सुन प्रकरणले देश तातेको छ । हङकङबाट अवैध रुपले भित्र्याएको एक सय किलोग्रा सुन काण्डमा एकपछि अर्को व्यक्तिको संलग्नता खुल्दै गएपछि यो प्रकरण झन पेचिलो बन्दै गएको छ । राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट...
केन्द्रीकृत मानसिकता छाड
भूपी शेरचनले उहिल्यै भनेका थिए–
यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू सोहोरेर जान्छन्
यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो
एउटा चिसो...
फोहर व्यवस्थापनमा नागरिकको दायित्व
सहरीकरण बढ्दो छ । बढ्दो सहरीकरणले समस्याहरु निम्त्याएका छन् । र, तीमध्ये सबैभन्दा चुनौतीपूर्ण समस्या चाहिँ फोहर व्यवस्थापन बनेको छ । सहरी क्षेत्रबाट निस्कने फोहरले जल र जमिन प्रदूषित भएको छ भने नागरिकहरुको स्वास्थ्यमा...
कर्मकाण्डी र सुध्रिन नचाहने कांग्रेस
१४ औं महाधिवेशन सम्पन्न भएको करिब एक वर्षपछि नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलायो । पार्टी सभापति शेरबहादुर देउवाले समयमै कांग्रेस विधान अनुरुप गर्नुपर्ने धेरै कामहरु गरेनन् ।
चौतर्फी दवाबपछि मात्र उनले केन्द्रीय समितिको बैठक...
औषधि व्यवसाय व्यवस्थित होस्
अनुगमनको क्रममा बागलुङ र कास्कीका औषधि पसलहरु नियम विपरीत संचालन भएको पाइएको छ । अनुगमनको सुइँको पाएसँगै कतिपय संचालकहरुले पसल नै बन्द गरेक छन् । अवैधानिक तथा मापदण्ड विपरीत संचालित पसलहरुलाई कारवाही गरिने प्रशासनको...
दलित महिलामाथिको विभेद अन्त्य होस्
दलित महिलाहरुको राजनीतिमा प्रतिनिधित्व भए पनि अधिकारविहीन जस्तै भएको बागलुङमा आयोजित एक कार्यक्रममा अभिव्यक्त भएको छ ।
स्थानीय तह निर्वाचन ऐनको परिच्छेद १७ को दफा ५ ले ‘गाउँपालिका वा नगरपालिकाको वडा समितिका महिला वडा सदस्य...
निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको मौद्रिक नीति
नेपाल राष्ट्र बैंकले अािर्थक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । चासोका साथ हेरिएको मौद्रिक नीतिप्रति निजी क्षेत्रले प्रारम्भिक रुपमा निराशाजनक प्रतिक्रिया दिएको छ भने बैंक तथा वित्तीय संस्थाहरुले ‘सकारात्मक’ बताएका छन्...
अनुसन्धान फितलो नहोस्
राजश्व अनुसन्धान विभागले साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएको सय किलो सुन बरामद ग¥यो । सुराकीको आधारमा चेकजाँच पार गरिसकेको अवस्थामा सुन भेटिएसँगै विमानस्थलबाट निर्वाध सुन तस्करी भइरहेका नयाँ सूचनाहरु बाहिर आएका छन् ।...
सर्वसुलभ स्वास्थ्य सेवामा ध्यान देऊ
गण्डकी सरकारले १० वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथिका नागरिकहरुको निशुल्क उपचारको घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत् सरकारले क्यान्सरको उपचारमा १ लाखसम्मको खर्च व्यहोर्ने,डायलासिस सेवालाई थप प्रभावकारी बनाउनको लागि ६...
गण्डकीको लागि आरोहण
फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई म्याकेननले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गरे । हिमाल आरोहणमध्ये सबैभन्दा ‘जोखिमयुक्त’ मानिने उक्त हिमालमा पहिलो मानव...