मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कलेजो काटेर बालिकाको ज्यान बचाउने म्याग्दीका केसी सम्मानित

कलेजो काटेर बालिकाको ज्यान बचाउने म्याग्दीका केसी सम्मानित


  • ध्रुबसागर शर्मा
  • बैशाख १४ २०७६, शनिबार

म्याग्दी, १४ बैशाख – मान्छले सबैभन्दा बढी ख्याल आफ्नै शरीरको राख्ने गर्दछ । त्यसमा पनि मुटु र कलेजोको त झन विशेष ख्याल राख्छ । चन्द्र केसी त्यस्ता व्यक्ति हुन् जसले एक ९ महिने बालिकाका लागि आफ्नो कलेजो समेत काटेर बालिकाको जीवन बचाएका थिए ।
तर अरुलाई आफ्नै शरीरको अङ्ग काटेर प्रत्यारोपण गरी जीवन बचाएका केसी अहिले आफ्नै छोरीको असामयिक निधनका कारण शोकमा छन् ।
म्याग्दीका दधिची (अरुको उपकारकालागि आफ्नै शरीरको अङ्ग काटेर दिने व्यक्ति) भनेर चिनिने उनै चन्द्रकुमार केसीलाई लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि १ ले अन्तराष्ट्रिय मेडल र सम्मानपत्रद्धारा सम्मान गरेको छ ।
सलायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि १ नेपालको सातौ बार्षिक अधिवेशनबाट समाजसेवी केसी सम्मानीत भएका हुन् । सामाजिक क्षेत्रमा गरेको योगदानलाई उच्च मूल्याकंन गर्दै केसीलाई लायन्सले अन्तराष्ट्रिय मेडल र सम्मानपत्रद्धारा सम्मान गरेको हो ।
केसीले म्याग्दीमा लायन्ससंस्था जन्माउने, गरिव विपन्न परिवारको उपचार लागि ओमकुमारी शान्ती कोष स्थापना लगायतको धेरै क्षेत्रमा गरेको योगदानलाई उच्च मुल्याकंन गर्दै केसीलाई लायन्सले विशेष कार्यक्तम विच सम्मान गरेका थियो ।
म्याग्दीको सदरमुकाम बेनी निवासी केसी विभिन्न संस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->