बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

असिनाले लाखौंको क्षति

असिनाले लाखौंको क्षति


  • Dhorpatan News
  • बैशाख ६ २०७६, शुक्रबार

म्याग्दी,६  बैशाख- पटक पटकको असिना पानीका कारण म्याग्दीको विभिन्न ठाउँमा लाखौंको क्षति पुगेको छ । पछिल्लो पटक गत मंगलबार र बुधवार परेको असिनाले बेनी नगरपालिका ३ भकिम्लीको मरेक,भकिम्ली लगाएतका गाउँमा खेतीबाली नष्ट गरेको स्थानीय कृषकहरुले जानकारी दिएका छन् ।
मरेकका कृषक इन्द्र थापाका अनुसार असिनाले चुटेर हिउँदेबाली, फलफुल र तरकारी बाली नष्ट भएको छ । असिनाका कारण मरेकमा मात्रै ६ लाख भन्दा बढिको क्षति भएको थापाले जानकारी दिए ।
सुन्तलाको फुल असिनाले झारेको छ । भित्र्याउने बेला भएको गहुँको दाना भुइमा झारेको छ । तरकारी र एकोहोरो खन्ने बेला भएका मकैका बिरुवा असिनाले चुटेर ठिलु ठिलु पारेको छ । मरेकको सागै सिंगा र बरंजामा पनि असिना परेको छ । बास्कुना र सुर्केमेलाको सिमानामा रहेको ठाडो खोल्सामा ठूलो बाढी आएको थियो । यसैगरी मालिका गाउँपालिका ५ देविस्थानमा चट्याङले लागेर दाङ्गाकी मिसा सिउथानी घाइते भएकी छन् ।
पटक पटकको असिना पानीले म्याग्दीका किसानहरु हैरान भएका छन् । भित्राउने बेलाको गहुँवाली पनि असिनाले झारेपछि किसान चिन्तित छन् । त्यसैगरी तरकारी र फलफूल खेतीमा पनि ठूलो क्षति पुगेको किसानहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->