बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अन्नपूर्ण एफएमको रक्तदान

अन्नपूर्ण एफएमको रक्तदान


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०८२, आइतबार

पोखरा/रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा शनिबार भएको २४ औँ बृहत रक्तदान कार्यक्रममा १ सय ५० युनिट रगत संकलन भएको छ ।

रेडियो र इन्टरनेटको संयुक्त आयोजनामा ‘रक्तदान म पनि गर्छु’भन्ने नारासहित रेडियो प्राङ्गण पोखरा–४ गैह्रापाटनमा भएको रक्तदान कार्यक्रममा १२० जना पुरुष र ३० जना महिला गरी १ सय ५० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सिता क्षेत्रीले बताइन् । तीमध्ये ३५ जना नयाँ रक्तदाता रहेका छन् ।

रक्तदान कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले पहिलो रक्तदाता रक्तदान अभियान्ता कृष्ण बहादुर थापालाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए । अभियान्ता थापाले यो सगैँ ८४ औँ पटक रक्तदान गरेका हुन् ।

रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले रेडियोले आफ्नो स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदानको आयोजना गर्दैै आइरहेको बताइन् ।

रक्तदान अभियान्ता कृष्ण बहादुर थापाले आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियानअन्तर्गत रक्तदान कार्यक्रम भएको बताए । रक्तदान गर्नुपर्छ भन्ने आम जनमानसमा जनचेतना फैलाउने काम रेडियोले गरेको उनले बताए ।

कार्यक्रममा रेडियोका अध्यक्ष विश्वशंकर पालिखे, पोखरा इन्टरनेटका प्रबन्ध निर्देशक विजेश पालिखे, रेडियोका स्टेशन म्यानेजर सञ्जयकुमार मल्ल मार्केटिङ म्यानेजर नारायण पौडेल,पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले रेडियोले गरेका काम र रक्तदानको महत्व माथि प्रकाश परेका थिए । रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->