सिकाई एक निरन्तर प्रक्रिया हो तर प्रविधिमैत्री शिक्षा र सिकाई आजको शिक्षाको आवश्यकता हो । जन्मदेखि मृत्युसम्म सिकाई निरन्तर चलिरहन्छ । यो सिकाई समय सापेक्ष हुन जरुरी छ र आधुनिक विचार, प्रविधि, र प्राविधिक आविष्कारसँग मेल खान जरुरी छ । सन् २०१२ मा भारतको नयाँदिल्ली अध्ययनका लागि प्रवेश गरे । साथै, आधुनिक प्रविधि र त्यहाँको शैक्षिक वर्गसंग पढ्ने काम गर्ने र विविध परियोजनाहरुमा काम गर्ने मौका मिल्यो । जसले मेरो पढाइ पुरा गर्न मात्र होइन माइक्रो प्रविधि र त्यसको उपयोग पनि सिकायो । जसमा काम गर्नेहरु चिनियाँ, अमेरीकी, जर्मन, इटालियन, जापानिज, नेपाली र भारतिय मुलका डिजाइनर, आर्किटेक्चर, रिसर्च, इन्जिनियर, उत्पादनकर्ताहरुको भिड वा टिम थियो । जसले गर्ने सुक्ष्मतम् कामले म अति प्रभावित हुन्थे, तर पनि सिकाईका पाटाहरु विविध रुपमा देखिन्छ, जसले परिवर्तनलाई स्वरुप दिन्छन् । मानिसले जति सोच्ने क्षमता राख्दछ र जति विचारको सँगालो ज्ञानका रुपमा राख्दछ त्यत्ति नै उसको लागि उपयोगी कुरा जस्तो लाग्दछ र हो । तर, वास्तवमा त्यो होइन् । किनकी विचारहरुको र व्याख्याहरु अनेक प्रकार र परिघटनामा फरक र सापेक्ष वा निरपेक्ष हुन्छन् । यो सत्य हो, जसले जति आँकलन गर्न सक्दछ त्यो नै उसका लागि अन्तिम हो । तर, यो कहिलै पनि सत्य होइन् । हाम्रो समाजमा शिक्षाको विकासका लागि गरिएका प्रयासहरु राम्रा हुन् र छन् । तर पनि समयसापेक्ष सिकाई नै उपयुक्त हो, जसले वर्तमानलाई दिशा निर्देश गरी भविष्यको परिकल्पना गर्दछ । यसले नै मानव स्रोतलाई दक्ष बनाउँदछ । त्यसकारण सिकाईलाई विकसित रुप दिनका लागि र आधुनिक मानवस्रोतलाई विकासका लागि चाहिने केही प्रविधिमैत्री तत्वहरुका बारेमा बुँदागत रुपमा चर्चा गरौ ।
१. प्रविधि एक साधन हो र यो साधनलाई मानवचेतना र ज्ञानले विकास गरेको हो । त्यसकारण प्रविधिलाई स्वचालितभन्दा पनि ज्ञान र विज्ञानको संगमविन्दु मान्न जरुरी छ । र, मानवस्रोतले उचित प्रयोग गर्न जरुरी छ । यसलाई परिचालनका लागि मानवस्रोतमा उच्चतम् ज्ञानको आवश्यकता छ । तर प्रविधि चलाउनका लागि पनि मानवस्रोतलाई दक्ष तालिमको आवश्यकता छ । आजको विश्व बजारको आवश्यकता पनि यहि हो ।
२. मानवस्रोत विकासमा सबैभन्दा बढि प्रविधिको उपयोग हो तर प्रविधिको सुस्मतम् अध्ययन गरि प्रविधिक जनशक्ति उत्पादनमा जोड दिएको हाम्रो शिक्षा प्रणालीमा छैन । पाइएन पनि । जहाँ गरिन्छ त्यहाँ पनि उचित प्रयोग देखिदैन् या गर्न जानिएन वा तरिका नै थाहा भएन वा त्यो प्रकारको तालिम नै प्रदान भएन वा गर्न सकिएन वा हामी त्यो प्रकारमा विकास हुन सकेनौ वा हाम्रो शिक्षा प्रणालीमा कमजोरी हो ।
