मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

जंगली भ्याकुर खाँदा बडिगाडमा एक जनाको मृत्यु, ८ जना बिरामी

जंगली भ्याकुर खाँदा बडिगाडमा एक जनाको मृत्यु, ८ जना बिरामी

प्रहरी निरिक्षक मानन्धरका अनुसार, दिर्घरोगी घिमिरेको घरमै ज्यान गएको हो भने अन्य आठ जना भ्याकुर खाएपछि बिरामी परेका छन् ।


  • अनिष पाठक
  • जेष्ठ ३ २०८३, आइतबार

बागलुङ / निगुरो टिप्न जंगल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । जंगली भ्याकुर खाँदा अन्य आठ जना बिरामी परेका छन् ।

घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका वडा नं. ५ दाग घर भई खार बजार बस्ने ७२ वर्षिय फिरम कुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

प्रहरी निरिक्षक मानन्धरका अनुसार, दिर्घरोगी घिमिरेको घरमै ज्यान गएको हो भने अन्य आठ जना भ्याकुर खाएपछि बिरामी परेका छन् ।

बिरामी हुनेहरु बडिगाड गाउँपालिका–५ खारका ५५ वर्षिय दुरपती कामी, ५५ वर्षिय विष्णु घिमिरे, २३ वर्षिय शारदा न्यौपाने, ४३ वर्षिय सुरेन्द्र विक, ६३ वर्षिय भोजराज घिमिरे, ६२ वर्षिय पुतली घिमिरे, ६५ वर्षिय खिमानन्द घिमिरे र १४ वर्षिय अबिसन घिमिरे रहेका छन् । बिरामीमध्ये दुरपती कामीको अवस्था गंभीर रहेको मानन्धरले जानकारी दिए ।

बिरामी सबैको अहिले बुर्तिबाङ जिल्ला अस्पतालमा उपचार चलिरहेको र एक जनाको अवस्था जटिल रहेको अस्पतालका सुचना अधिकारी पार्वती अर्यालले जानकारी दिइन् । सूचना अधिकारी अर्यालयका अनुसार, बिरामीहरु चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र वान्ता हुने लक्षणहरु देखिएको छ ।

नियमित जस्तै उनीहरु आइतबार पनि जंगलमा निगुरो टिप्न गएको र खाजामा दिउँसो जंगलबाट ल्याएको भ्याकुर खाएपछि बिरामी परेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->