बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विश्व व्यवस्थामा ‘पुँजीवाद, समाजवाद र जेन–जी’को अवधारणा

विश्व व्यवस्थामा ‘पुँजीवाद, समाजवाद र जेन–जी’को अवधारणा


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०८२, शुक्रबार

लाल बहादुर नेपाली

विश्वको इतिहासमा सायद कमै राजनीतिक दलहरुको समुह होला जसलाई कुनै न कुनै प्रकारले पुँजीवाद, समाजवाद र साम्यवादको नारा वा त्यो प्रकारको राजनैतिक स्कुलिङ वा भु राजनैतिक मनोविज्ञान, सिद्धान्त, विचार र दर्शनले नछोएको होस् । यो वा त्यो प्रकारले राजनीतिक, सामाजिक, साँस्कृतिक वा अन्य कुनै माध्यमका रुपमा हरेक देशमा रहेका राजनीतिकर्मी, नेता कार्यकर्ता वा त्यो राजनीतिक सिद्धान्तमा आस्था राख्ने जनमानसमा यी सिद्धान्तहरु फैलिएका वा मौलाएका छन् । तर, आधुनिक परिवेशमा भने यी सिद्धान्तहरु प्रायः युवाहरु माझ लोपान्मुख देखिन्छन् । युवाहरुलाई कुनै विषेश राजनैतिक दल वा संस्थाको झण्डा वा विचारप्रति घृणाको भावना बढेको देखिन्छ । त्यो विशेष नुनको सोझो गर्न भनेर र लोभ लालचमा लागेर नेता तथा पार्टीको पछाडी लागेका युवाहरु बाहेकमा ।

तर, त्यो सत्य होइन् किनकी कुनै न कुनै रुपमा माक्र्सवाद समाजमा निरन्तर रुपमा देखिन्छ । किनभने समाजबिना त कुनै पनि विचार, धर्म, दर्शन वा सिद्धान्त अपुरो रहन्छ र पुँजी बिनाको आधुनिक समाज त परिकल्पना नै गर्न सकिदैन । अनि, आधुनिक समाजमा मानव, समाज र पुँजि एकअर्काप्रति जोडिएका छन् । त्यसकारण कुनै नौलौ राजनैतिक सिद्धान्त, विचार वा दर्शन तत्कालका लागि गाह्रो र असम्भव जस्तै हो र छ । तर, पनि विश्व परिवेशमा आएका विभिन्न विचार, दर्शन, शैली र परिवर्तनका आयामहरुले त्यो प्रकारको परिस्थितीको सिर्जना गर्न सक्दछ, जहाँ राजनितिलाइ विशुद्ध रुपमा जनताको सेवा र देशको सेवाको रुपमा लिइन्छ । तर, नेपालको सन्र्दभमा समय त्यो रहेन र आउनका लागि पनि अहिले नै परिकल्पना गर्न सकिदैन् । किनकी समाजमा जुन प्रकारको दलाल पुँजीवाद, अन्धविश्वास, रुढीवाद र परम्परा छ र यी तत्वहरुबाट दिशानिर्देश भएका वा आधार मानेर सामाजिक, राजनैतिक, धार्मिक संस्थाहरु निर्माण भएका छन् । ती कि त रुढीवादी सोचमा आधारित र त्यो प्रकारको विचार धाराहरुबाट सञ्चालित छन् वा यसको प्रतिवादका लागि स्थापित र सञ्चालित छन् ।

