मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

ढोरपाटनका थप ५ बालबालिकामा दादुरा पुष्टि

ढोरपाटनका थप ५ बालबालिकामा दादुरा पुष्टि

शर्मासहित धौलागिरि प्रादेशिक अस्पतालका बाल रोग बिशेषज्ञ डा. सन्दिप केसीलगायतका चिकित्सक पुगेर पहिलो चरणको उपचार गराएका छन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८२, शुक्रबार

बागलुङ / ढोरपाटन नगरपालिकाको बोबाङ गाउँमा थप ५ बालबालिकामा दादुरा संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट शुक्रबार थप ५ जनामा दादुराको संक्रमण पुष्टि भएको जानकारी आएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए ।

सन् २०२६ भित्र देशबाटै दादुरा रुबेला रोग निर्मुल पार्ने अभियान संचालन भैरहेको बेला ढोरपाटन नगरपालिका-७, ८ र ९ का बालबालिकामा दादुरा रोग देखिएको हो । अहिले गाउँभरी नै बालबालिकामा संक्रमणको दर बढिरहेको भेटिएको छ ।

गत साता छिटफुट समस्या देखिएपछि ८ जनाको परीक्षण गरिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १ जनामा पुष्टि गरेको थियो । शुक्रबार थपिएका ५ सहित ६ बालबालिकामा दादुरा पुष्टि भएको छ ।

‘गाउँभरी धेरै बालबालिका यो समस्यामा परिसकेको पाइयो, त्यसैले सघन रुपमा उपचार सेवा प्रवाह गर्दैछौं’ शर्माले भने, ‘तत्कालकालागि बुर्तिवाङ अस्पतालमा ५० बेड  थप गरेर सघन उपचारको काम गरिनेछ ।’ त्यसकालागि गण्डकी प्रदेश सरकारबाट ५० बेड माग गरिएको उनले बताए ।

शुक्रबार शर्मासहित धौलागिरि प्रादेशिक अस्पतालका बाल रोग बिशेषज्ञ डा. सन्दिप केसीलगायतका चिकित्सक पुगेर पहिलो चरणको उपचार गराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->