शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गण्डकी प्रदेशभरिका स्थानीय तहबाट सञ्चालित आधारभूत अस्पतालहरूमध्ये गण्डकी प्रदेशमै ७१ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गरेको अस्पतालका प्रमुख डा राजेश पौडेलले बताए । 


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८३, आइतबार
बागलुङ/ बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ । न्यूनतम सेवा मापदण्ड सूचक (एमएसएस) मूल्याङ्कनमा पालिकास्तरका अस्पतालमा सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो ।
गण्डकी प्रदेशभरिका स्थानीय तहबाट सञ्चालित आधारभूत अस्पतालहरूमध्ये गण्डकी प्रदेशमै ७१ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गरेको अस्पतालका प्रमुख डा राजेश पौडेलले बताए ।  सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन, स्वास्थ्य संस्था सहयोग व्यवस्थापनलगायत विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा अस्पतालले कुल ७१ प्रतिशत प्राप्ताङ्क हासिल गरेको उनले जनाए ।
अस्पालको जग्गा व्यवस्थापन, भवन, फोहर व्यवस्थापन, अस्पतालको सेवा सुविधालगायत विवरण अनुसार अस्पतालले सेवा प्रवाह, संस्थागत व्यवस्थापन र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । स्थानीय तहको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी र सेवामुखी बनाउन अस्पतालले निरन्तर सुधारका प्रयासमा यो नतिजाले थप हौसला प्रदान गरेको डा पौडेलको भनाइ छ ।
अस्पताल प्रशासनले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउँदै डा पौडेले उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता गर्दै गलकोट नगरपालिकाको पनि सहयोग रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->