बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पार्टी स्थापना दिवसमा सरसफाइ र श्रमदान

पार्टी स्थापना दिवसमा सरसफाइ र श्रमदान


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७६, सोमबार

म्याग्दी, ९ बैशाख – नेपाल कम्यूनिष्ट पाटीले आफ्नो ७० औं स्थापना दिवसको अवसर पारेर नेपालका ७७ ओटै जिल्लामा पार्टी एकताको टुङ्गो लगाएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी म्याग्दीले सोमवार विहान सार्वजनिक स्थानको सरसफाइ र श्रमदान गरेर पार्टी स्थापना दिवस मनाए लगत्तै हाडेभीरस्थित पार्टी कार्यालयमा नेकपा म्याग्दीको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको हो ।
पार्टी केन्द्रिय सचिवालय बैठकले टुंगो लगाएको नेतृत्वको भागबण्डा अनुसार, नेकपा म्याग्दीको अध्यक्षमा गोविन्द पौडेल र सचिवमा तत्कालिन एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ चयन भएका छन् ।
अध्यक्ष पौडेल तत्कालिन नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक हुन् । पूर्व सभासद समेत रहेका पौडेल म्याग्दीको कम्युनिष्ट आन्दोलनका पुराना नेता मानिन्छन् ।
त्यसैगरी सचिवमा तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ चयन भएका छन् । दुई÷दुई कार्यकाल नेकपा एमालेको जिल्ला अध्यक्ष बनि सकेका श्रेष्ठ जिल्लाकै शालिन नेताको रुपमा चिनिन्छन् । आफ्नो कार्यकालमा श्रेष्ठले तत्कालिन नेकपालाई बलियो पार्टी बनाउन सफल भएका थिए । २०५३ को स्थानीय निर्वाचनमा अर्थुङ्गे गाविसको अध्यक्षमा निर्वाचित श्रेष्ठ म्याग्दीका कुशल र सक्षम नेताका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->