३. समाज रुपान्तरण गर्ने शिक्षा नै हो । आजको शिक्षा प्रणाली प्रविधिमैत्री हो तर हाम्रो समाजको शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउन खोजे पनि विधिहरु पुगेनन् । त्यो विधि लागु गर्न राज्य प्रणाली सक्षम हुन सकेन् । राज्यले खोज तथा अनुसन्धानमा अति नै लगानी गर्नुपर्ने देखिन्छ ।
४. प्राविधिक शिक्षा प्रणालीलाई सिमित गर्नभन्दा पनि विविध गर्न जरुरी हो । विद्यालय शिक्षामा पनि विविध धारका शिक्षा प्रणाली र आधारहरु निर्माण गर्न जरुरी छ । जसले प्रविधिमैत्री मानवस्रोतको विकास गरोस् । र, विद्यालय शिक्षा प्रणालीमा अग्रगामी र क्रान्तीकारी सुधारको खाँचो छ । जसले आगामी केही वर्षमा देशको दिशा र अर्थ व्यवस्थामा परिवर्तन गर्न सकोस् ।
५. हामी खोज र परियोजनामा आधारित शिक्षा प्रणालीमा छौं, जुन एक पटक गरिन्छ सकिन्छ वा विद्यालयको कुनामा राखियो, औचित्य सकियो । तर अवधारणा विकासमा होइन् । त्यसकारण अवधारणा के र कसरी विकास गर्ने भन्ने भबिष्यसम्म स्मरण गराइ दक्ष जनशक्ति उत्पादनमा जोड दिन्छ र यो शिक्षा प्रणालीमा जान जरुरी छ वा हो कि ?
६. अवधारणाको विकास गर्ने शिक्षा प्रणालीको विकास भनेको त्यो प्रणाली हो जहाँ अन्तरप्रक्रिया र मनोगत विचारबाट सबै विषयवस्तुहरुलाई केलाई नयाँ खोज र विचार अनि नयाँ विकासको चेतनालाई विकास गरिन्छ । जहाँ नयाँ उपायहरु र अवधारणाको विकास गरि मानवस्रोत विकासमा नयाँ आधार बनाउन सकिन्छ । र, त्यो प्रकारको मानसिक विकासलाई आधार बनाइन्छ ।
७. प्रत्येक नयाँ प्रविधिहरुको खाकागत विकास र तीनको अवधारणालाई प्राविधिक विषयका रुपमा विकास गरि स्कुल शिक्षामा समावेश गरियोस् ताकि विद्यार्थीहरुमा ज्ञान र विज्ञानको चेतना, मनोविज्ञान र अवधारणाको विकास होस् । र, भविष्यमा उत्पादन हुने जनशक्ति प्रविधिमैत्री होस् । जसले कुनै पनि काममा हुने त्रुटीलाई आँकलन गरि प्रविधि प्रयोग गर्ने प्रणालीगत व्यवस्थामा जाओस् ।
८. कुनै पनि मेसिन वा कम्प्युटरहरु स्वचालित होइनन् । बरु यी त मानवचालित हुन् । प्रविधिमैत्री शिक्षाका लागि प्राविधिक धारमा आधारित शिक्षा प्रणालीमा जोड दिन जरुरी छ । जसले दक्ष जनशक्ति उत्पादन विकास गर्दछ ।
९. प्रविधिमा आधारित कामहरुमा भाषालाई प्राथमिक स्रोतका रुपमा राख्न जरुरी छ । जसले माध्यमको रुपमा मानवचेतना र ज्ञानको विकास गरिदिन्छ ।
१०. प्रविधिको सुस्मतम् ज्ञानबिना मानवस्रोत परिचालन नगरियोस्, जसले ज्ञान र विज्ञानमा क्षति ल्याओस् ।
११. हामी सधैं औद्योगिकरणका कुरा गर्छौ तर विद्यालय शिक्षामा औद्योगिकरणलाई प्रोत्साहन गर्ने खालको शिक्षा पद्धती अँगालेका छौं वा छैनौं ।
१२. औद्योगिकरणका लागि माइक्रो मेकानिजम जरुरी हुन्छ, के हाम्रो शिक्षा प्रणालीले यो विधि अँगालेको छ त ?
र, अन्तमा जबसम्म हामी विद्यालय शिक्षामा माइक्रो व्यवस्थापन गर्न सकिदैन, तबसम्म नेपालको शिक्षामा परिवर्तन आउँदैन ।




