बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनस्वास्थ्य, गित संगीत र मनोरञ्जन बीचको सहसम्बन्ध

जनस्वास्थ्य, गित संगीत र मनोरञ्जन बीचको सहसम्बन्ध


  • घनश्याम सापकोटा
  • जेष्ठ १५ २०८३, शुक्रबार

संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई मानिसको मानसिक, शारीरिक तथा सामाजिक स्वास्थ्य सुधार गर्ने प्रभावकारी साधन पनि हो। वैज्ञानिक अध्ययन अनुसन्धान मधुर संगीत सुन्नाले तनाव, चिन्ता कम गर्न मद्दत पुग्छ भने रक्तचाप सन्तुलित राख्न, निद्रा सुधार गर्न तथा मनलाई शान्त बनाउन सहयोग गर्दछ। अस्पताल, योग, ध्यान तथा पुनर्स्थापना केन्द्रहरूमा संगीत उपचार (Music Therapy) को प्रयोग बढ्दो क्रममा रहेको छ, जसले बिरामीको आत्मविश्वास र सकारात्मक सोच विकास गर्न सहयोग पुर्‍याउँछ। मनोरञ्जनको दृष्टिले संगीतले मानिसलाई दैनिक जीवनको थकान, एक्लोपन र मानसिक दबाबबाट केही समय राहत दिने काम गर्छ। सामूहिक रूपमा गीत–संगीत, नृत्य तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुँदा सामाजिक सम्बन्ध बलियो हुने, समुदायमा एकता बढ्ने र मानसिक खुशी प्राप्त हुने देखिन्छ। जनस्वास्थ्यको क्षेत्रमा पनि चेतनामूलक गीत–संगीत प्रयोग गरी सरसफाइ, खोप, पोषण, लागूपदार्थ नियन्त्रण तथा स्वस्थ जीवनशैली सम्बन्धी सन्देश प्रभावकारी रूपमा जनतासम्म पुर्‍याइन्छ। त्यसैले संगीत, मनोरञ्जन र जनस्वास्थ्य एकअर्कासँग जोडिएका महत्त्वपूर्ण पक्ष हुन्, जसले स्वस्थ, खुसी र सकारात्मक समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह हुन्छ।

प्रसंग हालसालै बजारमा आएको एक लोकप्रिय दोहोरी गीततर्फ जोडौं
घडीको सुई उल्टो घुमेर गित इश्वर सिंह र कालिका रोका मगरले स्वरमा आएको लोक दोहोरी गीतले जनमानसमा राम्रो प्रभाव जमाउन सफल भएको छ उहाँहरुलाई हार्दिक बधाई तथा शुभकामना छ। श्रोता वर्गहरूमा गितको भाव सहित मनोरञ्जन साथ टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको सन्दर्भमा मानव स्वास्थ्यका लागि निकै उपयोगी ज्ञान र सन्देश हामीलाइ प्राप्त भएको छ। तथापि

एन्टि एजिङ संगीत (Anti-aging music) ले उमेर बढ्ने प्रक्रियालाई प्रत्यक्ष रूपमा रोक्दैन, तर यसले तनाव कम गरेर, कोषिका पुनरुत्थानमा सघाएर र गहिरो निद्रा प्रदान गरेर शारीरिक तथा मानसिक रूपमा बुढ्यौलीको गतिलाई सुस्त बनाउन मद्दत गर्छ। यसलाई साउन्ड थेरापी (Sound Therapy) पनि भनिन्छ।

चिकित्सा विज्ञानका अनुसार मानिसको उमेर बढ्ने प्राकृतिक प्रक्रियालाई उल्ट्याउन नसकिए पनि वैज्ञानिक विधि र स्वस्थ जीवनशैली अपनाएर शारीरिक, मानसिक र जैविक रूपमै तन्नेरी वा बाल्यकाल जस्तै ऊर्जावान् र स्वस्थ अनुभव गर्न सकिन्छ। यसका लागि गितको भाव सहित निम्नलिखित उपायहरू

