मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्रेस सेन्टरको २२ औं स्थापना दिवसमा स्वास्थ्य शिविर

प्रेस सेन्टरको २२ औं स्थापना दिवसमा स्वास्थ्य शिविर


  • ढाेरपाटन संवाददाता
  • माघ १५ २०८२, बिहिबार

बागलुङ/प्रेस सेन्टर नेपाल बागलुङले २२ औं स्थापना दिवस मनाएको छ । उक्त अवसरमा बिहिबार पत्रकार र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सम्पन्न भएको छ ।

दिवशको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको हो । कार्यक्रममा नेपाल महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले नागरिकलाई सुसुचित गर्ने दायित्वबाट पत्रकार पछि हट्न नहुने बताए । नेपालका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको प्रेस जगतले आफ्लो भुमिकावाट विचलित हुन नहुने बताए । स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेर समुदायसंग जोड्ने काम गरेकोमा प्रशंसा गरे ।

कार्यक्रममा जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष चिरञ्जिवी कुमार श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य पिङ्गलराज गौतम, प्रेस सेन्टर नेपाल बागलुङका संस्थापक बद्रीप्रसाद शर्मा, प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कामक्रम प्रेस सेन्टर बागलुङका उपाध्यक्ष अनिश खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष दिलिप प्रतेल र संचालन सचिव विनोद थापाले गरेका थिए । बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालको नेतृत्वमा भएको स्वास्थ्य परिक्षण कार्यक्रममा ६० जना जेष्ठ नागरिकले स्वास्थ्य सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->