नेपालमा २०८२ साल भाद्र २३ र २४ गते देशैभरि असंगठित जेनजीहरुको अनसन्तुष्टीले आगजनी, लुटपाट, सार्वजनिक भवन जलाउनेदेखि जिउज्यानको र भौतिक सम्पत्तिको ठूलो क्षति भयो । जनेजीले आन्दोलन गर्ने बेलामा उनीहरुका प्रमुख माग भनेको ‘सामाजिक सञ्जाल बन्द नगर, सुशासन देउ’ भन्ने थियो । हाम्रो देश भूराजनीतिले गर्दा सधैं अस्थिरता रहने गरेको छ । जेनजीको असंगठित उमेर समूहका युवाहरुले गरेको आन्दोलनबाट झण्डै ७६ जना युवाको मृत्यु भयो भने ३ जना बिना हतियारमा बसेका नेपाल प्रहरीका जवानलाई रोडमा रड, भाला र ढुंगाले कुटी–कुटी हत्या गरियो । यसै सिलसिलामा नेपाल प्रहरीका आधुनिक हतियार करिब १२ सय, झण्डा १ लाख थान, गोलीहरु र मोबाइल सेट, सुरक्षाकर्मीका त्यत्तिकै मात्रमा पोशाकहरु आन्दोलनकारीले लुटेर लगेका छन् । भने, नख्खु कारागारबाट युद्वको मैदानमा युद्व जिते झैं गरी एउटा पार्टीको सभापति रवि लामिछाने हात हल्लाउँदै मुस्कुराउँदै भागे । नख्खु कारागारमा आगो लगाउन मनिष झाले आदेश दिएपछि आगो लगाईयो भने त्यसपछि नेपालभरिका २८ वटा कारागारबाट १५ हजार ५ सय २४ जना कैदीबन्दी भागे, केही कैदीबन्दी अर्थात् ९ हजार ८ जना पक्राउ भैसकेका छन् भने अझै पनि ६ हजार ५ सय १६ जना फरार छन् । भागेका कैदीहरुले ठाउँ ठाउँमा लुटपाट, हत्यामा लागेकाले हामी सबै आतंकित हुनुपरेको छ । अर्काेतिर प्रहरीको पोशाक लगाई हातहतियारसहित गाउँ गाउँमा पसि लुटपाटमा सक्रिय भएकाले समाज पुरै आतंकित छ । नेपाली समाज र जनता क्रसित छन् । यो अवस्थामा जतिबेला जे पनि वा ठूला घटनाहरु हुन सक्ने भएकाले हामी सबै सजग बन्नु पर्ने अवस्था छ । यस विषम परिस्थितीमा टोल टोल, समुदाय सबै एकजुट हुने बेला छ । हामी सबै लोकतन्त्रवादीहरु फुटेर होइन जुटेर अगाडि बढ्नु उपयुक्त हुन्छ ।
अहिलेको विषम परिस्तिथीमा लोकतन्त्र र नेपालको संविधान २०७२ कसरी जोगाउने, लोकतन्त्रवादी पार्टीहरु कसरी अगाडि बढ्ने भन्ने विषय नै प्रमुख विषय हो । अहिले देश तरल अवस्थामा छ, गुण्डाको राज बढेको छ, जिउधनको सुरक्षा छैन । यो विषम अवस्थामा पार्टीका नेता, कार्यकर्ता र नेपाली जनतालाई गोलबद्व गरी रहनु नै उपयुक्त होला । पार्टीलाई एकतावद्व गर्ने बेलामा आफ्नै पार्टीका अध्यक्षको राजीनामा माग्ने, कोठामा बसेर गुट उपगुट बनाउने हो र ? जेनजीहरुको आन्दोलनको माग पार्टीका अध्यक्षहरुको राजीनामा, पार्टीलाई बन्देज लगाउ, बुढा पार्टीका बुढा नेता र बुढावाला पार्टी हटाउने भन्ने त थिएन । तर, यहाँ यस्तो भाष्य बनाइदै छ की पार्टी अध्यक्ष हट्नु पर्छ वा राजीनामा दिनु पर्छ भन्ने तर्क गरिदै छ । ‘देउ देउ राजीनामा देउ’ भन्दै सामाजिक सञ्जाल रंगाउने काम भएको छ । ए नेता जि, कोठामा बसेर सामाजिक सञ्जाल नरंगाउ, सक्छौ भने आमनेसामने भएर भन । हिम्मत छ भने पार्टीको महाधिवेशन हुन्छ होला त्यहिं हलबाट विधि र पद्वतीले हटाउन कोशिश गर्नुहोस्, टाउकाले ढुंगा फोर्ने कोशिश नगरौं । नेता जि अरुको राजीनामा माग्नुभन्दा महिला आ–आफुले राजीनामा गर्दा कसो होला ? जेनजी असंगठित आन्दोलन अध्यक्षको कारणले भएको हो र ? नेकपा एमालेका केन्द्रिय स्तरका नेता, प्रदेश, जिल्ला, महानगर, नगर र वडास्तरका सबै एकजुट भै यो विषम परिस्थितीको डटेर मुकाबिला गर्दै निडर भै अगाडि बढ्ने बेला होइन र ? सपनामा पनि राजीनामा भन्दै झस्किनु हुन्छ होला । एउटा उखान छ – ‘काम पाइनस् बुढी पाठाको…कनाई’ भन्ने चरितार्थ हुन्छ । नेता ज्यूहरु आ–आफ्नो जिल्लामा फर्केर यो अलोकतान्त्रिक, कठपुतली, एनजिओ, आइएनजिओ, विदेशीको इशारामा बनेको सरकारको विरोध गर्न तयार हुने बेला होइन र ?
नेपालको एउटा जिल्ला भक्तपुरले एउटा होनहार, निडर, साहसी र दृढ आत्मबल भएको छोरा जन्माएको रहेछ । त्यो हो महेश बस्नेत । उनले जेनजी आन्दोलनपछि दुई दुई वटा कार्यक्रम गरिसके, अरुलाई सामाजिक सञ्जाल रंगाउँदा नै ठिक्क छ । बस्नेतले असोज २५ गते काठमाडौंमा भव्य मोटरसाइकल ¥याली राखेका थिए, यो कठपुतली सरकारले गर्न दिएन । अहिले जनता त्रासमा छन्, यो बेला जनताको सुखदुखमा साथ हुने पो नेता, अप्ठ्यारो, असजिलो परिस्थितीमा आफ्नो नेतृत्वलाई काँध थाप्ने, नेतृत्वको सुरक्षामा खटिने पो नेता, त्यो नेता हो – महेश बस्नेत । यो परिस्थितीमा नेतृत्वको राजीनामा दिएर भाग्ने बेला होइन भने सबै नेता कार्यकर्ताले नेतृत्वलाई सहयोग गर्ने बोला हो । यदि राजीनामा नै दिने हो भने केन्द्रिय नेतृत्व, प्रदेश, जिल्ला, महानगर, नगर र वडा कमिटीका सबैले राजीनामा गरौं । दोस्रो पुस्ता तयार छ नेतृत्व लिनलाई । पार्टी चलाउन नयाँ पिंढी सक्षम र योग्य नै छ । तपाईंहरु बाहेक अरु कार्यकर्ता पनि सक्षम छन् भन्ने बुझौं । राजनीतिमा उमेर र पुस्ता भन्ने हुँदैन, गर्न सक्नेले नै गर्ने हो ।
जनेजी आन्दोलनले नेपालका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबै खरानी बनायो भने पार्टीका कार्यालय, भाटभटेनी जस्ता रोजगारीमुलक स्टोरहरु जलाईए । एमाले र कांग्रेस नेता तथा कार्यकर्ताका घरहरु, सवारी साधनहरु, बजारदेखि गाउँसम्मका घर जलाइए । यो आन्दोलनले देशमा के परिवर्तन ल्यायो त, यो त फगत केपी ओलीको सरकार हटाएर सुशिला कार्की सरकार मात्र परिवर्तन गरियो । यति धेरै जिउधनको क्षति के–का लागि, खै के परिवर्तन भयो । २०८४ सालमा हुने नियमित चुनाव २०८२ मा हुने यहि हो परिवर्तन ? देश जल्यो, आमाका काख रित्तिए, यहि हो परिवर्तन । सञ्चार हाउसका भवन जलाउनु यहि हो परिवर्तन ? आन्दोलन देशको विकास रोक्न गरिएको जस्तो । यो आन्दोलन त ‘मासु खान गएका बुढी झोलमा डुबेर’ मरि जस्तो भएन र ?