विश्व इतिहास मात्र होइन् नेपालको इतिहासमा हामीले विविध प्रकारका यस्ता व्यक्तिहरु, संस्थाहरु र शक्तिहरुको उदय पतन र संघर्षहरु देखिन्छ । जहाँ अग्रगामी सोचलाई निरुत्साहित गर्न वा गरेर सञ्चालनमा आएका छन् । कतै समाजवाद र पुँजीवाद भनिन्छ, कतै धार्मिक स्वतन्त्रता भनिन्छ भने कतै पूर्व र पश्चिम भनेर विभाजन गरेको पाइन्छ । तर, वास्तवमा हामीले जसरी बुझे पनि र जति व्याख्या गरेपनि राजनीति एक सामाजिक विज्ञान हो । शाब्दिक अर्थमा हेर्दा अरु माथी शासन गर्ने नीति वा नियम भन्ने बुझिन्छ । अझ परम्परागत आधार मानेर हेर्ने हो भने त राजाले जनतामा शासन गर्ने नीति राजनीति हो र त्यो नीति नै अन्तिम हो । जहाँ संस्थाको आवश्यकता पर्दछ । त्यो नै दल वा पार्टी हो । तर त्यस्तो पार्टी जहाँ यो वा त्यो वाद छ, त्यो प्रकारको पार्टी अबको समयमा सान्र्दभिक देखिदैनन् र छैनन् पनि । किनकी कम्युनिष्टहरुले माक्र्सवाद कहिलै पनि बुझेनन् न त रसियामा तानाशाहहरुले बुझे, न चीनमा । अब नेपालका तानाशाहहरुको अवस्था त देखियो र माक्र्सले परिकल्पना गरेको साम्यबाद अब त्यो प्रकारको रहेन र त्यो प्रकारको साम्यवाद या त सिद्धान्तमा ठिक छ वा फेरी मानव सभ्यता पूर्ण रुपमा विनाश भएर फेरी आउने र संस्थागत हुने समाजमा सम्भव छ । अनि पुँजिवादको सिद्धान्त बोक्नेहरुले समाजको उत्थान र सामुहिक स्वार्थको परिकल्पना गर्न सकेनन् । जसका कारण बढ्दो चरम आर्थिक विकास, व्यतिmवादी सोच, जीवनप्रति मानिसको नकरात्मक दृष्टिकोण, शासनशैली प्रतिको अविश्वास, शासकहरुको विचार र व्यवहारका कारण जुन विचलन आयो वा हरेक समाजमा आउनेवाला छ त्यो नै अहिलेको नेपाली समाजको नयाँ र नौलो राजनैतिक परिकल्पना हो । र, यहि परिकल्पना नै जेन–जीहरुको परिकल्पना हो । यसमा दुई मत नै छैन् ।

विश्व राजनीतिक घटनाक्रमलाई सुक्ष्मतम विन्दुबाट हेर्ने हो भने अबको केही दशकमा विभिन्न परिवर्तनहरु आउनेवाला छन् । जस्तैः विश्वमा कम्युनिष्टहरुको पतन हुने छ र यो एक किताबमा इतिहास र सिद्धान्तको रुपमा मात्र रहने छ । जसलाई अनुसरण गर्ने दलहरु इतिहासको पानामा रहने निश्चित जस्तै छ भने पुँजीवादको चरम विकास भई समाजमा सामाजिक बेथितीहरु र कुसंस्कारहरुको आगमन हुनेछ । किनकी जुन पुस्ताले वाक स्वतन्त्रता खोजिरहेको छ त्यो वाक स्वतन्त्रताको अति चरम प्रयोग हुनेछ र मानवतालाई आर्थिक समद्धिले छोपी अन्धकारयुक्त समाजको निर्माण हुनेछ । जहाँ “हामी होइन् म” र “हाम्रा लागि होइन् मेरा लागि” भन्ने नितान्त व्यक्तिपरक सिद्धान्तहरुले समाजलाई छोप्ने छ । यहाँ नेपालको परिवेशमा पनि हामी अब आर्थिक चरम विन्दुमा पुग्ने बाटोमा लम्किरहेका छौ, जहाँ समाज रहन्छ तर सहयोग होइन् मानव रहन्छ । तर, मानवता होइन् । साधन रहिरहन्छ तर समन्वय होइन् । जसले पुनः एक पटक आर्थिक बर्बरताको युगको सिर्जना गर्ने छ । त्यसपछि या त कार्ल माक्र्सको साम्यवाद आउने छ वा फेरी जेन–जीहरुको पछाडीको पुस्ताहरुको उदय हुने छ । त्यो काल खण्डमा पुग्नका लागि अहिलेको पुस्ताको इतिहासले प्रत्यक्ष रुपमा भुमिका खेल्नेछ ।

अबको समयमा राजनीतिमा लाग्ने पिंढीले कुनै विचार वा सिद्धान्तभन्दा पनि स्पष्ट विचार र विवेकशील दर्शनको राजनीति गर्न जरुरी छ । कुनै पार्टीभन्दा पनि स्वतन्त्र विचारबाट सोच्न जरुरी छ । अनि कुनै विचारमा स्थापित भई अर्को पुस्तालाई राजनीतिको विणा थमाउनुभन्दा पुस्ताको माग अनुसारको राजनीति र राज्य नीतिमा आधारित रहि शासन गर्ने, समकालीन पुस्ताको सोचलाई अनुमोदन गर्ने र नयाँ पुस्तालाई नयाँ तरिकाले शासन गर्न र शासकिय स्वरुप हस्तान्तरण गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->