
१. कवि र अनुबादक .
बाल्मीकि रामायण संस्कृतमा उल्था भयो नेपालीमा
नजान्ने संस्कृत बहुसंख्यकलाई पा¥यो यसले उद्धारमा
रामायणका कथा शिक्षा, उपदेश कलाहरु सिक्दै
हरेक घरमा मृदुल स्वर, श्लोक भाकाहरु झिक्दै
जनक, दशरथ, राम सिता, कौशिल्य सुमित्रा हुन् पात्र
भरत, लक्ष्मण, शत्रुघन, हनुमान, बाली सुग्रिवको यात्रा
राम पितृ, लक्ष्मण भातृ, पतिब्रत बनिन सिता
बने रावण अहंकारी, विभिषण अर्को कित्ता
लोभी मन कैकेयीको, लगाइन चुक्लि मन्थराले
गयो नाक काटिएर सुर्पणखाको महत्वकांक्षाले
रामायणको कथा होइन समाजको ब्यथा रहेछ
ब्याभिचार र घमण्डले शक्तिशाली ढल्ने रहेछ
२. समाज सुधारक
समाज सुधारक थिए भानु, बधु शिक्षा नीति लेखे
सासु ससुरा ठूला हुन्छन् भगवान जस्तै उनले देखे
मिठो बोली नरम ब्यबहार, गर्नु पर्ने रहेछ पतिलाई
झगडालाई पर पन्छाई, आदर रहेछ दिने सबलाई
धर्म कर्म व्यवहार चलाउन पढन भन्छन् नारीहरु
छोरी बुहारी एउटै सिक्काका भन्छन् दुई पाटाहरु
होइन ठूलो जात कुल नैतिक इमान ठूलो रहेछ
चानेचुने कुरा थिएन, क्रान्तिकारी कुरो रहेछ
काम सानो हुन्न भन्ने घाँसीरामका गरे कुरा
कुवा खने घाँस काटेर खुशी थिए उनी पुरा
भानुसँग धन थियो शान्ति थिएन उनको मनमा
ठूलो हुने शिक्षा लिए, केही छैन रहेछ धनमा
३. भाषाविद्
सैयौ थुङ्गा फुलहरुलाई, माला बनाई गाँसे उन्ने
भाषा, शब्द ब्याकरणलाई, प्रणालीमा ढाले उन्ले
नेपाली भनि गर्व गर्ने, राजमार्ग निर्माण गरे
नेपालीत्व जोगाउन, बीर बीरंगना कति मरे
फैलियो भाषा मेची काली, बनि पुल नेपालीको
जानियो कुरा बुझियो भाव, माया करुणा स्नेहको
संस्कृत जस्तै समृद्ध छ, नेपाली यो भाषा पनि
कहलिए भाषा निर्माता, उदाए प्रथम कवि बनि
मेचीकालाई चोट पर्दा महाकाली रुनथाले
अनकिाल हिमालमा अन्न तराईले दिन थाले
नदेखिने त्यो भाषाले बाध्यो सबै नेपालीलाई
एकताको पाठ सिकायौ, धन्य भानु तिमिलाई
४. धर्म गुरु र नीतिकार
कर्मकाण्डी धर्म होइन, सत्य इमान, सेवा ठूलो
माता पितालाई आदर गरे फल मिल्छ गहकिलो
ब्यबहार नीति नैतिकताको दिए धेरै उपदेश
सफल बन्छ इमान्दारिता, सत्य प्रिय भाषा भेष
रामभक्त हनुमान अनुयायी, बन्न थाले समाजमा
सेवाभाव, त्याग बलिदान, बग्न थाल्यो मस्तिष्कमा
कपट, षडयन्त्र, जालझेल पखाली हाल सके अहिल्यै
बरु मन्दिर नगए हुन्छ, झुट बोल्नु हुन्न कहिल्यै
अनुशरण गर्न थाले उन्का कुरा समाजले
सुधार भयो भाव भङ्गी परिवर्तन साहसले
माया प्रेम सेवा भाव बढ्न थाल्यो समाजमा
जालझेल, दमन शोषण घट्दै गयो ब्यबहारमा
५. संगितकार
उनले लेखेका दोहा–चौपाई, गीत कविताको लयमा छ
छन्द गीत श्लोक तुक, गाउँ घरमा बहेको छ
संगितकार हुन उनी, लोक भजन किर्तनमा
राम्रा गितकार हुन उनि, गाउदा साँझ बिहानमा
मादल सारांगी बजाएनन्, लयकार कवि उनी
करुणा रस वनबास जादा, युद्धमा बीर रस बनी
गाउछन् सबले भक्ति रस, जस्तै संकटमा पनि
बहुआयमिक व्यक्तित्व उनका,े त्यस्तो अध्यारो कालमा पनि
सलाम गर्नु पर्छ उन्लाई, अदम्य प्रेरणाको स्रोत भनि
छाडि दिउँ आलोचना, निरपेक्ष होइन सापेक्ष बनि
सति जाने प्रथा थियो, मरण हुदा आफ्नो पति
सोच्दा बराबरी अहिले जस्तो, हुन्थ्यो परिवारमा खति





