बागलुङ/लायन्स क्लब इन्टरनेशनल ३२५ जे अन्र्तगत धौलागिरि क्षेत्रमा रहेका रिजन २ र ३ र जोन ३, ४, ५ र ६ अन्र्तगत रहेका १६ वटा लायन्स क्लब र २ वटा लियो क्लबको एकैपटक पदस्थापना सम्पन्न...
पोखरामा गौरा पर्व मनाईयो
पोखरा/पोखरामा आइतबार गौरा पर्व मनाइएको छ । सुदूरपश्चिम सम्पर्क एवं विकास समाजले गौरा पर्व मनाएको हो । समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, विशेष अतिथि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर...
बसाइँसराइले रित्तिँदै ग्रामीण बस्ती
बेनी नगरपालिका–५, मा जीर्ण अवस्थामा रहेको घर । तस्बिर : हरिकृष्ण गौतम
म्याग्दी/जिल्लाको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्लाबाहिर बसाइँसराइ गर्नेको संख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन्।...
आदर्श हार्डवेयरद्वारा वृद्वाश्रमलाई आर्थिक सहयोग
पोखरा/पोखरा महानगरपालिका वडा नं २९, भण्डारढिकस्थित आदर्श हार्डवेयरले वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । आफ्नो १४ औं स्थापना दिवसको अवसरमा संस्थाले पोखरा–३२ स्थित राधाकृष्ण वृद्धाश्रमलाई २५ हजार १४ रुपैयाँ सहयोग गरेको हो ।
हार्डवेयरका सञ्चालक...
अपांगता भएकालाई पाइलैपिच्छे सास्ती
बागलुङ/कार्यालयकै कामले राजधानी पुगेर फर्कदा उनी दुर्घटनामा परिन् । स्पाइनलको समस्याले उनी ह्विल चियरमा हिंड्न बाध्य छिन् । धौलागिरि प्रादेशिक अस्पतालमा कार्यरत कविता शाक्य आफ्नो कार्यालयमा नियमित काममा खटिन्छिन् । तर अस्पतालकै अन्य शाखामा...
नेपाल भारत मैत्री संघमा जयराम
पोखरा/ नेपाल भारत मैत्री संघ कास्की शाखाको मैत्री सभा तथा पाँचौं अधिवेशनले जयराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिका सदस्यहरूमा धर्मराज आचार्य, मनिका थापा, प्रेमप्रसाद बराल, हरिप्रसाद खनाल, प्रा.डा.अर्जुन आचार्य, उदयकान्त...
प्रदेश प्रमुखले मनाए वृद्धाश्रममा जन्मदिन
पोखरा/ गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाएका छन् । पोखरा १७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदेश प्रमुख भट्टले जन्मदिन मनाएका हुन् ।
प्रदेश प्रमुख भट्टले...
सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेष्ट) मा न्यौपाने
पोखरा/ सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) पोखराको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १० औँ अधिवेशनले उनलाई अध्यक्षमा चुनेको हो ।
यसैगरी नेष्टको उपाध्यक्षमा कमलादेवी श्रेष्ठ,...
जन्मदिनको टिप्सबाट बिपद व्यवस्थापन र राहत सहयोग
बिषय प्रसंगले अचम्म लाग्न सक्छ, जन्मदिनको कति धेरै टिप्स होला जसले हजारौं जनसंख्या रहेको स्थानमा बाढी, पहिरो, चट्याङ, भूकम्प लगायत बिपद व्यवस्थापन र राहत सहयोग । तर, हामीकहाँ हुने महाबिपत्ती र सवारी दुर्घटना लगायत...
‘रिमै’ : गुरुङ संस्कृतिको कथा पर्दामा
पोखरा/नेपाली सिनेमामा सांस्कृतिक मौलिकता र आदिवासी समुदायको जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘रिमै’ आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र माओत्से गुरुङको मुख्य...