बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दलित अभियान्ताको स्वार्थ र शिल्पी समुदायको वास्तविकता

दलित अभियान्ताको स्वार्थ र शिल्पी समुदायको वास्तविकता


  • काशीराम पौडेल
  • असोज २६ २०८२, आइतबार

नेपालको सामाजिक संरचना वर्गिय, पेशागत आधारमा खडा भएको यथार्थ हामीमाझ छर्लङ्ग छ । ब्राह्मणले पूजा–पाठ, क्षत्रियले शासन, रक्षा, वैश्यले व्यापार र शूद्र–शिल्पीले सीप–कलाबाट समाजलाई योगदान दिंदै आएको सत्य सर्वव्यापक छ । तर विडम्बना शिल्पी समुदाय पोर्चुगिस्त पादरीको नेपाल प्रवेशसंगै शनैः विभेद र अपमानको चपेटामा परेको यथार्थलाई अध्यारो छायाँमा राखेर देशमा भ्रम सृजना गर्दै छन् । पश्चिमाद्वारा शिक्षित, दिक्षित वा राजनीतिक रुपमा प्रशिक्षित साथै एनजिओ, आइएनजिओको खेती गर्ने प्रायः व्यक्तिले जातीय विभेद केवल हिन्दू समाजको धार्मिक परम्परा हो भन्दै धर्मान्तरण गर्ने, पश्चिमालाई खुशी तुल्याएर डलर कुम्ल्याउने धन्दा चलाउँदै आएका छन् ।

पश्चिमाहरु दीर्घकालीन प्रभाव छाड्न खर्बौ खर्च गर्न, हदैसम्म घृणित तर छद्म कार्य गर्न हिचकिचाउँदैनन् । लगानीको प्रतिफल शताब्दी पछिसम्म टड्कारो रुपमा देखिनुपर्छ, भन्ने उद्देश्य राख्छन् । त्यसैको सानो उदाहरण छुवाछूत वा भेदभाव पन्ध्रौं शताब्दीमा पोर्चुगिस्त पादरीहरु दक्षिण भारतमा प्रवेश गरेसंगै भित्रिएको थियो । लिखित रूपमा फ्रिड्रिच म्याक्स मुलरले (वि.सं. १९४०–४२) बाइबलको पुरानो करार यमि तभकतबmभलत अनुसार अनुवाद गरेको मनुस्मृतिले वर्ण व्यवस्थालाई जातिय विभाजनलाई मान्न सकिन्छ । सोही व्याख्याले गर्दा शिल्पी समुदायले धार्मिक र सांस्कृतिक रुपमा लामो समयदेखि जातीय विभेद भोग्न बाध्य पारिएको देखिन्छ । यसको मुख्य उद्देश्य पुर्वीय दर्शन, सांस्कृतिक धरोहर भत्काएर पश्चिमी सभ्यता, इसाई धर्म अंगाल्न प्रेरित गर्नु थियो भन्ने तथ्य अहिले टड्कारो रुपमा देखिएको छ ।

म्याक्स मुलरले मनुस्मृतिमा वाइवलको जात व्यवस्था घुसाएर, छुत अछुत बनाएको र यसले दक्षिण एसियामा पुर्वीय सभ्यता माथि भयंकर षडयन्त्रको जालो दीर्घकालसम्म छाउने छ भनी आफ्नो श्रीमती जर्जिना एडिलेड मुलरलाई लेखेको पत्रले तथ्यलाई उजागर गर्दछ । त्यस्तै गरेर अर्को अंग्रेज बृटिस इन्डिया कम्पनीको जनरल जे. मोल्सवर्थले सन् १८३१ मा मराठी अंग्रेजी शब्दकोषमा घुसाएको दलित शब्दलाई पनि लिन सकिन्छ । जस्को दीर्घकालीन असर आज दक्षिण एसियाली मुलुकमा एनजिओ, आइएनजिओको लगानी र उनीहरुको अभियान जटिल र दीर्घरोगको रुपमा देखा परेको छ । यसरी लिखित इतिहास र वर्तमान परिस्थिती हेर्दा पश्चिमाको उद्देश्य पुर्वीय सभ्यतामाथि दीर्घकालीन रुपमा प्रहार गर्नु रहेछ भन्नेमा विवाद नहोला ।

