बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अखिल क्रान्तिकारीका गण्डक व्युरो इन्चार्ज विश्वकर्माद्धारा पार्टी परित्याग

अखिल क्रान्तिकारीका गण्डक व्युरो इन्चार्ज विश्वकर्माद्धारा पार्टी परित्याग


  • ध्रुबसागर शर्मा
  • बैशाख १० २०७६, मंगलबार

म्याग्दी,१० बैशाख – नेत्रबिक्रम चन्द् (विप्लव) समूह निकट विद्यार्थी संगठनका पूर्व गण्डक ब्युरो इञ्चार्ज प्रकाश विश्वकर्माले मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
प्रहरीको खोजी सूचीमा रहेका बेनी नगरपालिका २ ज्यामरुककोटका प्रकाश विश्वकर्मा विप्लब निकट नेकपा परित्याग गरी सत्ताधारी नेकपामा प्रवेश गरेका हुन् ।
विप्लव समूहबाट यसअघिनै अलग्गीएको बताउँदै उनले सो समूहको कुनै पनि गतिबिधिमा संलग्न नहुने र सत्ताधारी नेकपामा आवद्ध हुने विज्ञप्ती मार्फत जनाएका छन् । विश्वकर्मा सहायक प्रजिअ महेश सुवेदी, प्रहरी निरिक्षक धु्रबकुमार शर्मा, नेकपाका अध्यक्ष गोविन्द पौडेल, टेकबहादुर विश्वकर्मा, नगर संयन्त्र सदस्य नारायण जिसी, युवा नेता दिनेश केसी र पत्रकारहरुको रोहबरमा सार्वजनिक सार्वजनिक भएका हुन् ।
विश्वकर्मालाई एनसेलको टावरमा आगजनी लगायत विप्लव समूहको गतिबिधिमा संलग्न भएको भन्दै प्रहरीले खोजीको सूचिमा राखेको थियो । सरकारले गतिबिधि गर्न प्रतिबन्ध लगाएपछि म्याग्दीमा विप्लव समूहका नेता तथा कार्यकर्ताहरु राजिनामा दिने र सत्ताधारी नेकपामा प्रवेश गर्न थालेका छन् ।
स्थानीय प्रशासन र सुरक्षा निकायको निगरानीका कारण पेशा व्यवसाय गर्न असहज भएको भन्दै यसअघि विप्लव समूहका जिल्ला सदस्य प्रेम श्रीस, शिक्षक संगठनका कार्यबाहक जिल्ला अध्यक्ष थमबहादुर पुन र सदस्य सन्तोष गिरीले पदबाट राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->