(क) पहिलो खण्ड गितको भाव
•बाल्यकालको महत्व र निर्मलताको बोध: यसले बालापनको दुःख, कष्ट र स्वार्थरहित सुन्दरताको स्मरण गराउँछ। गीतले वर्तमानको व्यस्त र जटिल जीवनबाट केही समयको लागि भए पनि बाल्यकालको त्यो निष्कलंक र तनावमुक्त समयमा पुग्ने इच्छा प्रकट गरेको छ।
•समयको मूल्यको सम्मान: यो गीतले ‘समय निरन्तर बगिरहन्छ र यो कसैको नियन्त्रणमा हुँदैन’ भन्ने कटु सत्यलाई उजागर गरेको छ। यसले मानिसलाई हरेक पल (विशेषगरी बाल्यकाल र युवावस्था) को महत्त्व बुझ्न अप्रत्यक्ष रूपमा प्रेरित गर्छ।
•पारिवारिक र सामाजिक सद्भावको सम्झना: ग्रामीण परिवेश र बालापनका साथीहरूसँगका मिठा पलहरूलाई सम्झनाले मानिसलाई आफ्नो जरा र मौलिक संस्कृतिप्रति माया जगाउन सघाउँछ।
•स्मृति र भावनाको कदर: वयस्कताको जिम्मेवारी र संघर्षबीच पनि आफ्नो भित्री मनको बालपनलाई जीवन्त राख्नुपर्छ भन्ने सन्देश गीतको भावले दिन्छ। मानिस जहाँ पुगे पनि उसको मनको कुनै कुना सधैँ बालापन मै रमाउन चाहन्छ भन्ने कुरा यसमा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ।

(ख) वाला उमेर साथै सदैव सक्रिय उर्जावान हुन, घडिको सुइ उल्टो घुमेर होईन तर …
•नियमित व्यायाम: स्ट्रेंथ ट्रेनिङ (Strength Training) र हाइ-इन्टेन्सिटी इन्टरभल ट्रेनिङ (HIIT) ले मांसपेशी र हड्डी बलियो बनाउनुका साथै उमेर ढल्किँदै जाँदा हुने कमजोरीलाई उल्टाउन मद्दत गर्छन्।
•क्यालोरी नियन्त्रण (उपवास): वैज्ञानिकहरूका अनुसार पर्याप्त पौष्टिक तत्व लिएर निश्चित समयको अन्तरालमा थोरै खाना खाँदा वा उपवास बस्दा कोशिकाहरूको आयु लम्बिने र शरीर जवान रहने गर्छ।
•सन्तुलित आहार: ओमेगा-३ फ्याटी एसिडयुक्त खाना, फलफूल, सागसब्जी र भिटामिनले भरिपूर्ण आहारले शरीरमा सूजन कम गरी कोशिकाहरूको उमेर घटाउँछ।
•पर्याप्त निद्रा: गहिरो निद्रामा मस्तिष्क मर्मत हुने र कोषिका पुनरुत्पादन हुने भएकाले दैनिक ७–८ घण्टाको गुणस्तरीय निद्रा युवावस्थाको अनुभूति गराउने मुख्य आधार हुन्।

निष्कर्ष:

घडीको सुई सुल्टो घुम्दै जाँदा पनि तपशिलका साधनको माध्यमबाट…
१. नियमित शारीरिक व्यायाम
२. सन्तुलित आहार
३. राम्रो निद्रा
४. तनाव व्यवस्थापन
५. सामाजिक सम्बन्ध र हाँसो
६. नयाँ कुरा सिक्ने बानी
७. नियमित स्वास्थ्य परीक्षण
८. सकारात्मक सोच
•यौवन जीवनको ऊर्जा र उत्साहको प्रतीक हो।
•समयको महत्व बुझाउँछ: बितेको समय फर्किँदैन भन्ने यथार्थ सम्झाउँछ।
•मीठा सम्झनाको सम्मान: मानिसले आफ्नो सुन्दर विगतलाई सम्झिनु स्वाभाविक हो।
•वर्तमानलाई मूल्यवान बनाउने प्रेरणा: आजको समयलाई राम्रोसँग बाँच्न प्रेरित गर्छ।
•भावनात्मक अभिव्यक्ति: लोकगीतले मानिसको मनभित्रका चाहना र संवेदनालाई सांस्कृतिक रूपमा व्यक्त गर्छ।
उमेरभन्दा मन जवान महसुस हुनु ठूलो कुरा हो भन्ने संकेत पनि दिन्छ।
•नेपाली लोकसंस्कृतिको सौन्दर्य: सरल शब्दमा गहिरो जीवन दर्शन प्रस्तुत गरिएको छ।
•वैज्ञानिक र सांस्कृतिक दृष्टिकोणको मिलन
विज्ञानले शरीरलाई स्वस्थ राखेर “जवान अनुभूति” बढाउन उपाय दिन्छ।
दुवैले अन्ततः जीवनलाई उत्साहका साथ जिउनु भन्ने सन्देश दिन्छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->