिको दास बनाइदिएको हुन्छ । सामाजिक सञ्जाल र अनलाइन गेमिङले पनि यो पुस्ताका युवाहरुमा एक प्रकारको प्रविधिगत दासत्वको सिर्जना गरेको पाइयो । जसले एकतर्फी रुपमा सोच्न वानीको विकास गरिदियो ।
–जति पनि मानिसले बानी, व्यवहार, शिक्षा वा संस्कृति सिक्दछ त्यो मानिसको दिमागको अगाडी पट्टीको भागमा रहन्छ । जसलाई हामी फ्रन्टल लोब भन्दछौ र यो कार्यात्मक मनोविज्ञानको अंश हो र यहाँ शेट भएका सबै स्रोतहरुले मानिसका क्रियाकलापलाई दिशा निर्देश गरिरहेका हुन्छन् । त्यसकारण जन्मदेखि नै इन्टरनेट सञ्जालमा रहेको पुस्तालाई फ्रन्टल लोबमा रहेको विचार र ज्ञानको कुञ्जले आन्दोलनमा कार्यात्मक मनोविज्ञानको काम गर्यो ।
–वैदेशिक रोजगारका कारण समाजमा उत्पन्न आर्थिक विषमता र असमानताका कारण पनि नेपो बेवी जस्ता विचारधारा र मनोवैज्ञानिक घृणा उत्पन्न भयो र सामाजिक सञ्जालमा देखाइने इलिट कलाशको जीवनशैलीले युवाहरुमा प्रत्यक्ष प्रभाव पार्यो ।
–सामाजिक सञ्जालहरुमा देखिने विभिन्न प्रकारका सञ्चारका प्ले–कार्डहरुले सघै सत्यको मार्गमा हिंड्नु पर्छ भन्ने विचार बोकेको पाइएन् । त्यसकारण मौकामा चौका हान्न खोज्ने राजनीतिक नेतृत्वलाई आधुनिक सञ्जालको मौकाको चौका बारेमा कम मात्रमा जानकारी रह्यो । र, सामाजिक सञ्जाल भिपिएनले ठुलो भुमिका खेल्यो जसले आन्दोलनलाई एक प्रकारको ढाडसको काम गर्यो ।
–चरम पुँजिवादको रुपमा आएको आधुनिक संसारको विचारधारालाई सिमित व्यक्तिहरुमा रहेको महासामन्तवादको राजनैतिक नकरात्मक खेलले युवाहरुमा चेतनाको विकास र सामाजिक सञ्जालले प्रचारवादको काम गर्यो जसका कारण छोटो समयमा मनोवैज्ञानिक असर पर्यो र आन्दोलनलाई चरम विन्दुमा पुरायो ।
–नेतृत्व तहमा आधुनिक तहका विचारहरुको प्रचार गर्ने सिप र कलाको विकास नहुनुको फाइदा आन्दोलनमा देखियो । जसरी केपी र देउवाले परम्परागत शैलीमा राजनीति गरे त्यही शैलीले काम नगर्ने कुरालाइ उजागर गरिदियो भने अबको नेतृत्वमा हुनुपर्ने गुणहरुलाई प्रष्ट पारिदियो ।
–शित युद्धकालिन राजनैतिक विभाजनबाट आएको पुँजीवाद र समाजवाद औचित्य र यसको प्रभावलाई अव स्वीकार गर्न सकिन्न भन्ने मनोभाव र मनोविज्ञान जेन–जी पुस्तामा सपष्ट देखियो । यसले एक पांग्राको रुपमा काम ग¥यो ।




