पोखरा/राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि उचालेको छ ।
दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ‘बी’ लाई १–० ले हराउँदै च्याम्पियन बन्न सफल भएको...
पर्वतको जिल्ला स्तरीय रनिङ शिल्ड पुस ८ गतेबाट
पर्वत/पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस आठ गतेबाट सञ्चालन हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका सात ओटा स्थानीय तहहरूले प्रतिस्पर्धा गर्ने छन् । पालिका स्तरमा...
भलिबल र बास्केटबल जारी
पोखरा/१८ औं हिसान कास्की स्पोट्र्स मिट २०८२ अन्तर्गत भलिबल र बास्केटबलका दोस्रो दिनका खेल जारी रहँदा टेबुल टेनिस र ब्याडमिन्टनतर्फ पहिलो दिनका प्रतिस्पर्धाहरु सुरू भएका छन् ।
प्रतियोगिताअन्तर्गत छात्र बास्केटबलतर्फ पहिलो चरणका सम्पूर्ण प्रतिस्पर्धाहरु सम्पन्न...
दोभान कपमा उपाधि भिडन्त आज
पोखरा/रुपाकोटमा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सेमीफाइनल समीकरण सम्पन्न भएका छन् । दोभान क्लबको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलका ४ खेल सम्पन्न भए ।
पहिलो क्वाटरफाइनल खेलमा खेम माइला मेमोरियलले स्याङके...
हिसान स्पोर्टस् मिटमा भलिबल र बास्केटबलका प्रतिस्पर्धा
पोखरा/१८ औं हिसान कास्की स्पोर्टस् मिट २०८२ बिहीबारबाट अनौपचारिक रुपमा पोखरा रंगशालामा सुरू भएको छ ।
हिसान स्पोर्टस् मिट अन्तर्गत पहिलो दिन छात्र भलिबल र बास्केटबलका खेलहरु सुरू भएको हिसान कास्कीका अध्यक्ष दिवाकार जैशीले जानकारी...
दोभान कपमा आजबाट क्वाटरफाइनलका खेल
पोखरा/रुपाकोटमा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । बिहीबार सात खेल सकिएसँगै आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुनेछन् ।
रुपा गाउँपालिका ६ भिरचोकस्थित खेल मैदानमा जारी प्रतियोगिताको...
पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
पोखरा/ पोखरामा पुस ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको लागि खेलाडी तथा टिम दर्ता बिहीबारबाट सुरु भएको छ । पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले पुस...
दोभान कपमा दोस्रो दिन पाँच खेल भए
पोखरा/दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहिलो खेलमा न्यू स्टारले गगनगौडालाई...
१८ औं हिसान कास्की स्पोट्र्स मिटको तयारी पूरा
पोखरा/उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १८ औं हिसान स्पोर्टस मिटको तयारी पूरा भएको छ ।
१८ औं संस्करणको हिसान स्पोर्टस मिट यही पुस ३ गतेदेखि ७ गते सम्म...
रुपामा पहिलो पटक फुटबल प्रतियोगिता
पोखरा/रुपा गाउँपालिकामा पहिलोपटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलोपटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।
मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन...