विकास (जसलाई सकरात्मक परिवर्तन) भन्ने गरिन्छ । यसका विभिन्न पक्षहरु छन् । अरु जे जस्तासुकै विकासका प्रयोग वा धारहरु हुन् – सामाजिक सञ्जाल । एक मानव मष्तिस्कमा बसेको आधुनिक भर्चुवल विश्व सञ्जाल हो । समाजशास्त्र र मानवशास्त्रको भाषामा यसलाई प्रचारवादको नामले चिनिन्छ भने आधुनिक उपकरणहरुमा अन्तर व्यक्तिक सञ्जालका रुपमा पनि चिनिन्छ । जसले तत्कालै विश्वको कुनै एक ठाउँको घटनालाई अन्य ठाउँमा पुर्याउन मदत गर्दछ । तर पनि प्रचारवादको सिद्धान्तले लिएका केही नियम तथा उप–नियमहरु सामाजिक सञ्जालमा पनि उपयोग भएको पाइन्छ । किनकी आजको डिजिटल प्रचारवादको नियमाङकन् हिजोको समाजशास्त्रको जगबाट नै गरिएको हो । समाज जति धेरै आधुनिक बन्दै जान्छ मानविय ज्ञान, सिप, धारणा, जीवनशैली, प्रविधि, चालचलन, परम्परा, संस्कार, भेषभुषा, सोचाई, मानविय सम्बन्ध, मानविय अन्तरक्रिया, खोज तथा अनुसन्धानका तरिका, दैनिक जीवन, जीवनयापनको लक्ष्य, समाजमा स्थापित संघसंस्थाहरु र तीनको काम गर्ने तरिका विज्ञानले खोज्ने नयाँ सत्य, तथ्य र पुरा ब्रम्हाण्डको बारेमा नयाँ विचार र सोचको विकास हुनु जरुरी हो र छ । त्यसकारण आधुनिक सामाजिक सञ्जालले भन्दा परापूर्वकालमा जसरी प्रचारवादलाई विश्वसामु प्रस्तुत गरियो । त्यो प्रचारवादको इतिहास र फाइदालाई हेरौं । साथै, आधुनिक सामाजिक सञ्जालहरु पनि इतिहासबाट नै प्रेरित भई नयाँ प्रविधिको मिश्रणबाट नै सम्भव भएका हुन् । यदि भिन्चीले मानिसलाई आकाशमा उडाउन सकिन्छ भनेर कल्पना नगरेका भए आधुनिक हवाइजहाजहरुको निर्माण सम्भव हुने थिएन कि ? परेवाबाट पत्रहरु पठाउने शुरुवात नभएका भए आजको सामाजिक सञ्जालको आविष्कार पछि रहन्थ्यो कि ? एक पटक यसको विगतलाई हेरौं ।
१. आदिम कालमा मानिसहरुले परेवाको माध्यमबाट चिठीहरु ओसारपसार गर्ने लडाईंमा आफ्ना सिपाहीहरुलाई समाचार सम्प्रेष्ण गर्ने, युद्ध सम्बन्धी जानकारी गराउने र गराउनका लागि प्रयोग गरिने सबै प्रकारका चराका प्रकारहरुको वर्तमान स्वरुप सामाजिक सञ्जाल र प्रचारवादको प्रकार हो ।
२. परापुर्व कालदेखी जब मानिसहरु जंगली युगमा बस्थे त्यो बेलादेखि घुमन्ते जीवन निर्वाह गरिरहेका हुन्थे र एक ठाउँबाट अर्को ठाउँमा जाँदा जुन–जुन नयाँ विचार, जीवनशैली, बाँच्ने आधार लिएर जान्थे । त्यो पनि एक सामाजिक सञ्जाल र प्रचारवादको प्रकार हो ।