झट्ट सुन्दा वा बुझ्दा सामान्य लागेपनि यसले एउटा देशको सांस्कृतिक पहिचान, भाषिक मौलिकता र नागरिकको सार्बभौम हुने अधिकारलाई नै गुमराहमा पार्ने हुनसक्छ । पचासको दशकदेखि एनजिओ, आइएनजिओले नेपालमा प्रजातन्त्र, गणतन्त्र, अधिकारवाद, समानता, समाबेशिता, युवा सचेतना जस्ता गुलिया शब्दका जाल बिछ्याएर पुर्विय सभ्यता, संस्कृति, परम्परा र नेपाली एकतालाई भड्खालोमा हाल्ने क्रियाकलाप गर्दै आएका छन् । त्यसकै एक उदाहरण दलित शब्दजाल र एनजिओ, आइएनजिओले शिल्पी समुदायमा पारेको प्रतिकुल असर बारेमा बुझ्न जरुरी देखिन्छ ।

दलित शब्दको प्रयोग नेपालमा नभई भारतबाट सुरु भएको थियो । सन् १८३१ जे. मोल्सवर्थले मराठी–अंग्रेजी शब्दकोशमा ‘दलित’ शब्दलाई प्रयोग गर्दै भारतीय भूमिमा पश्चिमी मिसनको ढोका उघार्न पुगेको तथ्य माथी नै उजागर गरिएको छ । त्यस्को ठिक चार दशकपछि ज्योतिराव फुलेले पोर्चुगिस्त पादरीहरुको सल्लाहमा सन् १८७३ मा आफ्नो पुस्तक गुलामगिरीमा दलित शब्द प्रयोग गरे । डाक्टर भिमराव अम्बेडकरले नै दलित शब्द र दलित अभियानलाई उचाईमा पुराएको भन्ने नेपालीहरु थुप्रै छन् । तर नेपालको दलित अभियान्ताले भिमराव (बाबा साहेब)को मार्ग पछ्याउँदै हिंड्ने युवाहरूले सन् १९७२ मा ‘दलित प्यान्थर’ भन्ने संगठन खोलेर दलित आन्दोलनलाई राजनीतिक नारा बनाएका हुन् । अम्बेडकरले ‘दलित’ शब्द नभै म्भउचभककभम ऋबिककभक, क्अजभमगभिम ऋबकतभक जस्ता अंग्रेजी शब्द प्रयोग गरेका थिए भन्ने तथ्य बुझ्नुपर्छ ।

नेपालको सन्दर्भमा सर्वजित विश्वकर्मालाई दलित अभियानको गुरु मनिन्छ । बनारसबाट संस्कृत वेद ज्ञानमा आचार्य गरेका उनले वि.स. २००४ सालमा सहर्षनाथ कपाली, लक्ष्मीनारायण विश्वकर्मा लगायतसँग मिलेर ‘विश्व सर्वजन संघ’ स्थापना गरे । उनको अभियान शिल्पी समुदायको आत्मनिर्भर, बराबरीमा केन्द्रित थियो । उनको नारा सबै जातिले वेद पढ्न र जनै धारण गर्न पाउनुपर्छ भन्नेमा थियो । शिल्पी समुदायको कला, सीपलाई “औजारीकरण” गरेर राष्ट्रकै उत्पादन र व्यवसायसँग जोड्ने योजनालाई बृहत रुपमा लैजानुपर्छ भन्ने कुरामा जोड दिएको थिए । वि.सं. २००५ मा संस्कृत गुरुकुल र सीप–तालीम केन्द्र स्थापना गरेका उनलाई तत्कालीन प्रधानमन्त्री मोहन शम्शेरले दरबारमा बोलाएर सम्मान गर्नुभएको थियो । प्रजातन्त्र आएपछि, वि.स. २०१२ सालमा उनको भारत निर्वासन भएको जानकारहरु बताउँछन् ।

