बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भोजमा बंगुरको मासु खाएका डेढ सयजनालाई झाडाबान्ता

भोजमा बंगुरको मासु खाएका डेढ सयजनालाई झाडाबान्ता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८३, आइतबार

नवलपुर/ कावासोतीको हेगौली गाउमा बंगुरको मासु खाएका डेढसय जनामा एकै पटक झाडाबान्ताको प्रकोप फैलिएको छ । कावासोती नगरपालिका–१४ हेगौली गाउमा ७ दिन अघि बंगुर काटेर भोज गरिएको थियो ।

प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरिक्षक डिल्लीराम तिवारीका अनुसार गाउमा कुलो सोहर्ने काम गरेपछि बंगुर काटेर सामुहिक भोज खाएको जानकारीमा आएको छ । भोज खाएका ६४ घरपरिवारका डेढसय जना भन्दा धेरैलाई एकै पटक झाडाबान्ता भएको हो । उनिहरुको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा र कावासोतीका बिभिन्न अस्पतालमा उपचार गरिएको छ ।

कावासोती नगरपालिकाले अस्पताल आउजाउ गर्ने र उपचार खर्च समेत ब्यहोर्ने जानकारी गराएपछि एकै पटक ३३ जना मध्यबिन्दु अस्पताल डण्डामा उपचारकालागि आएका थिए । निःशुल्क उपचारको जानकारी नगराउदासम्म झाडाबान्ताका बिरामी घरमै घरेलु उपचार गर्दै थिए । निशुल्क उपचार भनिएपछि सबै उपचारकालागि गएका हुन ।

उनिहरु मध्ये अझै २ जनाको उपचार भैरहेको छ । झाडाबान्ताले ग्रसित भएपनि घरमै बसेका उनिहरु नगरपालिकाले सबै उपचार खर्च ब्यहोर्ने सुचना पठाएपछि सबै एकै पटक उपचारकालागि बिभिन्न अस्पतालमा गएका थिए ।

तिवारीका अनुसार उनिहरुमा बंगुरको मासु खाएपछि फुड प्वाइजनिंग देखिएको अनुमान छ । एक गाउँलेले फ्रिजमा राखेको मासुको टुक्रा परिक्षणकालागि पोखरा पठाइएको र रिपोर्ट आएपछि यस विषयमा थप पुष्टी हुने तिवारीले बताए । बंगुर काटेर खाएका अधिकांस परिवार थारु समुदायका हुन ।

उपचार गरिएपछि झाडाबान्ताको ६ दिन पछि अधिकासं निको भएको तिवारीले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->