मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सरोकारवाला भन्छन् ‘जनअपेक्षा अनुसार अख्तियारले काम गरेन’

सरोकारवाला भन्छन् ‘जनअपेक्षा अनुसार अख्तियारले काम गरेन’


  • ध्रुबसागर शर्मा
  • बैशाख १३ २०७६, शुक्रबार
????????????????????????????????????

म्याग्दी, १३ बैशाख -अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम जनताको अपेक्षा बमोजिम हुन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले विहिवार बेनीमा आयोजना गरेको भष्ट्राचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले अख्तियारले सानालाई तर्साउने र ठुला अनियमितता र भष्ट्राचारका घटनामा जनताको अपेक्षा बमोजिम नतिजा दिन नसकेको गुनासो गरेका हुन् ।
कार्यक्रममा सहभागी जिल्ला स्थित ६ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तह विरुद्ध परेका उजुरीहरुलाई लिएर अनर्गल प्रचार गर्ने र जनतामा भ्रम सिर्जना गर्ने कार्यहरु भैरहेको भन्दै ध्यानकर्षण गराएका थिए । आरोप पुष्ठी हुन नसके गलत नियत राखेर उजुरी दिने व्यक्तिलाई समेत कारबाहीको भागीदार बनाउनुपर्ने कार्यक्रममा जनप्रतिनिधिहरुले माग गरेका थिए । कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सावित्री थापा गुरुङले सरकारी र सार्वजनिक सेवा प्रवाहमा शुसासन र विकास निर्माणमा पारदर्शीताको लागि अख्तियारको भुमिकालाई केन्द्रित गरिएको बताइन् ।
उनले अख्तियारले आफ्नो क्षेत्राधिकारलाई बलियो बनाएको र परेका उजुरीहरुको अनुसन्धानको क्रममा दोषि ठहर हुने सबै तहका व्यक्तिहरुमा कानुनी कारबाही हुने प्रष्ट पारिन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लामा विकास निर्माण योजनाहरुको प्रभाबकारी कार्यान्वनयको लागि स्थानीय तहहरुले आबश्यक समन्वय नगरेको बताउँदै आफ्नो कार्यालयबाट आबश्यक पहल भएको बताए । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भष्ट्राचार कमजोरी मात्रै नभएर प्रबृति समेत रहेकाले यसलाई नियन्त्रण गर्न सबै सरोकारवाला गम्भिर बन्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->