महत्वपूर्ण कुरा के भने सर्वजित विश्वकर्माले आफुलाई र आफ्नो संगठनलाई कहिल्यै ‘दलित’ भनेनन् । उनको आदर्श नारा सर्वजन समानता र उत्पादनमुखी समाज थियोे । वि.स. २०४७ को संविधानमा पनि शिल्पी, गरिब, सिमान्तकृत शब्द नै भेटिन्छ । पचासको दशकदेखि एनजिओ आइएनजिओले योजनाबद्ध रूपमा एकाएक ‘दलित’ शब्दलाई आफ्नो स्वार्थ अनुसारको खेतीमा ढाले । आज नेपालमा पहाड, तराईको शिल्पी समुदायको जनसंख्या १३.४% (२०२१ जनगणना) छ । गरीबी दर ३६%, साक्षरता औसत ६७.४% र उच्च शिक्षा स्नातक वा माथि अध्ययन गर्ने दलित युवाको प्रतिशत १.६% देखिन्छ । यहाँ आम नेपालीको मथिङ्गलमा उब्जने एउटै प्रश्न छ । २०५० सालदेखि आजसम्म दलित उत्थानका नाममा दलित अभियान्तामार्फत खर्बौ रकम खर्च हुँदा दलित अभियान्ता लगायत केही टाठाबाठा बाहेक आम शिल्पी समुदायको जीवनस्तर किन ज्युका–त्यु छ ? कतै दलित अभियान विदेशीको प्रयोगशाला र दलित अभियान्ताको कमाई खाने भाँडो त बनेको छैन ?

दलित अभियानको दोकान खोलेर हिंड्नेहरुले शिल्पी समुदायको कला, पेशालाई घृणा र बहिष्कार गर्न उक्साउने, आफ्नो मौलिक, सांस्कृतिक परम्परालाई त्याग गर्दा नै अरु जाति समान होइन्छ भन्ने नीति अख्तियार गर्दै आफूले चिल्ला गाडी र बंगाला जोडेको छन् । तर आम शिल्पी समुदायले भने आफ्नो पेशा व्यवसायबाट बञ्चित भएर हातमुख जोर्न परदेशको गल्लीमा भौतारिनु बाहेक अर्को विकल्प छैन । यस्को मुल्यांकन एनजिओ आइएनजिओ खोलेर देशलाई विदेशीको प्रयोशाला बनाउने, जनतालाई भ्रमित पारेर आफू सत्तामा पुग्नेले त मरणोपरान्तसम्म गर्ने छैनन् । आम शिल्पी समुदायका युवाले त्यसको निक्र्योल अविलम्ब गर्नुपर्छ ।

शिल्पीलाई शिल्पकलाको पेशाबाट बञ्चित गर्दै पेशाविहिन युवालाई राजनीति दाउपेच वा आन्दोलनको रुपमा ढाल बनाउने, सधै पीडितको रूपमा चित्रित गरेर फन्डिङ ल्याएर केही अमुक व्यक्तिले सत्ताप्राप्ति गर्ने र आर्थिक लाभ उठाउने गरेका छन् । कतिपय एनजिओ आइएनजिओ र त्यसमा आवद्ध व्यक्तिले शिल्पी पेशालाई त्याग्न बाध्य पार्दै आर्थिक रुपमा विपन्न बनाउने र त्यै बिपन्नतालाई देखाएर विदेशी फण्डिङ ल्याएर आफ्नो स्वार्थ पूरा गर्दै आएका छन् । युवालाई परदेशको भुमिमा पुर्याउने र तिनका परिवारलाई धर्मान्तरण गर्ने अभियानलाई व्यापक पार्दै लगेका छन् । अभियान्ता, नेता सत्तामा पुगेर तर मार्ने र कर्मचारीले आर्थिक लाभांश उठाउने क्रियाकलापले शिल्पी समुदायलाई प्रयोगशाला बनाएको यथार्थलाई नकार्न मिल्दैन ।