३. मानव इतिहासमा चलिआएको विवाह प्रथा जहाँ एक ठाउँबाट अर्को ठाउँमा विवाह गरि लैजाने परम्परा छ । त्यो पनि एक सामाजिक सञ्जाल र प्रचारवादको प्रकार हो । जसले रितीरिवाज, चालचलन, धर्म, सामाजिक आर्थिक बनोट, आदिलाई सञ्जाल र प्रचारको रुपमा काम गरेको हुन्छ ।
४. मध्यकालिन सामन्ती युगमा गाउँ तथा नगरमा हुने सभा, बैठक, कचेरी वा अन्य प्रकारका सामाजिक सांस्कृतिक भेला, नाचगान, मृत्यु, पुजाआजा लगायतका समाचार सम्प्रेष्ण गर्नका लागि लगाइने हाँक, बजाइने पञ्चेबाजा, रोपाईँमा बजाइने बैठी आदी सबै प्रकारहरुको वर्तमान स्वरुप सामाजिक सञ्जाल र प्रचारवादको प्रकार हो ।
५. त्यसपछि प्रचारमा आएका चिठी पत्रले विश्व सञ्चारमा अहम् भुमिका खेले र तिनीहरु सबै प्रकारहरुको वर्तमान स्वरुप सामाजिक सञ्जाल र प्रचारवादको प्रकार हो ।
६. चिठी पत्रले विश्व सञ्चारमा अहम् भुमिका खेले तर ती सबै सामानहरुलाई ढुवानीका लागि औद्योगीकरणका समयमा निर्माण गरिएका यातयातका साधनहरु, रेलवे, हवाइजहाज, पानी जहाज, लगाएतका खोज तथा तिनीहरुको विस्तार पनि सामाजिक सञ्जाल र प्रचारवादको प्रकार हो ।
७. यातयातका साधनहरुको निर्माण, परिचालन र उपयोग संगसंगै मानिसहरु पर्यटनको नाममा एक ठाउँबाट अर्को ठाउँमा घुम्न जाने विचार संस्कृति, भाषा, चलन, रितीरिवाज, खानपान आदिमा आपसी चलखेल, देखासिकी र परसंस्कृतिकरण गर्न थाले, त्यो पनि सामाजिक सञ्जाल र प्रचारवादको प्रकार हो ।
८. सामान्त, राजा महाराजादेखी अहिलेसम्म विभिन्न सभा, समारोह, शोक, पाहुनाहरुको आवागमन्, विदाई र उनीहरुको स्वागतमा गरिने कार्यक्रममा पड्काइने तोप वा दिइने सलामी आदी सबै प्रकारको वर्तमान स्वरुप सामाजिक सञ्जाल र प्रचारवादको प्रकार हो ।
९. १६ औँ शताब्दीमा जब प्रिन्टिङ प्रेसको पत्ता लाग्यो र पत्रपत्रिका, विभिन्न पुस्तक, हुलाक प्रणालीको स्थापना भयो त्यो पनि सामाजिक सञ्जाल र प्रचारवादको प्रकार हो ।
१०. १६ औँ शताब्दीमा जब प्रिन्टिङ प्रेसको पत्ता लाग्यो र पत्रपत्रिका, विभिन्न पुस्तक, हुलाक प्रणालीको स्थापना भयो । यसले युरोपलाई विश्व शक्तिका रुपमा स्थापित गर्यो र अंग्रेजी भाष लाई ग्लोबल भाषाको पहिचान दियो । त्यो पनि सामाजिक सञ्जाल र प्रचारवादको प्रकार हो ।
११. युरोपियन औपनिवेशवादले त विश्वका हरेक ठाँउमा आफ्नो संस्कृतिलाई सामाजिक सञ्जाल र प्रचारवादका रुपमा छोड्यो । जसलाई आधुनिक संसारमा आधुनिकीकरणका नामले चिनिन्छ ।
१२. मध्यकालमा विभिन्न पक्षहरु बिच भएका युद्ध, सामाजिक विभेद, द्धन्द्ध, संघर्षहरु पनि सामाजिक सञ्जाल र प्रचारवादको प्रकार हो ।
१३. समयक्रमसंगै विकास भएका चिठी पत्र, आकाशवाणी, टेलीफोन, रेडियो, टेप रेकर्डर, आदि आधुनिक सामाजिक सञ्जाल र प्रचारवादका सामाग्री हुन् ।
१४. आधुनिक समयमा विश्वमा आउने हरेक परिवर्तनमा फोर जी, फाइप जी, एक्स, वाट्स एप र अन्य जति पनि छन् । अनलाइन माध्यमहरुले आधुनिक सामाजिक सञ्जाल र प्रचारवादका सामाग्री हुन् । जसले समाजमा आर्थिक, राजनैतिक, सांस्कृतिक, जस्ता परिवर्तनका बाहक बनेका छन् ।
सामाजिक सञ्जाल प्रयोग गर्नु अहिलेको जमानामा धेरै नै उपयोगी हो । सायद कमै मानिस होलान जसले सामाजिक सञ्जालको प्रयोग गर्दैनन् । हुनतः सहि तरिका र गलत तरिकाले प्रयोग गर्नेको संख्यामा फरक होला तर सामाजिक सञ्जालका बेफाइदाहरु पनि त्यतिकै रहेका छन् । जसलाई बुँदागत रुपमा हेरौं ।
–सामाजिक सञ्जालको अनावश्यक प्रयोगले समय र पैसाको नाश हुन्छ ।
–सामाजिक सञ्जालको उत्पादनशील समय खेर जान्छ र मानिस, समाज तथा देशलाई गरिबीतिर धकेल्छ ।
–सामाजिक सञ्जालले बालबालिकाहरुको सिर्जनात्मक र अध्ययनशिल समयलाई नष्ट पारिदिन्छ र अपेक्षित जनशक्ति उत्पादनमा ह्रास ल्याउँछ ।
–सामाजिक सञ्जालको सामाजिक असुरक्षा र घरेलु हिंसा निम्ताउँदछ । जसका कारण समाजमा दमन, शोषण जस्ता अनैतिक कार्यहरु देखा पर्दछन् ।
–सामाजिक सञ्जालले साइबर अपराधको मात्रा बढाउँदछ र न्यायिक प्रणालीमा मानिसको विश्वास गुम्दछ ।
–सामाजिक सञ्जालको प्रयोगले समाजमा चोरी, ठगी, भ्रष्टचार, डकैती, वेश्यावृति, भेदभाव, दमन जस्ता अनैतिक क्रियाकलापलाई प्रोत्साहन दिन्छ ।
–सामाजिक सञ्जालको प्रयोगले बालबालिकामा एकोहोरोपनको मानसिकता विकास गरिदिन्छ ।
–सामाजिक सञ्जालको प्रयोगले बालबालिका वा वयस्कमा मानसिक तथा शारिरिक असन्तुलन जस्ता समस्याहरु देखा पार्दछ ।
–सामाजिक सञ्जालको प्रयोगले आँखाको दृष्टि छिटै कम हुने समस्या देखिन्छ ।
–सामाजिक सञ्जालको प्रयोगले बालबालिकाले कुनै पनि गृहकार्य वा काम क्रमिक रुपमा गर्न सक्दैनन् ।
–सामाजिक सञ्जालको प्रयोग गर्नेको मनोविज्ञान स्थिर हुदैन जसले खोजमुलक कार्यहरुमा असर पार्दछ ।
–सामाजिक सञ्जालको प्रयोग गर्नेको लेखाई र बोलाई स्थिर हुदैन र बोलाई अति धेरै गलत वा रफ शब्दहरुको प्रयोग गरेको पाइन्छ ।
–सामाजिक सञ्जालको प्रयोग गर्नेमा समसामुयिक घटनाको ज्ञान कम हुन्छ वा हुदैन वा अति हुन्छ । र, आदी ।