शिल्पीले आफुलाई दलित भन्दै स्वदेशी विदेशी दातासंग भिख मागेर वा परदेशको गल्लीमा भौतारिएर हैन, कला शिपलाई अंगालेर घरेलुु साना तथा मझौला उद्योगसंग जोड्दै आधुनिक बजारसम्म पहुँच बनाएर आत्मनिर्भर बन्नुपर्छ । सर्वजित विश्वकर्माले जस्तै सर्वजन वैदिक शिक्षा अध्यनको पहुँच पुर्याउनु पर्छ । शिल्पी कलालाई आम नेपालीले आर्थिक मेरुदण्ड बनाउनुपर्छ । सरकारले पनि युरोपेली युनियन वा अन्य राष्ट्रसंग हात पसारेर उनकै स्वार्थको पाठ्यसामग्री निर्माण गर्नुभन्दा आफ्नै माटो सुहाउँदो आर्थिक रुपमा नागरिक लाभान्वित हुने मार्गलाई अविलम्ब कार्यान्वयन गर्ने नीति अख्तियार गर्नुपर्छ । यदि शिल्पी समुदायको कलालाई आधुनिक प्रविधि र बजारसँग जोड्न सकिएको खण्डमा नेपालले वार्षिक रुपमा भित्राउने १५ अर्बभन्दा बढीको विविध हाते औंजार नेपालमै उत्पादन गरेर आर्थिक लाभांश उठाउन सकिन्छ ।

पीडितलाई सधै पीडित बनाएर एनजिओ आइएनजिओको दोकान खोलेर व्यक्तिगत लाभ लिने, जनतालाई विपन्नतातिर धकेलेर धर्मान्तरण गर्दै स्वार्थ पुर्ति गर्ने, मौका मिल्दा विदेशी दाताको उद्देश्य अनुसार शिल्पी समुदायलाई भ¥याङ बनाएर सत्तामा पुग्ने र गोहीको आँसु झारेर नाटक मञ्चन गर्नेलाई आम शिल्पी समुदायले बेलैमा चिन्न जरुरी छ । साथै तिनका विरुद्धमा सिंगो समुदाय र सरकार नै निर्मम भएर कठोर कदम चाल्नुपर्ने देखिन्छ । नेपालको एकीकरणमा समेत सीप र कलाले पोख्त शिल्पी समुदाय कसैको स्वार्थमा भिख माग्ने दलित हैनन् । सरकारले गरिब र सिमान्तकृतलाई विदेशीको भिख हैन आफ्नो पेशामा गर्व गर्ने शिक्षा दिनुपर्छ ।

जबसम्म शिल्पी समुदायलाई ‘दलित’ होइन, उत्पादनको मेरुदण्ड हौं भनेर गर्व गर्दैनन् वा सरकारले शिल्पीलाई देशको आर्थिक मेरुदण्ड भनेर सम्बोधन गर्न सक्दैन तबसम्म विदेशीले शिल्पी समुदाय र नेपाललाई सधैं आफ्नो स्वार्थको प्रयोगशाला बनाइरहन्छन् । त्यसैले जनता र सरकारले नि एनजिओ आइएनजिओको गतिविधि र तिनका सञ्चालकको आर्थिक श्रोत र तिनका सम्पत्ति माथी नजर राख्नुपर्छ । सरकारले गैरसरकारी संस्थालाई निस्तेज वा एकद्वार प्रणालीमार्फत नियन्त्रण गर्नुपर्छ । हुन त एनजिओ आइएनजिओले नै सरकार बनाउने हाम्रो देशमा यस्ता सुझावले के नै अर्थ राख्ला ? जनताको ठुला ठुला त्याग र बलिदानलाई नै कब्जा गरेर सत्तामा आसिन बनाएको ताजा घटना आफ्नै आँखा अगाडि स्पष्ट छ । त्यसैले समुदाय वा सम्पुर्ण जनता भने चनाखो बन्न जरुरी देखिन्छ ।
जय मातृभुमी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->